म्याग्दी काली एफ.एम. ८८.२ मेघाहर्जबाट प्रत्येक बुधबार बिहान सबा आठबाट नौ बजे प्रत्यक्ष प्रसारण हुने बहसमुलक कार्यक्रम हटसिटका कार्यक्रम प्रस्तोता सुरज के.सी को निम्तालार्इ हत्पती स्वीकार्ने आँट निकै कमले मात्र गर्छन । धेरैजसो उनीसँग हटसिटमा उपस्थित भएर बहस गर्न डर मान्ने गर्दछन । तर जसै आज बिहान उनले मलार्इ हटसिटका लागि निम्ता गरे, म निकै नै उत्साहित भएँ । लाग्यो, कार्यक्रम मेरा लागि निकै नै फलदायी हुनेछ ।
कार्यक्रममा मैले सञ्चालन गर्ने भनेको आत्माजागरण अभियान का बारेमा प्रष्ट्याउने अवसर पनि पाएँ । हामीले विभिन्न विषयमा निकै चर्चा बहस गर्यौ । कृपया सुनिसकेपछि प्रतिक्रिया लेखिदिनु होला । यहाँलार्इ के मन पर्यो ? के मन परेन ? खुलस्त पारिदिनुहोला ताकी प्रस्तोता सुरज के.सीले यो कार्यक्रमलार्इ अझ कसरी लोकप्रिय बनाउन सक्छन ? वा, मैले अन्तरवार्ताका कार्यक्रममा प्रस्तुत हुँदा आफूलार्इ कसरी प्रस्तुत गर्नुपर्ला ?