के चरीलाई बाँच्न पाउने अधिकार थिएन् ?

“We're all human, aren't we? Every human life is worth the same, and worth saving.” 
― J.K. Rowling

चर्चित लेखिका जेके रोवलिङको भनाई हो यो ।

उसो त मलाई सोधिने - बलत्कारीलाई के सजाय दिनुपर्छ ? , तिम्रो आफन्त (कुनै पारिवारीक स्त्री सदस्य) लाई बलात्कार गर्नेलाई कस्तो सजाय होस् भन्ने चाहन्छौ‌ ? भन्नेमा मेरो फरक उत्तर हुन सक्ला ! अझ, तिमी नै बलात्कारी प्रमाणित भयौ भने तिमीलाई के सजाय हुनुपर्ला ? भन्ने प्रश्नमा त झन मेरो जवाफ अझ भिन्दै होला । सायद, यहाँहरूबाट पनि यी तिन भिन्न फरक अवस्थाहरूमा गरिने प्रश्नहरूको उत्तरहरू फरक नै मिल्ने छ भन्नेमा मेरो  निसंकोच दावी रहनेछ !

मेरो एक मित्रले हालैको एक दिन बताएका थिए - कि एक सामाजिक सर्वेक्षणमा अपराधीलाई दिईने सजायका बारेमा सर्वसाधारणहरूलाई राखिएका जिज्ञासाहरूमा अधिकतम जवाफहरू अत्यन्तै क्रुरर र अमानवीय थिए । उनले मलाई थप बताएका थिए -  त्यस सर्वेक्षणलाई मान्ने हो भने अब मानवीय मूल्य (Human Life Value) मा चिन्ताजनक ह्रास आएको छ ।

त्यस्तै, दुई दिन अगाडि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका धादिङका ३० वर्षे युवा दिनेश अधिकारी (चरी) का (हत्या) का विषयमा लिएर पनि सामाजिक सञ्जालका भित्ताहरू खुब रंगिएका छन् । विशेषतः धेरै ब्यक्तिहरूमा उनी मारिनुलाई प्रहरीको भब्य सफलताको रूपमा इंगित गरिरहेका छन् । अनि ती मध्ये धेरैले प्रहरीको यो इन्काउन्टरलाई एकदमै बैधानिक र आवश्यक भएको समेत औल्याएका छन् । ब्यक्तिगत रूपमा उनको हत्या वा इन्काउन्टर जे होस् त्यसले मलाई दुःखित पनि बनाएको छैन र उत्साहित पनि बनाएन । तर, यो गम्भीर विषयलाई पनि सामाजिक सञ्जालमा अत्यन्तै हल्का रूपमा टिकाटिप्पणी गरिनुमा मलाई उति प्रितीकर लागेन् । मलाई के लाग्दछ भने - घटनाको वास्तविकता सार्वजनिक नभैन्जेल यसमा ब्यक्तिगत धारणा बनाईहाल्नु उचीत होईन । अझ त्यो मान्छे जो सुकै होस् एक ब्यक्तिको मृत्युमा उत्सव मनाउनुले समग्र मानव सभ्यतामाथि नै खिसी गरेको झैं मलाई भान भैरहेछ ।

यो घटनाको बिषयमा पहिलो महत्वपूर्ण कुरो यो प्रहरीको दावी अनुसारकै इन्काउन्टर हो या होईन भन्ने हो । अर्को महत्वपूर्ण कुरो कानुनतः नेपाल प्रहरीलाई कुनै पनि ब्यक्तिको इन्काउन्टर गरि हत्या गर्नु अधिकार नै नभएको अवस्थामा यो कसरी न्यायिक हत्या भो ? भन्ने हो । तेस्रो महत्वपूर्ण कुरो त, धेरै गम्भीर विषयहरूमा सदनमा छलफल र सरकारको जवाफ नमाग्ने हाम्रा नेताहरूले दिनेश अधिकारी आफ्नो दलको कार्यकर्ता भएकै कारण उसको हत्याको विषयलाई लिएर सरकारको जवाफ माग्नुलाई लिन सकिन्छ । र, सबभन्दा महत्वपूर्ण विषय तपाइँ हामीजस्ता आम मानिसहरुमा विकास हुँदै गएको नकारात्मक मनोवृतिको हो । के कुनै पनि खराव आचरण भएको ब्यक्तिलाई सुध्रिन पाउने वा बाँच्न पाउन अधिकार छैन ? के दिनेश अधिकारी चरीको इन्काउन्टरले अब नेपालमा भैरहेको गुन्डाको चुनौतीहरुलाई समाप्त गरेकै हो ? हामीले बिर्सन नहुने कुरो के हो भने दिनेश अधिकारी चरी होस् या गणेश लामा, दिपक मनाङे होस वा चक्रे मिलन, साजन महर्जन होस् या कुमार घैटेँ वा त्यो रमेश बाहुन किन नहोस् उनीहरूको आपराधिक क्रियाकलाप उनीहरूको एक्लो प्रयासबाट सम्भव छैन । चर्चीत प्रहरी अधिकृत रमेश खरेलले बताउँदै आएका छन् - गुन्डा, प्रहरी र राजनैतिक दलका नेताहरूबीचको सञ्जाललाई ध्वस्त नपार्ने हो भने गुन्डाराज यथावत रहन्छ । र, यो शतप्रतिसत सत्य पनि हो ।

