Skip to main content

मलाई लागेको अन्तिम बिकल्प

यसको बारेमा अब केहि पनि सोच्दिन, लेख्दिन भन्छु ‍- धर नै पाउँदिन् । थाहा छ- मैले जति लेखेँ पनि, चिच्याएँ पनि वा चिन्ता गरेपनि हुने कुरा नभैकन छाड्दैन तर पनि बर्बराउन छाडेको छैन् – मैले । यहाँहरूले अनुमान पनि गरिसक्नु भयो सायद, हो मैले कुरा गर्न खोजेको विषय हाम्रो देशको राजनीतिको विषय ! सत्तामा पुगेर देशमा महाराज बन्ने महत्वकांक्षा पालेकाहरूको विषय !

यहाँहरू धेरैले जस्तै बडो ब्यग्रतापूर्वक मैले पनि आजको दिनलार्इ प्रतिक्षा गरिरहेको थिएँ । लाग्छ, मेरो पर्खाइ यहाँहरूको जस्तै ब्यर्थ बन्न थालेको छ । यो ब्लग लेखिरहँदा आज निश्चित गरिएको प्रधानमन्त्री निर्वाचनको १७ औ श्रृङ्खलाको मिति सार्ने वा आजै गर्ने बिषयमा बृहत छलफल चलिरहेको थियो ! लाग्छ, यिनीहरू बैठक चाँहि बस्दछन् तर निर्णय गर्ने क्षमता छैन् यिनीहरूमा ! समय र सामुद्रिक लहरले मान्छेहरूलाई पर्खदैन भन्ने तथ्य यिनीहरूले किन बिर्सिरहेका होलान् ? म सधैँ बिलखबन्दमा पर्ने गर्दछु – खास किन अनिर्णित बन्छन् यिनीहरू ?

नयाँ नेपालको दुहाई दिदै, राजनीतिमा सधैं किन फोहोरी चालबाजी गर्नमै ब्यस्त हुन सकेका ? ६ महिना बितिसक्यो देश सरकारबिहिन अवस्थामा रहेको तर हुन सकेको छैन् एउटा निर्णय ! समस्या कहाँ नेर छ ? भन्ने बिषयमा यिनीहरूले छलफल चलाइरहेका छन् बर्षौदेखि तर थाहा पाउन सकेका छैनन् – समस्या एकले अर्काको अस्तित्व नस्वीकार्नुमा छ ! बुझ पचाइरहेछन् – समस्या आफू भाले हुन खोज्नुमा छ ! र, छ समस्या – राजनीति भनेको सर्वकालिक सत्तामा रहन प्रयोग हुने भर्याङ हो भन्ने बुझामा !

यो राजनीतिभित्रको अराजनैतिक खेलको अन्त्य, शान्ति, संविधान र सुशासनको प्रत्याभूति वा नयाँ नेपालका लागि हामीसँग केही बिकल्पहरू चाँहि अवश्य छन् – 

👉प्रत्येक दलका दोश्रो तहका नेताहरूले आफ्नो क्षमतालाई बुझेर शिर्षस्थ भनौंदाहरूको नालायकीपनलाई खबरदारी गर्ने वा तिनको गलत नेतृत्व, विचार र निर्देशनलाइ अस्वीकृत गर्ने !
👉सम्बन्धित दलका तल्ला तहका नेता तथा कार्यकताहरूले राष्ट्रिय स्वार्थलाई महत्वमा राख्नका लागि आफ्ना दलहरूमा दबाब सिर्जना गर्ने ! 
👉आम नागरिकहरू एकजुट भएर दलका बिरूद्द अभियान चलाउने, घच्घचाउने वा बहिष्कार गर्ने ! 
👉सधैंको गाइजात्राको अन्त्यका लागि केहि शर्तहरूसहित पूर्व राजपरिवारलाई जनताको समर्थन !*

 (लौं संसारमा थुप्रै यस्ता उदाहरणहरू छन्) *यो बिकल्प चाँहि अन्तिम अस्त्र हुनुपर्छ सायद !

कृपया आफ्नो बिचार प्रतिक्रियाका रूपमा ब्यक्त गरिदिनुहोला !

Comments

  1. hi nirajan ji nikai ramro lago ra agadi pani upload gardai janu hola hai
    thanx
    kisan gc

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद कुष्णजी यहाँको प्रतिक्रिया र महत्वपूर्ण समयका लागि !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...