Skip to main content

शितल मात्र शितल !

बिधालयका प्र.अ टेकबहादुर थापा टिका लगाएर स्वागत गर्दै ।
शितल शर्मा, एक २५ वर्षिय युवती । मेरी सहपाठी । एउटै बिधालयमा कक्षा १ देखि ८ सम्मसँगै पढेका थियौं हामीले । पाँच कक्षासम्म यिनको नाम गुमनाम थियो विधालयमा । किनकी यिनको परिचय थिएन त्यतिखेर सम्म । मेरो परिचय बनिसक्या थियो, कक्षाको सेकेण्ड ब्वाए । पाँच कक्षाको जिल्लास्तरिय परिक्षा पछाडि उनी यसरी चम्किन कि प्रवेशिका परिक्षा उर्तिण गरिन्जेल उनलार्इ जित्ने कोही भएन । कक्षामा प्रथम । मानिसहरूले हामी दुर्इजनालार्इ कडा प्रतिस्पर्धीका रूपमा हेर्ने गर्थे । हामी थियौं पनि त्यस्तै । पाँच कक्षा पछाडि उनी फस्टको फस्ट म सेकेण्डको सेकेण्ड । प्रथम हुने उत्कट चाहनाका बाबजुद म  आठ कक्षा उर्तिण गरेपछि लागे बेनीतिर, मेरा सहपाठीहरूलार्इ छाडेर । शितल बनिन् प्रवेशिका परिक्षासम्म नम्बर एक ! प्रवेशिका उर्तिण भए लगत्तै उनी काठमान्डु गइन अरे अध्ययनका लागि भन्ने सुनेँ मैले । म बेनीमै थान्किएर बसेँ ।

त्यसपछि हाम्रो भेट खासै भएन । गाउँमा आएको बेला सुन्थेँ – ट्राभल एजेन्सीमा जागिर छ रे !
उनी व्यवसायतिर अगाडि बढ्दै गइन भने म यता बेनीमा आफ्नो परिचय स्थापनाका लागि लागिपरे । कहिले बोर्डिङस्कुलको मास्टर त कहिले कम्प्यूटर इन्सिच्युटमा प्रशिक्षक । कहिले साहित्य कर्म, कहिले पत्रिकातिर । मानौ म अलमलमा छु । फुर्सदमा गाउँमा गएको बेला सुन्थेँ, मेरो सहपाठी शितल कहिले अन्नपूर्णको ट्रेकिङमा त कहिले बेइजिङको टुरमा । उनको ब्यस्त जीवनका बारेमा सुन्दा कताकता र्इश्या लाग्ने गर्थ्यो मलार्इ, नढाँटेर भन्नुपर्दा । आखिर शैशबकालका अनन्य साथीहरू थियौं, र प्रतिस्पर्धी पनि ! भेट्ने उत्कट चाहना थियो उनलार्इ । तर समय र सन्दर्भ मिलिरहेको थिएन ।

गत सालको फाल्गुणमा युवा स्वयंसेवकका रूपमा छनोट भइसके पछि शितललार्इ भेट्ने अवसर मिल्यो । मसँग उनको मोबाइल नम्बर थियो । त्यसैले हाम्रो भेट सम्भव भएको थियो । नाङ्ग्लो रेष्टुरेन्टमा कफि पिएपछि यिनले मलार्इ सानोमा बिताएका थुप्रै क्षणहरू सम्झाइदिइन् । सँगै बसेर पढेको, प्रतिस्पर्धीको ब्यवहार गरेको, पिकनिक गएको धेरै स्मरणहरू हामीले ताजा पार्ने काम गर्यौ । मेरो पछिल्लो सफलताका बारेमा सुनेपछि खुशि अभिब्यक्त गर्दै मलार्इ आवश्यक पर्ने अमेरिकन डलर साटफेर गरे नगरेको बारे जिज्ञासा समेत राखिन । आफूसँग भएको १०० डलर मेरो हातमा थमाउँदै मलार्इ सामाखुशिसम्म आफ्नै स्कुटरमा राखेर छाडिन पनि । भोलिपल्ट म नर्वेका लागि उडेँ । १ हप्ता पछाडि तालिम सिध्याएर काठमान्डु फर्कने बेलामा थाहा लाग्यो – मलार्इ छाडेर आफ्नो निवासमा जाँदै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकलले उनको स्कुटरलार्इ ठक्कर दिदाँ उनी सख्त घाइते भएकि छिन । भेट्ने चाहना हुँदाहुँदै पनि म निष्ठूरी बन्नुपर्ने अवस्था आर्इलाग्यो । भेट्न सम्म जान पाइँन । अहिले सम्झदा ग्लानी हुन्छ – आखिर कति स्वार्थी मान्छे म ? तर भगवानको कृपाले मेरो साथी खतरामुक्त हुन सकिन । करिब ६ महिना पछाडिको बेडरेस्ट पछि उनी ठीक भएको खबर पाएँ मैले । र, काममा फर्केको जानकारी पनि मिल्यो – उनीसँगको र्इ-वार्तालापमा ।

