याहुबाट फेसबुकका साथीहरूसँग च्याट गर्नुस

ब्लगप्रेमी मित्रहरू, यदि यहाँहरू फेसबुक सिक हुनुभएको छ भने यहाँहरूलार्इ एउटा नयाँ अबसर जुटेको छ । अबदेखि यहाँले आफ्नो फेसबुक खातामा लग अन नगरीकन फेसबुकमा भएका साथीहरूसँग च्याट गर्ने सोच गर्नु भएको छ भने याहु म्यासेन्जर ११ ले यहाँलार्इ त्यो सुविधा पनि प्रदान गरेको छ । त्यसका लागि यहाँले याहु म्यासेन्जर ११ को बेटा भर्सन डाउनलोड गर्नु पर्नेहुन्छ । के छ त साथीहरू अब बिचार ? याहु म्यासेन्जरबाटै त्यो सेवा उपलब्ध भएपछि च्याटका लागि किन फेसबुक खोली राख्नु हैन त ?

के के फाइदा हुन सक्लान् ?

  • फेसबुक खाता (मुख्य खाता) मा लगअन नगरीकनै याहुबाट फेसबुकमा भएका साथीहरूसँग च्याट गर्न सकिने ।
  • च्याट गर्दा फेसबुकमा जस्तो झन्झट नहुने । 
  • इन्भिजिबल भएर लग अन गरेपछि आफूलार्इ मन परेको मान्छेसँग मात्र च्याट गर्न पाइने ।
  • सबभन्दा महत्वपूर्ण कुरो त फेसबुक प्रयोगको लतलार्इ कम गर्न सकिने ।
अनि भएन त मज्जा ? यहाँहरूलार्इ यो कुरो कस्तो लाग्यो कृपया तलको कमेन्ट बक्समा प्रतिक्रिया स्वरूप लेखिदिनुहोला ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)