राजदुत सुद र उनलार्इ हानिएको जुत्ता

विश्वमा रहेका प्रायः ठूला र धनी भनिने देशले आफ्ना साना र गरिप छिमेकी राष्ट्रलार्इ सधैं पेलानमा पार्ने र माथि उकासिन नदिने प्रचलन हाम्रा लागि नौलो विषय होइन । आफूले विकाशमा आँकाशिदो गति पकड्न थालेपछि त झन त्यो पेलानको चापमा अझ बढी बृद्भि हुन पुग्छ भन्ने तथ्य हामी नेपालीहरूका लागि अज्ञात विषय हुनै सक्दैन । यो तथ्य हाम्रा अगाडि त्यतिखेरदेखि पुष्टी हुँदै आयो जब भारतले बेलायती उपनिवेशबाट उन्मुक्त हाँसो हाँस्न शुरू गर्यो । कहिल्यै पनि कुनै पनि शक्ति राष्ट्रको हातमा नपरेको वीर गोर्खालीहरूको यो पावन भूमीमा पछिल्लो समयमा यहाँको राज्य व्यवस्था र विकाशका कार्यक्रममा भारतीय शासकहरूको बढ्दो हस्तक्षेप सोचनीय विषय बनेको छ ।

जब जब मानिसले आफूलार्इ दमित हुँदै गएको महशुस गर्दछ, तबतब उ त्यसको प्रतिकारमा उत्रिन पुग्दछ । पछिल्लो समय नेपालका लागि भारतीय राजदुत राकेश सुदमाथि नेपाली जनताहरूले देखाएको प्रतिकारको उदाहरण त्यसैको प्रतिबिम्ब हो । नेपालमा राजदुत भएर आइसकेपछि सुद सधैं विवादमा आइनै रहेका छन् । यहाँ सम्मकी उनले राजनैतिक निर्णयहरूमा समेत हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । आफ्नो कुटनैतिक मर्यादालार्इ चटक्कै बिर्सेर राजदुतको हैसियतमा रहेका उनले यसो गर्नु शोभनीय पटक्कै होइन । तथापि उनले आफू लैनचौर दरबारमा बस्ने महाराजा ठान्ने भूल गरिरहेका छन् । फलतः उनीमाथि सोलुखुम्बुमा आक्रोशको सानो झिल्का बर्सन पुग्यो । हुन त उनी माथि पोखिएको जन आक्रोशलार्इ राजनैतिक रंग दिइयो, तथापि त्यो आक्रोश कुनै राजनैतिक दलको कार्यकर्ताहरूको मात्र थियो भनेर उनले बुझे भने भोली उनलार्इ झन अझ अरू समस्या पर्न सक्ने सम्भावनालार्इ नकार्न सकिदैन ।

कान्तिपुर पब्लिकेशनको न्यूजप्रिन्ट भारतमा रोकिदा सञ्चार माध्यमले आपत्ति जनाउँदा दुतावासले धम्कीपूर्ण भाषामा बक्तव्यबाजी गरेको घटना सेलाउन नपाउँदै भारतिय कम्पनीहरूबाट उत्पादित खाध्यपदार्थहरूमा केहि अखाध्य बस्तुहरूको मिसावट भएको पाइएपछि नेपाली मिडियामा भएको बहसलार्इ गलत अर्थ लगार्इ भारतीय लगानीका कम्पनीले विज्ञापन नदिएकाले नेपाली सञ्चार माध्यमहरूले त्यसको गलत प्रचार गरेको बताउन समेत राजदुतावास पछि परेन । त्यति मात्र हैन, भारतीय दुतावासबाट एकजना सभासदलार्इ भारतीय हस्तक्षेपका विरूद्ध बोल्दा ज्यान मार्ने धम्कि समेत आएको कुरो चर्चामा आयो । यी त साना उदाहरणहरू मात्र हुन । मेशिन रिडेबल पासपोर्ट भारतीय कम्पनीलार्इ दिनका लागि राजदुत सुदले दिएको दबाब र प्रलोभनलार्इ कुनै पनि देशभक्त नेपालीले सायदै बिर्सनेछ । आफ्नो हैसियत बिर्सिएर उनले बारम्बार दोहोर्याइरहेको गल्तीलार्इ समेत बेवास्ता गर्ने हाम्रा सत्तालोलुप नेताहरूका कारण पनि यो अवस्था आएको हो । तथापि राजदुत सुदले कुटनीतिक मर्यादालार्इ ख्याल गरेर अगाडि बढेको भए यसरि अपमानित हुनु पर्ने थिएन होला ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित साक्षत्कारमा उनले नेपाली जनताको जीवनस्तर भारतिय सहयोग रहँदै आएको भनेछन् । साथै नेपालका गरिव जनतालाई नून र पानी दिनु भारतीय हस्तक्षेप नभएको समेत बताएछन् । सोलुखुम्बुको खुम्जुङमा भारतीय सहयोगमा बन्न लागेको खानेपानी आयोजनाको शिलान्यास गर्ने क्रममा बुधबार त्यहाँ पुगेका राजदुत सुदले नेपाली राजनीतिलाई कता डोहोर्याउने भन्ने कुरा नेपालीहरुकै हातमा रहेको प्रतिक्रिया समेत दिन भ्याएछन् । तर मलार्इ लागेको चाँहि, के उनले भारतमा एक टुक्रा रोटी खान नपाएर भोकै मर्न बाध्य करोडौ भारतीयका बारेमा कहिल्यै सोच्न भ्याएका होलान ? बरू आफ्ना शासकहरूलार्इ नेपाल र नेपाली जनताका बारेमा गम्भीर हुनुभन्दा आफ्नै भारत र भारतीय जनताहरूका विषयमा गम्भीरतापूर्वक लाग्न प्रेरित गरे बेश हुन्थ्यो होला नी ।

2 comments