किन यहाँ तिम्रो अत्यार कलकल लागेको छ
कहाँ भेटुँ म तिमीलाई पलपल लागेको छ
भोक छैन् किन मलाई निद्रा ला’को कहिले होइन्
तिम्रो प्यारको तिर्खा मात्र खलखल लागेको छ
पाउँला भनि तिम्रो प्रीति नशा सबै छाडीदिएँ
तस्बिर तिम्रो हेरिबस्ने तलतल लागेको छ
आत्माविश्वास मनैभरी एक्लै अघि बढ्ने थियो
तिमीविना जीवन अहिले ढलमल लागेको छ
+
एकान्तमा भेटको छुवाई त्यो प्रिती हुदैन्
सुनसानमा एक्लो रुवाई त्यो प्रिती हुदैन्
घृणा तिम्रो हरेक पलको स्वीकार गरेकै छु
भोकै पार्ने सुख्खा खुवाई त्यो प्रिती हुदैन्
एकै चिम्टी खुशी बाड्यौ सम्हालेकै छु
मुटु पोल्ने हलुवाई त्यो प्रिती हुदैन्
अर्थ कहिले बुझिदियौ चोखो पिरतीको
देखाउने आँशु चुवाई त्यो प्रिती हुँदैन्
+
लुकिछिपी डेरा सार्यौ थाहै नदिएर
अनायाश माया मार्यौ थाहै नदिएर
वाचा हाम्रो सँगै बाँच्ने सँगै मर्ने थियो
किन आज एक्लै पार्यौ थाहै नदिएर
मन तिम्रो पापी रैछ बुझ्न कहाँ सक्नु
भेट हुँदा कुरा टार्यौ थाहै नदिएर
भन्थ्यौ साथ दिन्छु म संसार जित्नु तिमी
उचाईमा लगी झार्यौ थाहै नदिएर
(शिरीषका गजलहरुबाट)
Comments