Skip to main content

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)



“ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं । 

साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ – केहि जोडिहरु देखिन्थे । प्रायः आलिङ्गनमा बाँधिएका वा चुम्बन साटासाट गरिरहेका । एउटा कुनामा अर्को विजोग देखेँ – दुई जोडी युवतीहरु चुम्बन वर्षा गरिरहेथेँ । उनीहरुको व्यवहारले विज्ञानलाई चूनौति दिदैथियो – विपरीत लिङ्गीप्रतिको आकर्षणको सिद्धान्त ‘पूरापुर फ्लप’ थियो त्यसबखत मैले एकतमास हेरिहेको त्यो कुनोमा ! थकथक पनि लाग्यो – यी समलिङ्गी हुन्थेनन् भने त कम्तिमा पनि चारजना अरु युवाहरु डान्सिङ फ्लोरमा सायद उनीहरुकै हात समातेर नाचिरहेका हुँदा हुन (त्यसमा एक म पनि हुँदो हुँ !) त रात अझ कति रंगीन बन्थ्यो होला ? “भैगो यी कल्पनाका कुराहरू के गर्नु ?” यस्तो लागेपछि मेरो ध्यान पूरापूर नृत्य गरिरहेका केहि थान जोडिहरुमै निरन्तर ठोक्किरह्यो ! 

विशेषगरी, त्यहाँ बेमज्जासँग नाचिरहेकी एक युवतीले मेरो शतप्रतिशत ध्यान आकृष्ट गरिरही । उसको नृत्यको म यहाँ बख्यान गर्न समर्थ छैन । उसले यति विमुक्त नृत्य गरेकी थिई संगीतको तालमा उसको मुन्टो घुमाई हेर्नलायकको थियो । ऊ सारै नै मातेकी थिई । उसको साथमा दुईजना युवाहरु पनि थिए – एउटा मोटोमोटो, अर्को चाँहि लिखुरे अनि चश्मा लगाएको । तर ऊ विशेषगरी लिखुरेकै हातमा झुण्डेकी देखिन्थी । आफ्नो लेडिज ब्याग घरि आफू बोक्थी, घरि त्यही लिखुरेलाई दिन्थी । लिखुरे चाँहि ब्यागमा घाँटीमा त्यो तरुनी ब्याग भिरेर आफ्नै तालमा नाचिरहन्थ्यो । बेलाबेलामा तरुनी आफ्नो उदात्त वक्ष टेबलमै जोतिने गरी केहि मान्छेहरु छेऊ उनीहरुलाई तान्न पुग्थी । यसरी ऊ तीनजना ठिटाहरुकोमा पुगेको मैले देखेँ । ती मध्ये एकलाई उसले कसैगरी नाच्ने ठाउँसम्म ल्याउन सफल भईने । दुईजना चाँहि ऊसँग नाचे । तर त्यो लिखुरे केटोले केहि प्रतिक्रिया जनाएन । ऊ आफ्नै तालमा नाचिरह्यो । हाम्रोमा जस्तो स्वामित्वको विषय नहुँदा रैछन् यहाँ – प्रेमिकाहरु, श्रीमतीहरु ! आफ्नो मनलाग्दी गर्न सबैलाई छुट छ । तर त्यसले अरुलाई खलल् पुर्‍याउनु भएन ! 

“हन्टिङ” सामन्यतयाः यस्तै भनिन्छन् – क्लबहरूमा गएर एक रातका लागि केटीले केटा वा केटाले केटी खोजिने कामलाई । धेरै जना यसै हेतू त्यहाँ पुग्ने गर्दा रहेछन् । तर त्यस रात हामी साथीहरू चाँहि त्यहाँको क्लबको रात्रीजीवन अनुभव गर्नका लागि पुगेका थियौं । यो बाहेक हाम्रो कुनै लुप्त चाहना थिएन । किन्तु, मौका मिलिहाले नछाड्ने हामीमध्ये केहीको मनशाय पनि थियो होला । तर यहाँका युवतीहरुको पहिलो रोजाईमा अफ्रिकीहरु पर्दा रहेछन् ! कारणहरु धेरै हुन सक्लान । प्रायः नेपाली विधार्थीहरु चाँहि फिनिस केटीहरुको रोजाई अफ्रिकीहरु हुनुमा एउटै कारण औंल्याउँछन् जुन उनीहरुकै हिनताबोधको द्योतक हो भन्नेमा म पूर्ण विश्वस्त छु । तर ह्यानिबलमा त्यस्तो भएन । कि तिनीहरु आफ्नै केटाहरु थिए, वा कि उनीहरु ‘त्यो’ मनशायका साथ त्यहाँ आएका थिएनन् । त्यसैले पनि हुन सक्छ, बिहानीको डेढ बज्दै गर्दा सम्म हामी चारजना मध्ये तीन जना कोक वा वियरको चुस्की लिनमै मस्तै थियौं । एकजना मित्र चाँहि झुमिरहेथेँ – एउटी किशोरी वयकी केटीसँग ! त्यो केटीसँग उसकी अर्की संगी पनि थिई । मलाई जाउँ जाउँ लागेको थियो, तर मञ्चमा उक्लने हिम्मत जुटाउन सकिरहेको थिइँन ।

वाइनले पूरै ध्वस्त भएकी तरुनी केटीलाई उसको लिखुरेले तान्दा तान्दै भुइँमा ढली । र, अगाडि ढल्दा खेरी जस्तै यो पटक पनि ऊ आफै उठी । ऊ उठ्ने र म नाच्ने ठाउँमा पुग्ने करिबकरिब एकैपटक भो । मेरा साथीसँग कुरा गरिरहेकी युवतीको साथीसँग मैले परिचयको हात बढाएँ । मैले भनेको नाम उसले सुनी कि नाइँ, उसले एउटा नाम त भनेकी थिई त्यो मैले सुनिनँ । मैले अङ्ग्रेजीमा उसलाई मसँग नाच्छे कि भनेर सोधेको थिएँ, उसले बुझिने र फिनिसमा भनी – “मिता (के)?” उसले मसँग नाच्नलाई उति चाख देखाईने र त्यहाँबाट अलप भई म पूर्ववतः मसँगै बाँकी रहेका मेरा दुईथान साथीहरु नेर पुगे । उनीहरुले केहि सान्त्वना प्रकट गर्न बिर्सेनन् । म चुप बसेँ ! घडिले बिहानको सबा दुईबज्दै थियो – हामी तीनजना एउटा कुनामा बसेर साथीलाई चिहाईरहेका थियौं – ऊ घरि युवतीसँग नाच्थ्यो त घरि कानै नेर मुख जोडाएर ख्वै केके गुन्गुनाईरहेको जस्तो देखिन्थ्यो – एकदमै ईर्श्या लाग्दो तरिकाले !

Comments

  1. Dami chha, tara malai hamro guru le yasto hunting garnuhunchha jasto laageko thiyena ;)

    ReplyDelete
    Replies
    1. यसो लेखेको नी हजुर। अलि अलि काल्पनिक त हुन्छ नि सृजनहरुमा।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...