भो कुरै नगर

भेटिए कति मान्छे बिचित्र भो कुरै नगर
राम्रा नराम्रा कस्ता चरित्र भो कुरै नगर

आफ्नैको अवनति चिताउने नगरमा
तिम्रो कि मेरो मन पवित्र भो कुरै नगर

घात गर्छन आफन्तैहरू भर कसैको नपर्नु
हुनु कसरी तिम्रो म मित्र भो कुरै नगर

आज हुने भोली हुँदैन फेरिन्छन् साथ छिनमै
को छ उनको दिल त्यो भित्र भो कुरै नगर

Comments