“टुपी भन्दा माथि ठाउँ छैन् गुर्जा भन्दा माथि गाउँ छैन्” भन्ने एउटा कथन सुने पछि मैले जीवनमा एकपटक त्यो गाउँमा पुग्नै पर्ने अठोट लिएको थियो । तर त्य
स्तो औसर भने कहिल्यै जुरिरहेको थिएन । झण्डै शिक्षण पेशा परित्याग गरी एक गै¥ह सरकारी संस्थामा जागिर गर्न शुरु गरेको ७ महिना पश्चात ः आफूले हेर्ने कार्यक्रमको एउटा अति महत्वपूर्ण कामका लागि म एउटा टोली सहित त्यहाँ जानका लागि तयार बनेँ । बेनीबाट हिडेको १ दिनमा म एक्लै ताकममा पुगेँ । र, आफूसँग काम गर्ने साथीहरूसँगको एउटा स्टाफ मिटिङ सम्पन्न गरे पश्चात ः त्यसको भोलीपल्ट म र सुर्मन गर्वुजासहित दुईजनाको समूह लुलाङ् पुग्यौं । लुलाङमा जिल्ला विकास समितिका ओभरसियर अनन्य मित्र बालकृष्ण सुवेदीज्यूलाई पनि विशेष करकाप लगाएर त्यहाँ पुगेको भोलीपल्ट बिहानै ६ बजे अर्का एक जना अर्जून नामका शिक्षक साथी सहित जम्मा ४ जनाको समूह गूर्जाका लागि गयौ । ओहो ! त्यो कस्तो कठिन यात्रा ? लगातारको ६ घण्टाको यात्रा पश्चातः मात्र हामी गुर्जा गाउँमा पुग्यौं । त्यो कठिन यात्रा पश्चात ः हामी पुगेको त्यो मनमोहक ठाउँको दृश्यावोलकनले बिहानभरीको थकाई पलभरमैं निशेष भयो ।

Comments