Skip to main content

एउटा त्यस्तो मित्र, जो बसिरहेछ दीलभित्र

२०१२ को सेप्टेम्बरको दोश्रो सप्ताह हुनुपर्छ त्यो - म हेलसिन्कीबाट ४० कि.मी उत्तर पश्चिम अवस्थित यारभेनपा बस्थेँ । नेपालबाट अध्ययनका लागि फिनल्यान्ड आएको त्यस्तै दुर्इ हप्ता चल्दै थियो । मेरो बसोबासको ब्यवस्था सबैजना नेपालीहरूसँगै एउटै अपार्टमेन्टमा थियो । अपार्टमेन्टका तीन कोठामा दुर्इदुर्इ जनाका दरले बस्ने ब्यवस्था थियो । मसँग त पहिले नै कोठेसाथीको व्यवस्था थियो, हाम्रो कोठासँगै टाँसिएको अर्को कोठामा एकजना आर्इपुगेको थिएन । र, त्यो युवा सेप्टेम्बरको दोश्रो सप्ताहको एक दिन उसको एकजना फिनिस साथीको कारमा आफ्ना झिँटिगुम्टा लिएर टुप्लुकियो - यारभेनपामा ! लामो लामो कपाल, तिन्याउरो शरीर बोकेर फुकीढल प्राणी त भन्न नमिल्ने खाले तर करिब उस्तैउस्तै स्वरूपको प्राणी लाग्यो ऊ, मलार्इ ! नमस्कारको आदानप्रदान बाहेक केहि पनि भएन । उसले धेरै केहि पनि सोधेन । अलिअलि मैले र अरूहरूले सोध्यौ‌ । विगत चारवर्षदेखि फिनल्याण्डमा बस्दै आएको उसले हामीहरूलार्इ घुलमिलको लागि सुबिस्ताको वातावरण बनाउँछ कि भन्ने लागेको थियो, तर शुरूकै दिनमा उसको खुलेर नबोल्ने बानीले मलार्इ निराश बनायो । मैले हतप्रद उसको चारित्रिक चित्रण गरिहालेँ - केटो टिमुरकेको रहिछ !
भोलीपल्ट ऊ अलिकति खुल्यो । पर्सिपल्ट हिजोपल्टको भन्दा अलि बढि खुल्यो । हामी सँगसँगै बजारपनि गयौं । सामान किन्न जाँदा र फर्केर आउँदा बाटोमा निकै कुराकानी भए । निश्चिततः उसको पहिलो छाप ममा राम्रो परेको थिएन, तर नजिक हुँदै गएपछि ऊ अलि खास्साको मान्छे लाग्न थाल्यो । कुरै कुरामा उसले एकदिन भनेको पनि छ - कुनै पनि ब्यक्ति, विषय र घटनाप्रति एकै निमेषको हेरार्इ वा बुझार्इले त्यो ब्यक्ति, विषय र घटनाप्रतिको आफ्नो अन्तिम धारणा बनार्इहाल्नु राम्रो होर्इन । र, उसले यो पनि भन्यो - तपाइँले ब्यक्ति, बिषय र घटनाप्रति आद्योपान्त नबुझी धारणा बनार्इ हालेको पाएको छु ! अलिकति समय लाग्यो परन्तु मैले इमान्दारितापूर्वक स्वीकार गरेँ उसको औंल्याएको मेरो कमजोरीलार्इ ।
