Skip to main content

डकुमेन्ट्रीमा अटाएका युद्दका केहि पाटाहरू

डकुमेन्ट्री हेर्नका लागि उपस्थित दर्शकहरू
यहाँ (नर्वेको ट्रोम्सो) मा चलिरहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा अस्ति बुधबारका दिन एउटा नेपाली डकुमेन्ट्री साइलेन्सीङ द गन्स र त्यसैसँग सम्बन्धित सेमिनार आर्इ डु नट हेट माइ इनिमिजमा भाग लिने अवसर पाएको थिएँ । डकुमेन्ट्री यहाँस्थित प्रसिद्द विश्वबिधालय, ट्रोम्सो विश्वबिधालयको पिस एण्ड कन्फिलिक्ट म्यानेजमेन्ट विभागले पहिलो पटक निर्माण गरेको रहेछ ।
द्भन्दका समयमा नेपाली सेनाका एक अधिकारी क्याप्टेन (हाल सेवानिर्वृत्त मेजर) हेमलाल पुन माओवादीहरूको एम्बुसमा परि घाइते भएको कथादेखि गाउँमा रहेकी उनकी दिदी मायालार्इ विद्रोहीहरूले सताउने गरेको सन्दर्भ अटाएका छन् । उसो त पाल्पाका एक परिवारले द्भन्दका क्रममा आफ्नो कलेज पढ्ने छोरालार्इ सेनाले नियोजित रूपमा हत्या गरेको विषय पनि डकुमेन्ट्रीमा समावेश छ । तथापि डकुमेन्ट्रीको मुख्य विषय चाँहि दशवर्षे द्भन्दका क्रममा पनि एउटा पनि गोली नपड्केको गुल्मीको भार्से गाउँ (हेमलाल पुनको पुर्ख्यौली घर छ र दिदी माया समेत बस्दछिन) को वरिपरी घुमेको छ । त्यस गाउँको संस्कार, सहिष्णुता र हार्दिकताका पक्षहरूलार्इ समेत डकुमेन्ट्रीमा ठाउँ दिइएको छ । तथापी आफ्नै भार्इ सेनामा भएको आधारमा माओवादीका कार्यकर्ताहरूले उनीमाथि गरेको ज्यादतीको सत्य घटना सुनिरहँदा मेरो मुटु ढक्क फुल्न गयो ।
गरिवका लागि लडेका हौ भन्ने माओवादीहरूले तत्कालिन समयमा सेनाप्रहरीमा भएका गरिवहरूको वास्तविकतालार्इ आत्मासाथ नगरेको तथ्य तपाइँ हामी माझ छर्लङ्गै छ । हेमलाल पुन जसको पुर्ख्यौली पेशा भनेकै सैन्य सेवामा जागिर हो, जसको गाउँका प्रत्येक युवाको सपना, लक्ष्य वा महत्वाकांक्षा जे भन्नुस् त्यो भनेको सेना बन्नु हो । यो वास्तविकतालार्इ तत्कालिन समयमा माओवादीहरूले बुझ्न नसक्नु दुर्भाग्य नै हो ।
बुटबलका एकजना श्रेष्ठ थरका सिनेमा हलका सञ्चालकले प्रस्तुत गरेको पिडा सुन्दा जोकोहीको आँखा भिज्छ । माओवादीहरूले उनीबाट कसरी पटक पटक चन्दा धुत्न सम्म धुते र उनको फिल्महलमा कसरी बम पड्काएर ध्वस्त पारिदिए भन्ने कथा सुन्नेहरू जोकोहीले पनि तत्कालिन समयमा माओवादीको त्रासदीबाट बाँच्न विवशहरूको जीवनव्यथालार्इ नजिकैबाट चियाउन सक्दछ । हृदयघातबाट मृत्युभएको बाबाको क्रियाक्रम उम्काउने बेलामा दक्षिणास्वरूप दिने पैसाको जोहो गर्न नसकेको आफ्नो वास्तविकतालार्इ श्रेष्ठले बताइरहँदा क्यामेराका अगाडि उनका आँशु बरर झरेको दृश्य हेर्दा के तपाइँको आँखा रसाउँदैन होला ? यो मेरो प्रश्न यहाँहरूलार्इ !
हुन त राज्य पक्षबाट पनि चरम र बर्बर घटनाहरू नभएका हैनन् । खारा काण्डहरू पनि मच्चिएकै हुन । तथापि तत्कालिन समयमा आफ्ना मान्यता भन्दा फरक विचार राख्नेहरूलार्इ माओवादीहरूले गरेको बर्बरता कुनै पनि हालतमा चित्तबुझ्दो चाँहि पक्कै हैन । युद्दको सन्दर्भबाट शुरू भएको डकुमेन्ट्री, खुल्ला आकाशमा लागिरहेको चन्द्रमाको उज्यालोमा भार्सेका गाउँलेरूले गरेको नाचगानसँगै समाप्त हुन्छ । मेरो बुझार्इमा डकुमेन्ट्रीले हामीलार्इ दिन खोजेको सन्देश - युद्दका ती भयानक अँध्यारा पक्षहरूका विषयलार्इ अलिकति भएपनि अनूभुत गर्न र त्यसबाट महत्वपूर्ण तथ्यहरू सिकेर आत्मसाथ गरि अगाडि बढ्नु नै हामीहरूका लागि उपलब्ध सबैभन्दा उत्तम विकल्प हुन सक्दछ । भन्ने त हैन ?

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...