आमा

आमा,
उहिले उहिले
महिन्द्र मल्लले
सबैका घरबाट धुँवा नउडुन्जेल
उनका प्रजाले भोकै नबसेको
निश्चित गरेर मात्र
मुखमा गाँस पुर्याए झैं,
मैले त्यो गर्न सक्दिन
र, गरेर पनि केहि लछारदिन – थाहा छ ।

तर, आमा
देशभित्र वा बाहिर
जहाँ भएपनि,
एक नेपाली
दुःखमा बाँचेको छ भने,
परिबन्धको कठघरामा परेको छ भने,
वा, व्यथाले किचिएको छ भने,
उसलार्इ त्यसबाट मुक्त पार्न सक्ने प्रेरणा देउ,
वा कम्तीमा तिनका दुःख बाड्ने
एउटा एक असल सारथी बनार्इदेउ !
मेरो अनुरोध छ, तिमीलार्इ
मेरी आमा,
उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ
यी शासकहरूलार्इ जस्तो मलार्इ
जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने
बिन्ती कहिल्यै नबनाइदेउ !

आमा,
मलार्इ हुनु छैन् –
कुबेर,
मलार्इ थुप्राउनु छैन् –
ऐश्वर्य
त्यसैले चाँहिदैन तिम्रो आशिरबाद,
कि म महा धनाढ्य बनुँ !
म बाट त्यो हुन सक्दैन,
त्यो पाएर पनि मलार्इ निरर्थक छ – मलार्इ थाहा छ ।
तर आमा
मिल्छ भने यदि
यस्तो एउटा मलार्इ प्रेरणा देउ -
हरेक बर्खाका साँझहरूमा
ढिढोँसँग खाने एउटा ढिको नुन नपाउने
मेरा गरिप नेपालीका झुपडीहरूका लागि
प्रशस्त नुन बोकेर
नागबेली उकालो चढ्न सकुँ,
हरेक गर्मीका रातहरूमा
मलेरियाले थलिने
मेरा तन्नम मधेसी झुप्राहरूमा
बहुत खुब झुल बोकेर
चुरे महाभारत झर्न सकुँ !

मेरो अनुरोध छ, तिमीलार्इ
मेरी आमा,
उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ
यी शासकहरूलार्इ जस्तो मलार्इ
जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने
बिन्ती कहिल्यै नबनाइदेउ !
Post a Comment