Skip to main content

दुर्इ फरक पात्रहरूः देबिप्रसाद र रूद्रप्रसाद

भरौल ३ का एक पूर्व एमाले कार्यकर्ता देविप्रसाद रेग्मीले झापड हानेको समाचार संचार माध्यमहरूमा प्रसारण भैरहदा मैले यहाँहरूसँग बाड्न खोजेको सन्दर्भ चाँहि अलि फरक छ । देविप्रसाद रेग्मीले त झलनाथ खनालको गाला मात्र चड्काए, तर म्याग्दी सदरमुकाम बेनीमा लामो समयसम्म छापाखाना मजदुरका रूपमा काम गरि पछाडि आफ्नै छापाखाना समेत सञ्चालन गर्दै आएका एक मजदुर तथा ब्यवबासी रूद्रप्रसाद शर्माले त देशको बिग्रदो परिस्थतिको एउटै मात्र दोषी राजनैतिक दलका शिर्षस्थ नेताहरू मात्र नभर्इ तीनमा संलग्न प्रत्येक नेता तथा सभासदहरू भएको जिकिर गर्दै आफू संलग्न छापाखाना मजदुर महासंघबाट राजीनामा दिएको बक्तब्य एक स्थानीय पत्रिकामा रकम खर्च गरेर विज्ञापनको स्वरूपमा नै प्रकाशित गरेका छन् ।
लामो संघर्षबाट एक स्थापित छापाखाना ब्यवसायी बनेका रूद्रप्रसाद शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् - विशेष परिस्थिति (आन्दोलनको भूमरी) अथवा चुनावी ऋतु बाहेक नेताहरुले हामी सर्वसाधारण मजदूर, किसान, विद्यार्थी आदि पेशागत नागरिकलाई कुनै वास्ताको विषय बनाउँदैनन् । विशेष परिस्थिति जस्तो आन्दोलन वा ढुंगामुढा गर्नु पर्दा यी दलहरुको मुख्य हतियार मजदूर, किसान र विद्यार्थीहरु जस्ता सर्वसाधारण पंक्तिलाई भकुण्डोमा हावा भरेर खेलाडीले प्रयोग गरे झैं प्रयोग गरिरहेका छन् । लाग्छ, विज्ञप्तीमा उनले दल र तीनका नेताहरूप्रति आम नागरिकहरूको वितृष्णा, अविश्वास र आक्रोशलार्इ समेटेका छन् । देशका प्रत्येक राजनैतिक दलहरू र तीनका नेताहरूले देश र जनताका विषयमा कहिल्यै पनि भलो नचिताएको तीतो यथार्थलार्इ उप्काउँदै शर्माले यस्ता देशद्रोहीहरूको पिछलग्गु नहुनका लागि सम्पूर्ण नागरिकहरूलार्इ आव्हान गर्दै लेखेका छन् - तस्करी, भ्रष्टचारी, जन गद्दारी, विभिन्न किसिमका (जल, भू, हवाई आदि) माफिया,  देशद्रोही संरक्षकको पछाडी हामी कोही नलागौं । उनको विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुस् । 
उता देविप्रसादको चड्कन खनालले भेटे र प्रतिक्रिया दिएछन् – यी भुसुनाहरू हुन्, त्यस्ता विषयलार्इ महत्व दिन्न । सायद रूद्रप्रसादको विज्ञप्तीलार्इ पनि सम्बन्धित दलले महत्व नदिएकै होला, भुसुनाको घुर्की ठानेर ! यी दुर्इ पृथक घट्नाले पुष्टि गरेको एउटै तथ्य के हो भने – होशियार नेताहरू, जनतामा तिमीप्रति असाध्यै वितृष्णा छ, यो घृणाको आँधिबेहरी उठ्यो भने तिमीहरूलार्इ नबढारी रोकिनेवाला छैन ।
कृपया आफ्नो प्रतिक्रिया ब्यक्त गरिदिनुहोला ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...