Skip to main content

Posts

अल्छी म

तीन हप्ता बितिसकेछ, ब्लगमा केहि पनि नलेखेको !  लेख्ने थुप्रै सन्दर्भहरू थिए र छन पनि किन्तु लेख्नलार्इ मन नै लागेन । मे को अन्तिम हप्ताबाट मैले आफ्नो दुर्इ सेमेस्टर (सत्र) अध्ययन पनि सक्काएँ । र, अचेल स्कुल छ्रट्टी भएको छ । तीन महिना जति विदा । तीन महिना िछुट्टीको समयमा बल गरेर काम गर्नु छ । यतिखेर, यता आउँदाको लागत उठाउने एउटै मात्र उद्देश्य छ । त्यसकारण हिजाँल मेरो दिमागमा लेख, रचनाभन्दा पनि पानी जहाजका क्याविन, विस्ताराहरू, शौचालय र स्नानगृहका तस्वीरहरू छ्यालछ्याल्ती खेलिरहेका हुन्छन् । फेरि यसै हप्ता, गत सेप्टेम्बरदेखि बस्दै आएको यारभेनपाबाट हेलसिन्की सर्ने मेसो परेकाले पनि लेख्ने काममा खास फुर्सद नमिलेकै हो । अतएवः यो तीनहप्ताका दौरान मैले नजिकबाट चियाएका केहि दृश्यहरू यहाँहरूका लागि सम्प्रेषण गर्दैछु ।  शुरूको तस्वीर अस्ती यारभेनपाबाट फर्कने बेलामा खिचेको हुँ । क्यूरोला रेल्वे स्टेशनको दायाँपट्टी रहेको फिल्डमा भर्खर गहुँको मुना टुँसाएका रहेछन् । यसो हेरेको आधा दर्जनजति बुख्याँचाहरू देखेँ । गाउँघरतिर त देखेकै हो, तर यता मैले यस्तो देखेको थिइँन । धेरै दिनसम्म दे...

सुरभित तिमी

म अकिञ्चन* म नादान* असमर्थ छु म सुन्दरताको तिम्रो गर्नलाई बख्यान । ख्वै ढाँटेर वा साँच्चिकै पौडिदै नयनहरुमा आफ्ना प्रियतमाका भन्छन् प्रेमीहरु, अहाँ ! कति सुन्दर ? नयन प्रियसीका मेरा ! अरुलाई जस्तो लागोस् परन्तु, तर मलाई लाग्छ तिम्रा दुई चक्षुहरु ती हुन मरभुमीका एक जोर रोहोटाहरु* जो छन उस्तै सुप्रदिप्त जसमा पाउँदछु म प्रेमका अगाध – छालहरू ! हुन्छन् कहाँ सुन्दर ती कस्मेटिक नागरीहरू* जो दुर्गन्ध छरिहरहेछन् हर साँझ – सुन्दरताको ! सुँघ्छु जब म सुरभित* तिमीलाई लाग्छ फिक्का ती मलाई प्रशोधित वासनाहरु कस्मेटिक नागरीहरु ! तिमी शैवाल* झैं सदावहार छ्यौ तिमी सतिसाल झैं अटल छ्यौ हो, तिमी अतुलनीय छ्यौ । तिम्रो सूक्ति* तिम्रो सुषमा* पाइँदैनन् ती खोजेरपनि रत्ति, कस्मेटिक नागरीहरुमा किनभने तिमी झैं छैनन तिनीहरू साँच्चि थाहा छ ? तिमी प्राकृतिक हौ, उनीहरु निर्मित हुन । कृत्रिम झलमलीमा अलमल्ल म, म अकिञ्चन, म नादान त्यसैले छु असमर्थ सुन्दरताको तिम्रो गर्नलाई बख्यान । *शब्दार्थः सुरभित – सुगन्धित, सुवासित रोहोटो – पानी जमेको सानो खाल्टो सुषमा – परमशोभा सूक्त...

आमा महान छिन् उनलाई नबिर्स !

आमासँग । तस्बीरः स्वयं ”बाबु, मैले भाततरकारी पकाएर राख्देकी छु, आफू पनि खानु अनि भाईलाई पनि ख्वाउनु । खानेबेलामा कल नगरी खानु नी फेरि । त्यहाँ कल गरेको थाहा पाएँ भने बेलुका तिमेरुलाई मैले जान्या छु !” हामीलाई बिहानको चिया ख्वाईसकेपछि, पिढीमा बसेर गुहकार्य गरिरहेका हामीहरुलाई डोको बोकेर घाँस काट्न जान ठिक्क हुनुभएकी हाम्री आमाले प्रत्येक भोर मलाई यसैगरी सम्झाउनु हुन्थ्यो । त्यसपछि आमा घाँस काट्न लाग्नुहुन्थ्यो । भाई पुलुक्क मतिर हेर्थ्यो । म आँखा तरेजस्तो गर्थे ।   आमा घाँस काट्न गैसकेपछि हामी चाँहि भान्छातिर दगुरी हाल्थ्यौं । आमाले भनेजस्तो कहिल्यै पनि झगडा नगरी खाना खाने काम गरेनौं हामी दुईभाईले । जहिले झगडा हुन्थ्यो, कसले पहिले पस्कने भन्ने विषयमा, कसले पस्कदा धेरै भात भुँइमा छर्यो र त्यो छरिएको भात कसले टिप्ने भन्ने कुरामा, अनि कुँडेबाट दुध हाल्दा कसले एक डाडु दुध धेरै हाल्यो र किन बराबर गरेन भन्ने विषयमा । दाई भएकाले अलि दादागिरी मेरै हुन्थ्यो, भाईपनि जण्डै हो मान्छे ऊ पनि लड्न कस्सिन्थ्यो । अन्तिममा रुने उही हुन्थ्यो । फकाउने म हुन्थेँ । “पैसा भएको बेलामा पाँच रुपैया दिन्छु...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

