Posts

अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरू

त्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो असामान्य परिघटना नै हो । हुन त  कोही समाचार संकलकलाई यस्तो लागिदियो कि सामान्य घरझगडाको कुरा किन संकलन गर्नु ? वित्थामा गाल मात्रै पर्छ । चिनजानको दायरा अलिकति भएपनि किन खुम्चाउनु ? फलानो ठाउँमा काम गर्ने तिलाना सरको मन दुख्न सक्छ, फेरि वहाँसँग चिया पिउँदै रमाइला गफ गर्ने वातावरण बिग्रन सक्छ । आफ्ना स्वार्थका सम्बन्धहरू बिग्रने डरमा हामी कसैको बिग्रेको परिस्थितीलाई नजरअन्दाज गर्छौं । यो के दुर्भाग्यको कुरा होइन ?  एक असाक्षर व्यक्तिसँग जोडिएको घटना भएको भए यसलाई सामान्य घटना मान्न सकिन्थ्यो तर राष्ट्रसेवक प्रहरी संगठनको प्रहरी निरीक्षक अझ त्यसमाथि मुद्दा फाँटको अधिकृतसँग ज

सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू

यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन । उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ,  जसले नेपाल सरकारको नुन

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

Image
मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि

विद्वान एनआरएन र भुँइमान्छे

Image
एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको छु

एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?

                 हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय नेपालीहरूको संगठन (एनआरएनए) को २०१७ मा संसोधन हुनुपूर्वको विधानले तोकेको योग्यता अनुसार, २०१३ को मार्चसम्म म यस संस्थाको सदस्य बन्न योग्य गैर आवासीय नेपाली नागरिक थिएँ ।                     म, यस संस्थाको सदस्य भएको हालै एक वर्ष मात्रै भएको छ । मेरो चिनजानका करिब ९० प्रतिशत फिनल्याण्डबासी नेपाली मित्रहरू यस संस्थामा औपचारिक रूपमा  जोडिसकेका छैनन । यो लेख तयार पार्दै गर्दा एनआरएनएको विश्वभरका राष्ट्रिय संघमा आबद्द सदस्यहरूको केन्द्रिय तथ्याङ्क भण्डारमा खोजी गर्दा फिनल्याण्डबाट मात्र ८३ जना यस संस्थामा आबद्द भएको पाएँ । परन्तु, करिब २ हजार ५ सय नेपालीहरूको बसोबास रहेको भनिएको यस देशमा रहेका नेपालीहरूबीच एनआरएनएको पहुँच किन कमजोर रह्यो त ? संस्था

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

Image
तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ ।  एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीहरूसँ

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !

Image
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्रो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले  नेताको छोरा  नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।) चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !"  यी तिनै भाई थिए, जो म चुनावका लागि नेपा