नेपालको पछिल्लो राजनैतिक घटनाक्रम देशको भविष्य यसै होला भनी अनुमान गर्न नसक्ने हिसाबले अगाडि बढेको छ । विगत २ महिनादेखि अबरुद्ध हुँदै आएको व्यवस्थापिकाको बैठक सधैँजसो भोलिपल्ट ३:१५ का लागि स्थगित हुँदै आएको छ । यो श्रृखंला नियमित स्वभावका रुपमा विकास हुँदै आएको छ । तीन प्रमुख राजनैतिक दलहरुबीच बढ्दै गएको चर्को ध्रुबिकरण यसको मुख्य कारण हो । राजनैतिक दलहरु आ–आफ्नै अडानमा अडिग हुनाले देशमा विद्यमान राजनैतिक समस्याले सजिलै निकास नपाउने छाँट देखिन थालेको छ । कार्तिक ११ गते एनेकपा (माओवादी) को केन्द्रीय कमिटि बैठकले यहि कार्तिक १५ देखि देशमा दबावमूलक आन्दोलनको जेहाद छाड्ने घोषणा गरेकै भोलिपल्ट कार्तिक १२ गते नेकपा (एमाले) संसदीय दलको बैठकले माओवादीलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गर्न लगाउने निर्णय गरेको छ । लामो समयदेखि सडक तताउने कार्यक्रम नगरेको माओवादीलाई आन्दोलनका घोषित कार्यक्रमहरु सञ्चालन गर्न व्यापक नैतिक दबाव रहेको चर्को सन्दर्भमा उसले गर्ने भनेको मशाल जुलुसदेखि राजधानी नाकाबन्दीसम्मका कार्यक्रम विफल पार्न कुनै कसर बाँकी राख्न नहुने अड्डी कसेको सरकारबीच हुने मुठभेडले देशमा ठूल...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।