एउटा क्यानेडियन फिल्मः इन्सेन्डिज्

ट्रोम्सो अन्तर्राष्ट्रिय फिल्म महोत्सबका अवसरमा मैले पाँच वटा फिल्मका लागि टिकट काटेको छु । र, आज मेरो पहिलो रोजार्इको क्यानेडेयिन फिल्म Incendies (फ्रेन्च भाषाबाट लिइएको शिर्षक जसको अर्थ हुन्छ ठूलो आगो वा प्रलय) हेर्न गएको थिएँ । यो फिल्मले मलार्इ धेरै ठाउँमा झस्काएको । मध्यपूर्वी एशियाको कुनै एक द्भन्दग्रस्त क्षेत्र (सम्भवत लेबनान) को पृष्ठभूमीबाट शुरू भएको फिल्म त्यसैको वरिपरि घुमेको छ । यसले युद्भग्रस्त क्षेत्रमा हुने भयाबह स्थितीलार्इ छर्लङ्ग पार्ने काम गरेको छ । मेरो बुझार्इमा यो फिल्मले दिन खोजेको मुख्य बिषयबस्तु भनेको युद्भग्रस्त क्षेत्रमा निर्दोषहरू कसरी पिडीत हुन्छन भन्ने नै हो ।
धार्मिक सहिष्णुतामा हुने स्खलनले कति भयावह स्थितीको सृजना गर्दछ त्यसले मान्छेहरूलार्इ कसरी अन्धकारतिर धकेल्दछ भन्ने विषयलार्इ समेत फिल्मले उठान गरेको छ ।