उसो त गुन्डालाई डन बनाउन तपाइँ हाम्रो पनि उत्तिकै हात छ । कुनै पनि ब्यक्तिले गर्ने आपराधिक कृयाकलाप रोक्नका लागि उसलाई सचेत गराउनुको साटो उसको भय वा प्रलोभनमा परेर हामी त्यसलाई चुपचाप सहन्छौ‌ । अनि त उसको मनोबल बढ्दै जान्छ । ऊ दिनेश अधिकारीबाट चरी बन्दछ । र, कुनै कारणवशः चरीको इन्काउन्टर गराईन्छ । हामी त्यसमा रमाउछौ‌ । तर नबिर्सौ - इन्काउन्टरै गर्ने हो भने चरीभन्दा खतरनाक गिद्दहरू छन् हाम्रो समाजमा । तर मेरो मान्यता हो - एउटा जीवन समाप्त पारेर समस्याको समाधान हुँदैन ।

देशमा विद्यमान भष्ट्रचार, कुरीति, असमानता र दमनको अन्त्यका लागि एक जमानामा हाम्रै छिमेकका दाजुभाईहरू बन्दुक बोकेर जंगल पसेका हुन् । उनीहरूका विश्लेषणमा खराब भनिएकाहरू मारिएका पनि हुन् । मारिनु पनि एकजना होईन् दुई जना हैन् करिब बिस हजार मान्छेहरू वेदी चढाईए । तर के समाजबाट कुरितीहरू हराएर गए ? भष्ट्रचार शुन्य भो ? भनिन्छ, युद्दपश्चातः नेपाली समाज झनझन बिग्रदो र खस्कदो अवस्थामा गयो ।

केहि दिन पहिले त हो, साउदी अरबमा दुईवर्षे बालकको हत्या अभियोगमा घाँटी छिनाएर मृत्यु दण्ड दिइएकी एक नेपाली युवतीको खबर पढेको हाम्ले । अभियोगकै कुरा गर्दा उनी हत्यारा थिइँन । र, हत्याको अभियोग लागेको देशमा हत्याको सजाय मृत्युदण्ड थियो । तर, सामाजिक सञ्जालमा हामीहरू नै बडो भावुक भएर उनलाई दिइएको मृत्युदण्डको सजायको घोरभत्सर्ना गरेका थियौ‌ । अनि फेरि एक मोटरसाईकलमा भाग्दै गरेको भनिएको ब्यक्तिलाई पछाडीबाट आठ गोली छातिमा, पेटमा र कोखमा दागिदा हामी खुशीले उन्मत्त छौ‌ ?  के मृत्यु ब्यक्तिपिच्छे फरक हुने हो ? के मानिसको जीवनको मूल्य मानिसहरू पिच्छे फरक नै हुने हो ? चर्चीत सिलियर किलर चार्ल्स शोभराजलाई पक्रेर जेलमा हान्ने नेपाल प्रहरीले एउटा जाबो सुकुल गुन्डालाई पक्रेर जेलमा हाल्न सक्ने थिएन ? के यसरी भिमढुंगा काण्डै मच्चाउन पर्ने थियो ? प्रश्न गम्भीर छ !

चरी हत्याकाण्डका बिषयमा मेरा मित्रहरूको आ-आफ्ना विचारहरू --









Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)