स्टोभ, मट्टितेल र तरुनी




हिजो मैले मेरो नजिकको साथी मध्ये एक जना साथीसँग सँगै बसेर केही गफगाफ गर्ने मौका पाएँ – मेरो मित्र थलेमानसँग ! ऊ अलिकति भिन्न स्वभावको युवा हो । मेरा साथीहरु मध्ये धेरैजनासँग उसको जस्तो फरक र आनन्ददायक प्रकृतिको स्वभाव मैले अझैसम्म पाएको छैन् । ऊ मान्छे नै यूनिक छ । हामी बेनीको एक रेष्टुरेन्टमा अलिकति फ्रेश हुनका लागि हल्का पेय लिने योजनाका साथ छिरेका थियौं । उसले वेटरलाई मेनु ल्याउन लगाएर मलाई भन्यो –“साला थाहा छ, हिजो माल(?) पाएर पनि पड्काउन पाइएन नि !” बेनीमा यौन व्यापारमा लागेका युवतीहरु थुप्रै पाइन्छन् भन्ने त सुनेको थिएँ । तर उसले भने जस्तो सजिलै त्यस्ता युवती पाइन्छन् भन्नेमा म निश्चित भने थिइनँ अनि मैले आश्चर्यता व्यक्त गर्दै उसलाई सोधेँ –“तेरो गफ त हो !” “विद्या नाश मैले ढाट्या छैन् यार, पहिला मेरो कुरा त सुन् ।” उसले मेरो उत्सुकता बढाउँदै भन्यो –“एक जनाले मलाई त्यो केटीको ९८०...... नम्बर दे’थ्यो, बिचार गरम न त भनेर डायल गरेको केटीले उठाईहाली । अनि मेरो पालो पनि मेरो कोठाको लोकेशन दिएर त्यल्लाई आइज न त भनेको आई पनि हाली । गफगाफ शुरु पनि गरेँ । निर्धक्कसाथ गफ पनि गरी ।” एकछिन मजासँग गम खादैँ उसले प्रसंगलाई पुन ः जोड्दै भन्यो –“तर पछि त मसित आफ्ना दुःखमात्र सुनाउन पो थाली । अनि मैले पनि त्यसको दुःखमा एकदम दुःखी भएको स्वाङ् पार्दै गफ गर्न बाँकी कहाँ राख्थे र ? मेरो पालो भनन् त के भयो र भनेर सोधेको त खाना पकाउने ग्याँस पनि सिद्धिएको छ भनेर दुःख बिसाईहाली गाँठे ! विचरा ! भन्ने लागेर मैले आफूले नै काम चलाउँदै आएको मेरो स्टोभ दिएँ । मोरीले फेरि मट्टितेल किन्ने दाम पनि छैन्, घर पनि जान पा’छैन् पो भनी !” “अनि अनि...के गरिस् त ?” उत्सुकतावश मैले सोधेँ । “के गर्नु नि १६० रुपैयाँ पनि झिकेर दिएँ – मट्टितेल किन्नु भनेर ।” “अनि समाति त ल्यल्ले ?” “किन नसमात्नु नि ? स्टोभ र पैसा समाती अनि भरे बेलुका भेटौला भनेर जान खोज्छे क्यारे । मैले त्यसै त्यल्लाई जान दिने त कुरै भएन् । राख्नलाई कत्रो कोशिस गरेँ तर सारै आपद छ भनेर जान खोजी मैले पनि बस्नलाई विवश पार्न चाहिन् ।” उसले भन्यो । “तँ मोरो पनि खत्तम रै’चस यार । हातमा आ’को माछोलाई त्यसै छोड्ने !” उसलाई भनेँ । “केको खत्तम ? फेरि बेलुकी त आई नि.......।” उसले भन्यो –“मनमनै मुख मिठाउँदै बस्या’थे । नाइट डे«स मै आ’थी नि मोरी ! कुराकानी पनि गरी । अब मेरो भाग्यै त्यस्तै, तात्ततातै खाना खोज्ने ! यसो चल्न के ला’थे, ट्वाईलेट जान्छु ल भनेर बाहिर निस्केर मोरीले त ‘तँपाई त कस्तो मान्छे हुनुहँुदो रैछ, म त जान्छु, बाई ल!’ भनेर पो हिडीँ ।” मेरो मित्रले खिस्रिक्क पर्दै भन्यो । तथापी ऊ सकारात्मक सोच राख्ने मान्छे, वियरको एक चुस्की लिनु भन्दा अगाडि उसले भन्न बिर्सेन् –“तर हेर, एक हप्तामा त्यो अपूरो काम म गरेरै छोड्छु !” “ल ल..!” भन्नु बाहेक उसलाई भन्नलाई मैले केही पाइँन् ।

Popular Posts