बिस्तारै हामी नजिकियौं । हामी दुर्इ अनि अर्को एकजना भार्इ - तीनजनाको खास्साको मित्रता जम्यो । तुर्कुमा बिआर्इटी सिध्याएर (सोधपत्र बाँकी) सामाजिक सेवा अध्ययनका लागि हामीसँग जोडिन आएको ऊ एउटा अध्ययनशिल युवा पनि हो । आफ्ना पाठ्यक्रमका पुस्तकहरू बाहेक अन्य क्षेत्रका पुस्तकहरू अध्ययन गर्नमा उसको गहिरो अभिरूची छ । जसले मलार्इ अझ अरू ऊ प्रति आकर्षित गरायो । योगा, धर्म, संस्कृति र साहित्यका सयौं पुस्तकहरू पढेको छ उसले । उमेरले २७ चल्दै गरेको उसले आयान हिर्सी अलिको इन्फिडेल (Infidel) देखि पाउलो कोहेलोको आल्किमिस्ट सम्म अध्ययन गरेको छ । अमूर्त सेन, एन्टोन चेकभ, म्याक्सिम गोर्की, ओशो रजनिश, चेतन भगतहरू पनि पढेको छ उसले । आफ्नो किन्डल (पुस्तक, पत्रिकाहरूको डिजिटल फर्म्याट पढ्न मिल्ने साधन) मा दशौं पुस्तकहरू पढ्ने सूचीमा राखेको छ उसले । पढ्दै पनि छ ! अध्ययन गर्ने बानीले उसमा आत्मविश्वासको विकास गरेको छ । अलिअलि अध्ययन गर्ने बानी भएको मैले पनि उसकै अनुग्रहमा केहि पुस्तकहरू पढ्ने औसर प्राप्त गरेको छु ।  उसको संगतबाट मलार्इ प्रेरणा मिलेको छ - तिमीले गर्न चाहेको हर कार्य सम्भव छ !  
सबैभन्दा प्रेरक गुण यो छ कि ऊ आफ्नो विश्वासमा टसमस नभै अडिग रहन सक्छ । मलार्इ सम्झना छ, २०१३ को जूनमा जब हामी यारभेनपाबाट हेलसिन्की सर्यौ‌, त्यतिखेर मेरो यात्रापर्चा (Travel Card) बनिसकेको थिएन, उसँग थियो । बेलुकी काममा जानुपुर्व मैले उसलार्इ उसको यात्रापर्चा मागेँ, उसले दिन इन्कार गर्यो । भन्यो - मेरो ट्राभल कार्डमा हजुरले यात्रा गर्नु गैर्हकानुनी हो । मैले झगडै गरेर बलजफ्ति उसको यात्रा पर्चा लिएरै छाडेँ । पछि मैले महशुस गरेँ - मैले गलत गरेँ । उसको यात्रापर्चा मैले फिर्ता गरिदिएँ । र, मैले  उक्त पर्चा नबनार्इन्जेल बकार्इदा टिकट किनेर यात्रा गरेँ । उसमा रहेको इमान्दारिताको भूतमा म मा यतिसम्म सवार भएको छ कि आजै बिहानमात्र - रेलमा भान्तानकोस्कीबाट माल्मीनकार्तानो फर्कदै गर्दा टिकट जाँचकीहरू देखेँ, मेरो यात्रापर्चाको समयावधि हिजै (१७ जनवरी, २०१४) समाप्त भैसकेको थियो, कार्डमा दुर्इ यूरो मात्र रहेछ रकम । दुर्इवटा क्षेत्रमा यात्रा गर्न नमिल्ने भएपछि मैले म्युरमाकी सम्ममात्र यात्रा गरेँ र त्यहाँबाट हिडेर आफू बस्ने ठाउँसम्म आएँ ! धन्य छ मेरो साथी, जसले मलार्इ एक जिम्मेवार युवा हुन प्रेरित गरिरहेको छ । प्रिय मित्र लक्ष्मी, उमेरले तिमी मभन्दा कनिष्ठ नै हौ तर विचारले मभन्दा निकै पाको उमेरको हौ‌ तिमी, त्यसकारण मेरो निवेदन छ - तिम्रो प्रेम, प्रेरणा र अनुकम्पा सधैं रहिरहोस् । तिम्रो जय होस्, मेरो जय होस् । तिमीले भन्ने गरेँ झैं भ्रमपूर्ण जीवन बाँचिरहेका सकल प्राणीहरूको जय होस् !
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…