Skip to main content

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)



“ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं । 

साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ – केहि जोडिहरु देखिन्थे । प्रायः आलिङ्गनमा बाँधिएका वा चुम्बन साटासाट गरिरहेका । एउटा कुनामा अर्को विजोग देखेँ – दुई जोडी युवतीहरु चुम्बन वर्षा गरिरहेथेँ । उनीहरुको व्यवहारले विज्ञानलाई चूनौति दिदैथियो – विपरीत लिङ्गीप्रतिको आकर्षणको सिद्धान्त ‘पूरापुर फ्लप’ थियो त्यसबखत मैले एकतमास हेरिहेको त्यो कुनोमा ! थकथक पनि लाग्यो – यी समलिङ्गी हुन्थेनन् भने त कम्तिमा पनि चारजना अरु युवाहरु डान्सिङ फ्लोरमा सायद उनीहरुकै हात समातेर नाचिरहेका हुँदा हुन (त्यसमा एक म पनि हुँदो हुँ !) त रात अझ कति रंगीन बन्थ्यो होला ? “भैगो यी कल्पनाका कुराहरू के गर्नु ?” यस्तो लागेपछि मेरो ध्यान पूरापूर नृत्य गरिरहेका केहि थान जोडिहरुमै निरन्तर ठोक्किरह्यो ! 

विशेषगरी, त्यहाँ बेमज्जासँग नाचिरहेकी एक युवतीले मेरो शतप्रतिशत ध्यान आकृष्ट गरिरही । उसको नृत्यको म यहाँ बख्यान गर्न समर्थ छैन । उसले यति विमुक्त नृत्य गरेकी थिई संगीतको तालमा उसको मुन्टो घुमाई हेर्नलायकको थियो । ऊ सारै नै मातेकी थिई । उसको साथमा दुईजना युवाहरु पनि थिए – एउटा मोटोमोटो, अर्को चाँहि लिखुरे अनि चश्मा लगाएको । तर ऊ विशेषगरी लिखुरेकै हातमा झुण्डेकी देखिन्थी । आफ्नो लेडिज ब्याग घरि आफू बोक्थी, घरि त्यही लिखुरेलाई दिन्थी । लिखुरे चाँहि ब्यागमा घाँटीमा त्यो तरुनी ब्याग भिरेर आफ्नै तालमा नाचिरहन्थ्यो । बेलाबेलामा तरुनी आफ्नो उदात्त वक्ष टेबलमै जोतिने गरी केहि मान्छेहरु छेऊ उनीहरुलाई तान्न पुग्थी । यसरी ऊ तीनजना ठिटाहरुकोमा पुगेको मैले देखेँ । ती मध्ये एकलाई उसले कसैगरी नाच्ने ठाउँसम्म ल्याउन सफल भईने । दुईजना चाँहि ऊसँग नाचे । तर त्यो लिखुरे केटोले केहि प्रतिक्रिया जनाएन । ऊ आफ्नै तालमा नाचिरह्यो । हाम्रोमा जस्तो स्वामित्वको विषय नहुँदा रैछन् यहाँ – प्रेमिकाहरु, श्रीमतीहरु ! आफ्नो मनलाग्दी गर्न सबैलाई छुट छ । तर त्यसले अरुलाई खलल् पुर्‍याउनु भएन ! 

“हन्टिङ” सामन्यतयाः यस्तै भनिन्छन् – क्लबहरूमा गएर एक रातका लागि केटीले केटा वा केटाले केटी खोजिने कामलाई । धेरै जना यसै हेतू त्यहाँ पुग्ने गर्दा रहेछन् । तर त्यस रात हामी साथीहरू चाँहि त्यहाँको क्लबको रात्रीजीवन अनुभव गर्नका लागि पुगेका थियौं । यो बाहेक हाम्रो कुनै लुप्त चाहना थिएन । किन्तु, मौका मिलिहाले नछाड्ने हामीमध्ये केहीको मनशाय पनि थियो होला । तर यहाँका युवतीहरुको पहिलो रोजाईमा अफ्रिकीहरु पर्दा रहेछन् ! कारणहरु धेरै हुन सक्लान । प्रायः नेपाली विधार्थीहरु चाँहि फिनिस केटीहरुको रोजाई अफ्रिकीहरु हुनुमा एउटै कारण औंल्याउँछन् जुन उनीहरुकै हिनताबोधको द्योतक हो भन्नेमा म पूर्ण विश्वस्त छु । तर ह्यानिबलमा त्यस्तो भएन । कि तिनीहरु आफ्नै केटाहरु थिए, वा कि उनीहरु ‘त्यो’ मनशायका साथ त्यहाँ आएका थिएनन् । त्यसैले पनि हुन सक्छ, बिहानीको डेढ बज्दै गर्दा सम्म हामी चारजना मध्ये तीन जना कोक वा वियरको चुस्की लिनमै मस्तै थियौं । एकजना मित्र चाँहि झुमिरहेथेँ – एउटी किशोरी वयकी केटीसँग ! त्यो केटीसँग उसकी अर्की संगी पनि थिई । मलाई जाउँ जाउँ लागेको थियो, तर मञ्चमा उक्लने हिम्मत जुटाउन सकिरहेको थिइँन ।

वाइनले पूरै ध्वस्त भएकी तरुनी केटीलाई उसको लिखुरेले तान्दा तान्दै भुइँमा ढली । र, अगाडि ढल्दा खेरी जस्तै यो पटक पनि ऊ आफै उठी । ऊ उठ्ने र म नाच्ने ठाउँमा पुग्ने करिबकरिब एकैपटक भो । मेरा साथीसँग कुरा गरिरहेकी युवतीको साथीसँग मैले परिचयको हात बढाएँ । मैले भनेको नाम उसले सुनी कि नाइँ, उसले एउटा नाम त भनेकी थिई त्यो मैले सुनिनँ । मैले अङ्ग्रेजीमा उसलाई मसँग नाच्छे कि भनेर सोधेको थिएँ, उसले बुझिने र फिनिसमा भनी – “मिता (के)?” उसले मसँग नाच्नलाई उति चाख देखाईने र त्यहाँबाट अलप भई म पूर्ववतः मसँगै बाँकी रहेका मेरा दुईथान साथीहरु नेर पुगे । उनीहरुले केहि सान्त्वना प्रकट गर्न बिर्सेनन् । म चुप बसेँ ! घडिले बिहानको सबा दुईबज्दै थियो – हामी तीनजना एउटा कुनामा बसेर साथीलाई चिहाईरहेका थियौं – ऊ घरि युवतीसँग नाच्थ्यो त घरि कानै नेर मुख जोडाएर ख्वै केके गुन्गुनाईरहेको जस्तो देखिन्थ्यो – एकदमै ईर्श्या लाग्दो तरिकाले !

Comments

  1. Dami chha, tara malai hamro guru le yasto hunting garnuhunchha jasto laageko thiyena ;)

    ReplyDelete
    Replies
    1. यसो लेखेको नी हजुर। अलि अलि काल्पनिक त हुन्छ नि सृजनहरुमा।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...