Skip to main content

नेपालीमा च्याट कसरी गर्ने ?

मलार्इ सबै साथीहरूलार्इ नेपालीमा आफ्नो किबोर्ड मिलाएर फेसबुकमा नेपालीमा च्याट गर्न मन लागेको र इमेल पनि नेपालीमै लेख्न मन लागेको सुनाए पछि, हाम्रो नेपाली राष्ट्रियता केही माथी उठ्न सक्ने देखेपछि सम्पूर्ण नेपालीहरूका लागि यो कोसेली स्वरूप यो सुचनाजन्य लेख ल्याएर उपस्थित भएको छु ।
सबभन्दा पहिले मदन पुरस्कार गुठीको वेभसाइट http://www.madanpuraskar.org/ खोल्ने । तत्पश्चात ः तल चित्रमा प्रस्तुत गरिए झै डाउनलोड बटनमा थिच्ने ।











त्यसपछि, तल चित्रमा गोलो घेरो लगाएकोमा ठाउँमा क्लिक गर्ने ।



त्यसपछि, तपाइँले तल चित्रमा देखाइए झै देख्नुहुनेछ । र नेपाली युनिकोड डाउनलोड गर्नका लागि फेरि पनि गोलो घेरो लगाइएको ठाउँमा क्लिक गर्नुहोला । चित्रमा दुर्इ ठाउँमा घेरो लगाइएको छ, त्यो यहाँको आवश्यकता
अनुसार रोज्न पाउनुहुनेछ ।
















अब डाउनलोड भएको फाइल खोलेर आफ्नो कम्प्युटरमा इन्सटल गर्नुस ।
तत्पश्चात ः अब बाँकी रहेको काम तल क्रमैसँग चित्रमा हेरेर गर्नुस । नोट ः सबै गरिसक्दा पनि भएन भने कम्प्यूटर एकपटक बन्द गरेर फेरि खोल्नुस । नेपाली र अंग्रेजी परिवर्तन गरी घरी घरी टाइप गर्नका लागि Shift+Alt key र नेपाली किर्बोडको दुइ वटा सेटिङ भएकाले आफूलाइ सजिलोका लागि Shift+Ctrl थिचेर काम
गर्न सक्नुहुन्छ ।
नेपाली किबोर्डको ले आउट यस्तो हुन्छ नी ।















केहि जिज्ञासाहरू भए कमेन्ट बक्समा लेख्नुहोला । सकभर नेपालीमा प्रयास गर्नुहोला ।
आफू भित्रको राष्ट्रियता जगाउने प्रक्रियाको पहिलो कदममा सहभागी हुनु भएकोमा यहाँलार्इ धेरै धेरै धन्यवाद छ ।


Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...