Skip to main content

अन्त्यहिन सन्दर्भ.....

कांग्रेससँगको बैठकमा माओवादीनेताहरू मुस्कान दिदै । फोटोः नागरिक
मितिः २०६७ माघ ११ गते
स्थानः रिसोर्टमा हैन
सन्दर्भः माओवादी र काङ्ग्रेस शिर्षस्थ नेताहरूको बैठक
प्रस्ताबः राष्ट्रपतिले बुधबारसम्म म्यादरहने गरी सहमतिय सरकार निर्माणका लागि गरेको आव्हानको कदर गरी यथाशिघ्र निर्णय गर्ने, राष्ट्रिय सरकार निर्माणका लागि आधार निर्माण !
उपस्थितीः प्रचण्ड, बैध्य, डाक्टर, काजि र बादल (माओवादीबाट), कोइराला, शेर, सिंह, डाक्टर महत, रामचन्द्र र निधी (कांग्रेसबाट)।
छलफलः शान्तिप्रक्रियाको आधा हिस्सा भएको र जनादेशअनुसार ठूलो दलको नेताले राष्ट्रिय सहमतिको नेतृत्व एमाओवादीले गर्नु उचित हुने माओवादी पक्षको अडान । शान्ति प्रक्रियाको थालनीमा नेपाली काँग्रेसको नेतृत्व भएकाले यसलाई सार्थक बनाउन पनि काँग्रेसको नेतृत्वमा सरकार बन्नु उचित हुने कांग्रेसको जिकिर ।
बैठकपछि सहभागीहरूको प्रतिक्रियाः राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियामा गम्भीर असर पुग्ने कुरामा ब्यापक छलफल भएको । राष्ट्रिय सरकार निर्माणमा दुवै दलका नेताहरू सकारात्मक र प्रतिबद्द प्रयास जारी राख्ने निचोड । (अझ त्यो पनि गम्भीर भावभंगीमा पारेर, क्यामेरका अगाडि त त्यति गर्ने पर्यो !)
उपलब्धीः द्भिपक्षीय र त्रिपक्षीय बैठकलाई तीव्रता दिई भोलिसम्म सहमतिको प्रयास जारी राख्न दुवै दल सहमत भएका छन् ।
मेरो बुझार्इः तात्तो न छारो, गफमात्र गरेर समय खेर फाल्या छन् । सायद यिनका पनि अध्यक्ष र सभापतिका गाला चड्काउने देविप्रसाद चाहिया हो कि ?
र, अन्त्यमा यो एउटा जिज्ञासा समेतः एमालेको सहभागिता थिएन र बैठकमा ?
जबाफः अध्यक्ष कामरेडको गालामा देविप्रसादले दे'को झापडको डाम अझै नमेटिएकाले भोली सम्म बैठकमा सहभागि नहुने । हुने केहि हैन जाबो बैठक भोली बसे पनि भैहाल्यो नि ! समय छँदैछ !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...