Skip to main content

मलाई लागेको अन्तिम बिकल्प

यसको बारेमा अब केहि पनि सोच्दिन, लेख्दिन भन्छु ‍- धर नै पाउँदिन् । थाहा छ- मैले जति लेखेँ पनि, चिच्याएँ पनि वा चिन्ता गरेपनि हुने कुरा नभैकन छाड्दैन तर पनि बर्बराउन छाडेको छैन् – मैले । यहाँहरूले अनुमान पनि गरिसक्नु भयो सायद, हो मैले कुरा गर्न खोजेको विषय हाम्रो देशको राजनीतिको विषय ! सत्तामा पुगेर देशमा महाराज बन्ने महत्वकांक्षा पालेकाहरूको विषय !

यहाँहरू धेरैले जस्तै बडो ब्यग्रतापूर्वक मैले पनि आजको दिनलार्इ प्रतिक्षा गरिरहेको थिएँ । लाग्छ, मेरो पर्खाइ यहाँहरूको जस्तै ब्यर्थ बन्न थालेको छ । यो ब्लग लेखिरहँदा आज निश्चित गरिएको प्रधानमन्त्री निर्वाचनको १७ औ श्रृङ्खलाको मिति सार्ने वा आजै गर्ने बिषयमा बृहत छलफल चलिरहेको थियो ! लाग्छ, यिनीहरू बैठक चाँहि बस्दछन् तर निर्णय गर्ने क्षमता छैन् यिनीहरूमा ! समय र सामुद्रिक लहरले मान्छेहरूलाई पर्खदैन भन्ने तथ्य यिनीहरूले किन बिर्सिरहेका होलान् ? म सधैँ बिलखबन्दमा पर्ने गर्दछु – खास किन अनिर्णित बन्छन् यिनीहरू ?

नयाँ नेपालको दुहाई दिदै, राजनीतिमा सधैं किन फोहोरी चालबाजी गर्नमै ब्यस्त हुन सकेका ? ६ महिना बितिसक्यो देश सरकारबिहिन अवस्थामा रहेको तर हुन सकेको छैन् एउटा निर्णय ! समस्या कहाँ नेर छ ? भन्ने बिषयमा यिनीहरूले छलफल चलाइरहेका छन् बर्षौदेखि तर थाहा पाउन सकेका छैनन् – समस्या एकले अर्काको अस्तित्व नस्वीकार्नुमा छ ! बुझ पचाइरहेछन् – समस्या आफू भाले हुन खोज्नुमा छ ! र, छ समस्या – राजनीति भनेको सर्वकालिक सत्तामा रहन प्रयोग हुने भर्याङ हो भन्ने बुझामा !

यो राजनीतिभित्रको अराजनैतिक खेलको अन्त्य, शान्ति, संविधान र सुशासनको प्रत्याभूति वा नयाँ नेपालका लागि हामीसँग केही बिकल्पहरू चाँहि अवश्य छन् – 

👉प्रत्येक दलका दोश्रो तहका नेताहरूले आफ्नो क्षमतालाई बुझेर शिर्षस्थ भनौंदाहरूको नालायकीपनलाई खबरदारी गर्ने वा तिनको गलत नेतृत्व, विचार र निर्देशनलाइ अस्वीकृत गर्ने !
👉सम्बन्धित दलका तल्ला तहका नेता तथा कार्यकताहरूले राष्ट्रिय स्वार्थलाई महत्वमा राख्नका लागि आफ्ना दलहरूमा दबाब सिर्जना गर्ने ! 
👉आम नागरिकहरू एकजुट भएर दलका बिरूद्द अभियान चलाउने, घच्घचाउने वा बहिष्कार गर्ने ! 
👉सधैंको गाइजात्राको अन्त्यका लागि केहि शर्तहरूसहित पूर्व राजपरिवारलाई जनताको समर्थन !*

 (लौं संसारमा थुप्रै यस्ता उदाहरणहरू छन्) *यो बिकल्प चाँहि अन्तिम अस्त्र हुनुपर्छ सायद !

कृपया आफ्नो बिचार प्रतिक्रियाका रूपमा ब्यक्त गरिदिनुहोला !

Comments

  1. hi nirajan ji nikai ramro lago ra agadi pani upload gardai janu hola hai
    thanx
    kisan gc

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद कुष्णजी यहाँको प्रतिक्रिया र महत्वपूर्ण समयका लागि !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...