Skip to main content

रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । विचरा प्रचण्ड सोच्दाहुन् नेपाली जनता त्यति बाठा भैनसकेको परिकल्पनामा मस्त हुनन् । कि, उनको ठूलो पार्टीले संसद अबरुद्ध गरेर बजेट त पास नभएको अवस्थामा नेपाली जनताले कस्तो पुर्नसंरचनासहितको संविधान पाउने हुन् ? किन पुर्नसंरचना चाहियो ? पहिले नै जंगलबास हुँदा राज्य समिति गठन गरेको छ हैं उनको दूरदर्शी पार्टीले ! संरचना त निर्माण भैसकेको छ नि – तमुवान, लिम्बुवान, अबध, खम्बुवान, नेवा अरु के के जाति हो .. ।
सधैं आफ्ना स्थायी समिति सदस्य ओलीसँग सुमधुर सम्बन्ध हुन नसकि पार्टीमा फुटको राजनीति गर्दै हिडेका एमाले अध्यक्ष खनाल चाँहि पार्टी नेता÷कार्यकर्ताभित्र सुदृढ सम्बन्ध निर्माणमा चासो राख्नुको साटो उल्टो नेपाली जनताबीचको “सम्बन्ध सुमधुर र सुदृढ्” होस् भन्ने शुभेच्छा राख्दछन् । यस्तो बेला अध्यक्षज्यूलाई सोध्न मन लागेको छ, ए कामरेड नेपाली जनताबीच कहिले भएको छैन् सम्बन्ध सुमधुर ? बरु आफ्नै पार्टीभित्र त्यसको अभ्यास गरेर देखाऊ ।
आफ्नी ‘कहिँ नभा’की छोरी’ सुजतालाई बडो मेहनत गरी उपप्रधानमन्त्रीमा स्थापित गरि छाड्ने यो देशका सबभन्दा भाग्यशाली नेता गिर्जाबाबु चाँहि देशमा “समयमै संविधान” निर्माण होस् भन्ने शुभेच्छा राख्दछन् । आफू चाँहि संविधान सभाको बैठकमा जाँदै नजाने अनि देशबासीलाई छिटै संविधान पाऊन भनेर शुभेच्छा राख्ने ? यो देशका जनतालाई संविधान कहाँ चाहिएको छ र ? गिरीजाबाबुलाई भन्न मन लागेको छ – तिम्री प्यारी छोरी प्रधानमन्त्री भएको हेर्ने धोको छ हाम्रो । ए, गिर्जाबाबु तिमी बाचुञ्जेल यो देश र जनताले सुख पाउने छाँट मैले देखेको छैन है !
अब कुरा गरौं हाम्रा (कि गिरीजाबावुका) वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको । आफ्नो नेतृत्वको सरकारको टिकाउने खेलमा झण्डै ४ दर्जन मन्त्रीहरु नियुक्त गर्ने अहिले सम्मकै नमुना प्रधानमन्त्री नेपालले चाँहि नेपालीहरुको भावनात्मक एकता, सहमति र सहकार्यको राजनीतिक संस्कारको विकास होओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् । साथीहरु भ्रममा नपर्नुस् यिनले भनेको सहमति र सहकार्यको राजनीतिक संस्कार भनेको घुमाऊरो पारामा यसको अर्थ हुन्छ – निर्वाचन हारेपनि यिनलाई देशको प्रधानमन्त्री बनाउने, अरु पार्टी र त्यसका नेताहरु यिनका पिछलग्गु बन्ने भन्नु नै हो । बिचरा ! यस्ता प्रधानमन्त्रीबाट देश र जनताले चाँहि के अपेक्षा गर्ने ? बरु आऊनुस् हामी सबै भएर यिनीहरुलाई छठको शुभकामना दिऔं – ई भ्रष्ट नेताहरुको सदबुद्धी आओस् !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...