अस्ति नै, उनीहरूले मलाई प्रेमको बारेमा धेरै सिकाउन खोजेका थिए । र पनि मैले बुझ्न सकिन कि, प्रेमको बारेमा । म सधैं, प्रेमलाई तौलिन खोज्थेँ व्यर्थका चिजहरूसँग गुन्द्रुकसँग, खोलेसँग । र, असारे झरीसँग । तर, आज आएर मलाई थाहा लाग्यो– प्रेम सागर रहेछ, सम्राटलाई तयार पारिएको चौरासी व्यञ्जन रहेछ । र, रहेछ माघमासको एउटा अति शान्त बर्षा जसले बेशीमा शीतलता अनि लेकमा, एक अञ्जुली हिमपुरी ल्याएर आउँछ । ०६१ माघ
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।