कथा यसरी शुरू हुन्छ-
फोटो गुगलबाट लिइएको हो ।
एउटा द्भन्दरत देशको एक र्इलाकामा रहेको सानो पहाडि गाउँमा रहने एक क्रिश्चियन युवती नवल मोर्वान आफ्नै गाउँमै रहेको शरणार्थी शिविरको मुश्लिम युवकसँग प्रेममा फसेपछि गर्भवती हुन्छे र उक्त युवासँग बिबाह गरेर भाग्न खोजिरहेका अवस्थामा उनका दाजुहरूले उक्त युवा हत्या गरिदिन्छन् । घरमा आर्इसकेपछि आफ्नी हजुरआमालार्इ आफू गर्भवती रहेको बताएपछि एकतमासको सन्नाटा छाउँछ । नवललार्इ दुत्कार्नु सम्म दुत्कारेपछि हजुरआमासँग आफ्नी नातिनीलार्इ सहयोग गर्नु बाहेक अर्को बिकल्प रहदैन । निकै दिनदेखि खाना समेत खाना इन्कार गर्ने आफ्नी नातिनीलार्इ हजुरआमाले सम्झार्इबुझार्इ गरि खाना खुवाउँछिन र आफूले भनेको मानेपछि सहयोग गर्ने पनि बताउँछिन । नवलले बच्चा जन्माएपछि बच्चाको दाहिने खुट्टाको पछाडिपट्टी कोपेर तीनवटा कालो धर्काको चिनो लगाएर हजुरआमाले उक्त बच्चा एकजना गाउँकी महिलालार्इ अनाथाश्रम छाड्न लगाउँछिन ।
यसरी फिल्मको कथा बढ्दै जान्छ । आफ्नो छोरालार्इ एकदिन भेट्टाउने प्रतिज्ञा गरि नवल शहरमा पढ्न जान्छे । त्यहाँ उसको राजनीतिक चेतना पस्छ । देशमा राजनीतिक तथा धार्मिक सहिष्णुता भड्काएर द्भन्द मच्चाउने एउटा सशस्त्र समूहको मुख्य नाइकेलार्इ गोली हानेर मारिदिन्छे र उसलार्इ जेल चलान गरिन्छ । जेलमा उसलार्इ असाध्यै यातना दिइन्छ । कपाल मुडिन्छ, पिटिन्छ यहाँसम्मकी एकजना यातना बिशेषज्ञ भनिएको ब्यक्तिबाट पटक पटक बलात्कारसम्म गराइन्छ । तथापि उसले उन्मुक्तिको गीत गाउन छाड्दिन । बलात्करका कारण गर्भवती भएकी उसले जेलमै जुम्ल्यहा छोराछोरी जन्माउछे । अन्ततः १५ बर्षपछि जेलमुक्त भैसकेपछि उ आफ्ना जुम्ल्यहा बच्चाबच्ची सहित शरणार्थीका रूपमा क्यानडा छिर्छे । र, एउटा वकिलकोमा सहयोगीका रूपमा काम थाल्दछे ।
एकदिन, आफ्नी छोरी जेनीसँग पौडीपोखरीमा गएकी बेला अकस्मात उसले एउटा लक्का जबान युवालार्इ देख्छे । उसको दाहिने खुट्टाको पछाडिपट्टी त्यही कालो तीनवटा थोप्लाहरू हुन्छ जुन उसकी हजुरआमाले धेरै वर्षपहिले उसको प्रेमको निशानी स्वरूप जन्माएको बच्चाकोमा खोपिदिएकी हुन्छिन । नवल त्यतिखेर होशहवास गुमाउन पुग्छे, जतिखेर उसले त्यो युवकको अनुहार देख्छे, जुन युवा उसलार्इ जेलमा पटकपटक बलात्कर गर्न भाडामा लगाइएको यातना विशेषज्ञ हुन्छ । उ बिलखबन्दमा पर्छे, थाहा पाएर – कि उसलार्इ उसकै छोराबाट बलात्कार गराइएको हुँदो रहिछ । त्यसपछि उ बिरामी हुन्छे । र, मर्छे ।
मर्नुभन्दा पहिले उसले आफ्नो सम्पत्ति हस्तान्तरण तथा आफ्नो मृत्युपछिका संस्कार गर्नका लागि केहि शर्तहरू राखेकी हुन्छे जुन उसले नै सहयोगी भएर काम गरेकी एक प्रख्यात वकिल जाँन लेवलसँग छाडेकी हुन्छे । ती खामबन्दी र्इच्छापत्रमा छोरी जेनीले आफ्नो हरार्इरहेको बाबा र छोरा सिमनले चाँहि आफ्नो हराइरहेको दाजुलार्इ खोज्नु पर्ने हुन्छ । साथै भेटेपछि उनीहरूका नाममा उसले लेखेका पत्रहरू दिनुपर्ने हुन्छ । कथाको मुख्य र विशेष अंश यहिबाट शुरू हुन्छ । आफ्ना बाबा र दाजुलार्इ खोज्न उनीहरू त्यो अन्जान देशका जुनजुन अपरिचित बस्तीहरूमा पुग्छन्, त्यहाँ त्यहाँ उनीहरूले आफ्नी मरेकी आमाका सम्बन्धमा उनीहरूले कहिल्यै थाहा नपाएको रहस्य भेट्दै जान्छन् । र, अन्त्यमा आफ्नै आमाकै कोखबाट जन्मेको छोराबाट बलात्कृत भर्इ आफूहरू जन्मेको रहस्य पनि पत्ता लगाउँछन् । साथै आफ्नो हरार्इरहेको बाबा तथा दाजु (अबु तरेक) समेत क्यानडामै रहेर काम गर्दै गरेको तथ्य पत्ता लगाएर उसलार्इ आफ्नी मरेकी आमाको र्इच्छा अनुसार दुर्इवटा पत्रहरू थमाउँछन् ।
अबु तरेकलार्इ दुर्इ फरक शिर्षकमा प्राप्त पत्रहरू (एउटा श्रीमानको नाममा र अर्को छोराको नाममा) पढे पछि ठूलो ग्लानी हुन्छ । यसमा न त उसको दोष नै थियो न त उसकी मरेकी आमा वा उसले बलात्कार गरेकी नारीको गल्ती । यो अनेपेक्षित रहस्योद्घाटनसँगै फिल्म सकिन्छ ।
फिल्म देखाइएका हिंसाका कहालीलाग्दा दृश्यहरूले सबैको मन छुन्छ । मन त धेरै ठाउँमा हिक्का छाडेर पनि रोएँ । आफूलार्इ सम्हाल्न सकिनँ, मैले । फिल्म हेर्ने दर्शक प्रत्येक उपकथासँगै जिज्ञासु बन्दै जान्छ । रहस्य के होला भनेर मनमा खुल्दुली भर्इ राख्छ । पात्रहरूको फ्रेन्च तथा अरेबिक संबादका बाबजुद पनि अंग्रेजी उपशिर्षकका कारण फिल्म बुझ्न गार्हो छैन । यो फिल्मले कताकता मलार्इ नेपालको भविष्य बोलिदिएको पो हो कि भन्ने पनि लाग्यो । भगवानसँग प्रार्थना छ, यस्तो कहिल्यै नहोस् नेपालमा ! फिल्मको ट्रेलर हेर्न यहाँ थिच्नुस्
मित्रहरू, भोली माघ ५ गते नेपालबाट ल्याइएको डकुमेन्ट्री Silencing the Guns प्रदर्शन हुँदै रैछ । सुन्दैछु, १० बर्षे भयानक युद्भको विषयलार्इ समेटेको छ रे । के कस्तो छ भोली लेख्ने नै छु ।
कृपया प्रतिक्रियाका रूपमा आफ्ना सल्लाह र सुझावहरू राखिदिनुहोला ।
Post a Comment

Popular Posts