आज मैले खास यी सबै सन्दर्भहरूलार्इ यहाँ जोड्न खोज्नुको मुख्य उद्देश्य भनेको हामीबिचको परिवर्तनलार्इ उल्लेख गर्नका लागि नै हो । अहिले उनी आफ्नै ट्राभल एजेन्सी सञ्चालन गर्छिन् । ठमेलमा ड्रिम नेपाल नामको यिनको आफ्नै ट्राभल एजेन्सी छ । यिनी ब्यवसायिक मात्र भएकि छैनिन् अहिले, सामाजिक सेवामा पनि उत्तिकै प्रतिबद्द भएर लागेकी छिन् । मैले ढिलो गरेर जानकारी पाएँ । करिब दुर्इ महिना पहिले आफ्नो सामाजिक उत्तरदायित्वलार्इ केहि बढि घनिभूत पार्ने प्रयास थालेकी छिन् उनले ! आफूले शिशुदेखि कक्षा दश सम्म अध्ययन गरेको गाउँको विधालयका भार्इबैनीहरूले अझैसम्म पनि कम्प्यूटरको अनुहार नदेखेको तीतो यथार्थले यिनलार्इ चिमोटेछ । भानु माध्यमिक बिधालयमा अध्ययनरत आफ्ना गाउँले भार्इबैनीहरूको सपनालार्इ कसरी मूर्त पार्न सकिन्छ भन्ने गहन चिन्तन पछाडि यिनी एउटा दानीमान्छेको खोजीमा लागिछिन् । यि सबै कुरा यिनले मलार्इ बेलाबखत अनलाइन च्याट मार्फत बताउँदै आएकी थिइन ।

अन्ततः उनले खोजे झै दानी मानिस उनले भेटिन् । नेपालको क्षेत्रबाट सगरमाथा आरोहण गरेका पहिला चाइनिज आरोही ह्वाङ नुवो । बेइजिङ्मा एक ब्यवसायी संस्था zhongkun investment group का कार्यकारी अध्यक्ष रहेका नुवोले ले यिनको सपना साकार पार्ने काममा सघाउ पुर्याए । अन्ततः २०६७ को मंसिर १९ गते भानु मा. वि. रत्नेचौरले १० वटा कम्प्यूटर प्राप्त गरिछाड्यो । समाचार पढ्न यहाँ क्लिक गर्नुस ।

हाम्रो गाउँमा संसारमा फूल्ने सबै खुशिहरू ल्याउने हाम्रो सपना हुने गर्थ्यो, जतिखेर हामी प्राथमिक तहमा पढ्ने गर्थ्यौ । सायद, शितलले नितान्त एक्लो तर बारम्बारको प्रयासमा गाउँमा भित्र्याएको यो आजसम्मकै सबभन्दा ठूलो र एकमुस्टको सहयोगले मलार्इ एउटा पाठ भने सिकाएको छ – मान्छेको भगिरथ प्रयासमा संसारमा असम्भव भन्ने केहि छैन् । धेरै धेरै बधार्इ तथा शुभकामना प्रिय सहपाठी शितल तिमीलार्इ !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...