Skip to main content

अन्त्यहिन सन्दर्भ.....

कांग्रेससँगको बैठकमा माओवादीनेताहरू मुस्कान दिदै । फोटोः नागरिक
मितिः २०६७ माघ ११ गते
स्थानः रिसोर्टमा हैन
सन्दर्भः माओवादी र काङ्ग्रेस शिर्षस्थ नेताहरूको बैठक
प्रस्ताबः राष्ट्रपतिले बुधबारसम्म म्यादरहने गरी सहमतिय सरकार निर्माणका लागि गरेको आव्हानको कदर गरी यथाशिघ्र निर्णय गर्ने, राष्ट्रिय सरकार निर्माणका लागि आधार निर्माण !
उपस्थितीः प्रचण्ड, बैध्य, डाक्टर, काजि र बादल (माओवादीबाट), कोइराला, शेर, सिंह, डाक्टर महत, रामचन्द्र र निधी (कांग्रेसबाट)।
छलफलः शान्तिप्रक्रियाको आधा हिस्सा भएको र जनादेशअनुसार ठूलो दलको नेताले राष्ट्रिय सहमतिको नेतृत्व एमाओवादीले गर्नु उचित हुने माओवादी पक्षको अडान । शान्ति प्रक्रियाको थालनीमा नेपाली काँग्रेसको नेतृत्व भएकाले यसलाई सार्थक बनाउन पनि काँग्रेसको नेतृत्वमा सरकार बन्नु उचित हुने कांग्रेसको जिकिर ।
बैठकपछि सहभागीहरूको प्रतिक्रियाः राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियामा गम्भीर असर पुग्ने कुरामा ब्यापक छलफल भएको । राष्ट्रिय सरकार निर्माणमा दुवै दलका नेताहरू सकारात्मक र प्रतिबद्द प्रयास जारी राख्ने निचोड । (अझ त्यो पनि गम्भीर भावभंगीमा पारेर, क्यामेरका अगाडि त त्यति गर्ने पर्यो !)
उपलब्धीः द्भिपक्षीय र त्रिपक्षीय बैठकलाई तीव्रता दिई भोलिसम्म सहमतिको प्रयास जारी राख्न दुवै दल सहमत भएका छन् ।
मेरो बुझार्इः तात्तो न छारो, गफमात्र गरेर समय खेर फाल्या छन् । सायद यिनका पनि अध्यक्ष र सभापतिका गाला चड्काउने देविप्रसाद चाहिया हो कि ?
र, अन्त्यमा यो एउटा जिज्ञासा समेतः एमालेको सहभागिता थिएन र बैठकमा ?
जबाफः अध्यक्ष कामरेडको गालामा देविप्रसादले दे'को झापडको डाम अझै नमेटिएकाले भोली सम्म बैठकमा सहभागि नहुने । हुने केहि हैन जाबो बैठक भोली बसे पनि भैहाल्यो नि ! समय छँदैछ !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...