मलाई आधिकारीक जानकारी त भएन तर कुनै सज्जनले कुनै दिन मलाई भनेका थिए – न्यूयोर्कमा कहिले हो, केहि समयका लागि विद्युतीय सेवा अबरुद्ध भएको थियो रे र त्यसपछि त्यहाँ कहिले त्यस्तो भएको छैन् । अनि उनले यो पनि भनेका थिए कि त्यो घटना घटेको पनि दशकौं भैसकेको छ, तर यसपाली काठमाडौं पुग्दा नपुग्दा मैले राजधानीमा अझै हुदैँ आएको लोडसेडिङ्लाई नजिकैबाट अनुभव गरेँ । अनि म भित्रको राष्ट्रियता यसरी अँध्यारिदैं गयो कि त्यो कहिले उज्यालो हुने हो मैले अनुमान गर्न सकिरहेको छैन् ।
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
It's a real one! We are living in shadows.
ReplyDelete