Skip to main content

थुक्क ! उपाधीकै बेइज्जत !


बाँया तस्वीरमा लहरै बसेकाहरूलार्इ चिन्नु भयो ? सायद चिन्नु भयो होला । नचिनेको भए पख्नुस्, बिस्तारै चिन्दै गर्नुहोला । तस्बिरको बाँया छेउका दुर्इ जनालार्इ तपाइँहामीले नचिन्ने कुरै भएन । यी त हाम्रा मन मस्तिष्कबाट कहिल्यै पनि बाहिर निकाल्न नसकिने दुर्इ आदरणीय नेताज्यूहरू हुनुहुन्छ । देशका विकासमा उहाँहरूको योगदानलार्इ हामीले यहाँ शब्दमा व्यक्त गर्न सक्तैनौ । अनि साँच्ची यता दायाँ छेउका अर्का दुर्इ बेबकुफहरूलार्इ पनि चिन्नुभयो । ल चिन्नुभएन ? यि त हाम्रा देशका मात्र हैन यो धर्तीकै बोझ हुन ।
मलार्इ यी चारजना नेपाली पुत्रहरूले हालै हासिल गरेको विधावारिधी उपाधीले निकै खुशि तुल्याएको थियो । तर जब मैले थाहा पाएँ त्यो उपाधी त यी दायाँ पट्टी बसेका बेबकुफहरूलार्इ पनि दिइएको रहेछ । मलार्इ भाउन्न छुटेको थियो के खास लायकको गरेका छन् र यी बेबकुफहरूले ? खाल्लि सूचना प्रदान भनेर ताँइनतुँइका श्रृङ्खला बनाउने बाहेक ? अनि गार्इजात्राका अवसर पारेर हाम्रा महान नेताहरूको हुर्मत लिने बाहेक ? बन्द हडताल गर्नुहुन्न । देश विकास गर्नुपर्छ । नेपालमै बसेर इलम गर्न पर्छ । समयै संविधान बन्नुपर्छ आदि र्इत्यादि भनेर हामी नेपालीको दिमाग भुट्ने यिनै दुर्इ हैनन । यिनले यी कसरी यो उपाधीको हकदार भए ? खासमा यस्तो विशिष्ट खालको उपाधी त हाम्रा के.पी ओली र विजय गच्छदार जस्तै नेताहरूले पाउनु पर्ने पो हो नी । ओली र गच्छदारलार्इ मात्र लायक देखेछन फेरि आयोजकले ? हाम्रा माधवकुमार नेपाल, देउवा, रामचन्द्र पौडेल, विध्यादेवी भण्डारी, पुष्पकमल दाहाल, उपेन्द्र यादव, हृदेयश त्रिपाठी, सुशिल कोइराला, प्रदिप नेपाल, कमल थापा, सूर्यबहादुर थापा, पशुपती शमशेर, नारायणकाजी श्रेष्ठ, सूजता कोइरालाहरू जस्ता होनहार नेताहरूलार्इ किन भूलेका नी बोलाउन ? जाबा मह जोडीलार्इ बोलाउनु भन्दा त हाम्रा अन्य देशभक्त नेताहरूलार्इ बोलाएको भए के बिग्रन्थ्यो र ?
उपाधी त ठ्याक्क सुहाउने मान्छेलार्इ त हो नी दिने । ल हेर्नुस फोटो आफै बोल्दछ नी, हाम्रा नेताहरूलार्इ त्यो सर्ट, पाइन्ट, कोट र टिसर्ट बाहिर लगाएको गाउन के सार्हो सुहाएको ? इ महलार्इ सुहाएको छ त ? ल हेर्नुस, फोटो मै देखिन्छ नि सबै कुरो । के.पीको मुहारमा हेर्नुस त चमक । आखिर उपाधीले सहि मान्छे भेटेर नै यस्तो भएको हो नी, हैन र ? तर हाम्रा सम्मानीय उपप्रधानमन्त्रीमा चाँहि चमक उत्ती देख्दिन । ए, थाहा पाएँ, थाहा पाएँ ‍- सायद उपप्रधानमन्त्री जस्तो मान्छे उहाँलार्इ भन्दा पहिले के.पी.को रोलक्रम पहिला परेछ होला उपाधी थाप्ने बेला । जे भएपनि मैले भन्न खोजेको उपाधीले हाम्रा दुर्इ महान नेताहरूको योगदानको कदर गरेको झै मलार्इ लागेको छ । तर र्इ दुर्इ निन्याउरो मुख पारेर दायाँ कुनातिर बसेका जोकरहरूलार्इ किन दे होलान उपाधी ? उपाधी पाउन त त्यहिँ अनुसारको “हाइट” हुनु पर्ने हैन र ?
“हामी जस्ता महान नेताहरूलार्इ सुहाउने उपाधी पनि यी दुर्इ पैसे जोक्करलार्इ सुहाउँछ र ?” सायद यहि सोचेर होला इ बाँया पट्टीका सम्मानीय नेताज्यूहरूले महजोडी तिर पिलीक्क पनि आँखा नलगाएको । ‍कत्ती न आफ्नै भाउ खोस्न आए जसरी टसमस नभै बसेका, हाम्रा नेताद्भय ओली र गच्छदार ।
तर जब मैले थाहा पाएँ यो उपाधी त नक्कली पो रहिछ । अब माथि लेखेको कुरोलार्इ ठीक उल्टो अर्थमा बुझ्नुस । के.पी र गच्छदारलार्इ नक्कली नै सहि उपाधी दिनु उल्टो उपाधीको बेइज्जती नै हो । तर नेपाली कला, भाषा र संस्कृतिमा अमूल्य योगदान दिनुहुने दुर्इ आदरणीय तथा महान कलाकारहरूको चाँहि बेइज्जत नै गर्यो उपाधी दिने मान्छेले । महजोडीले आफ्नो तीस बर्षभन्दा लामो नेपाली कला, भाषा र संस्कृतिमा गरेको योगदानको खिल्ली उडाएकै हो, त्यो दिपक पौडेलले । अनि मलार्इ यस्तो पनि लाग्यो, अरू भन्दा पनि के.पी ओली जस्तो मान्छेलार्इ ढाट्न/छल्न सक्ने मान्छे पनि रहिछन् यो देशमा । साँच्चै मलार्इ त यस्तो लाग्छ कि झलनाथले यहि गोपाललार्इ आफ्नो पद दिएर इलाम तिर चिया खेतीको व्यवसाय गर्न गए हुन्छ । कम्तीमा पनि के.पी. ओली जस्तो मान्छेलार्इ पनि मात ख्वाउने मान्छे फेला परेको त पर्यो, अझ त्यो पनि नेपाली । तपाइँलार्इ मेरो आइडिया चाँहि कस्तो लाग्यो ?


5 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…