फिनल्याण्ड आउँदै हुनुहुन्छ ?

somewhere around Uusima. Photo Nirajan Thapa अध्ययनका लागि विदेशमा आउनुपूर्व धेरै कुराहरुमा ध्यान दिनुपर्छ । ध्यान पनि थाहा पाउनका लागि मात्र हैन, थाहा पाएर त्यसै वातावरण अनुरुप आफूलाई समायोजन गर्न सक्नु महत्वपूर्ण कुरो हो । हुन त मैले लेखिरहेको कुरा त्यो मेरो नितान्त ब्यक्तिगत अनुभूति मात्र पनि हुन सक्ला तथापी यहाँ मैले प्रस्तुत गर्ने सन्दर्भहरु फिनल्याण्डलाई आफ्नो उच्च अध्ययनको गन्तब्य बनाउनु भएकाहरुलाई चाँहि फलदायी नै हुनेछ भन्ने मेरो अपेक्षा हो ।  फिनल्याण्ड होस या अन्य कुनै पनि वैदेशिक गन्तब्यमा ठूलो सपना विशेषगरी अर्थ आर्जनका दृष्टिले बोकेर आउनु कुनै पनि ब्यक्तिका लागि हितकर हुँदैन । अतएवः फिनल्याण्ड आउनुपूर्व विद्यार्थीका हैसियतमा यहाँ आउने कसैले पनि यस्तो सपना नसाँचेकै राम्रो हो भन्ने मेरो अनुभवले सिकाउँछ । तथापि केहि ब्यक्तिहरुले विधार्थी कै हैसियतमा रहेरपनि राम्रो आर्जन गरिरहेको तथ्यलाई चाँहि नकार्न सकिदैन । भैगो यो प्रसंगलाई अहिले यहिनेर स्थगन गरौं, बरु, यहाँ आईसकेपछि थाहा पाउनै पर्ने महत्वपूर्ण विषयका बारेमा संक्षेपमा छलफल गरौं । बसाइँ बिद्यार्थीहरुका लागि आवासका दृष्...

मेरो साथीलाई पाखे भन्छ्स् ?

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने एक सहपाठीले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिएँ ।  यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, Buddha was born in Nepal को नारा लगाएर नेपाल चिनाउन यो सब गर्दैछु भन्दै थिए ।  त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने, विश्वविद्यालयबाट ४ हप्ते ‘प्रशिक्षण कक्षा’ ...

दिलमायाको दिलमा शिरीष फूलेको दिन

प्रिय सानुसँग ६ वर्ष पूरै बितेर आज सातौं वर्षमा प्रवेश गरेछ – दिलमायाको दिलमा शिरीष फूलेको ! पत्तो नै नपाइकन एकै झिमिकमा छ वर्षहरु पार भएको अनुभूति भएको छ मलाई आज, सायद सानु पनि उस्तै अनुभव गर्दैछिन होला । त्यो दिन परम्परा अनुसार सानुको सिउँदो रंगाउँदै गर्दा मलाई याद छ त्यो अत्यन्तै किफायती बिबाह थियो । योजनाले त खास त्यो किफायति बिबाह थिएन, तर परिस्थिती त्यस्तै बनेको थियो । ऋणधन गरेर तडकभडकको विवाह गर्ने प्रचलनको खिलाफ भएका कारणले पनि मेरो आफ्नो स्वंयको आर्जनले सम्पन्न गरेको बिहे थियो त्यो । सानुका लागि १६ हजार दाम मंगलसुत्र किन्नमा खर्च भएको थियो । मलाई थाहा छ त्यो अत्यन्तै कम मूल्यको थियो, मुश्किलले आधा तोलाको हुनुपर्छ त्यो । तथापी मेरो मेहनतको १६ हजार थियो त्यो जतिखेर म मासिक ८ हजार ३ सय आम्दानी गर्ने गर्दथेँ । अनि मलाई थाहा छ बिहेको भोजमा जम्मा १० के.जी. जति खसिको मासु ल्याइएको थियो – त्यस्तै ४ हजार चानचुन खर्च गरेर । तर साँझको कार्यक्रम चाँहि भब्य नै थियो । मेरी मृदुभाषी मातारीका थुप्रै साथीहरु जम्मा भएका थिए त्यो रात । र, रत्यौली पनि भएको थियो । रत्यौली सुन्दासुन्दै म भुसुक...