एक हुल आइमाई

लिपिष्टकले रात्तिएका ओठ
गाजालले भरिएका आँखा
पाउडर छरिएका एक जोर गाला
र, चाहानाले भरिएका मन लिएर
पैसाले पुरा गर्न सकेन लौ !
बैशले भरिएको यौवन भन्दै
लाहुर्नी मलाई चिथोर्न आउँछे,
समुन्द्री छालले सिञ्चिए झै
आफूलाई निथुक्क पारेर जान्छे

‘हेर त लुटिन नपाउँदै – मज्जासँग,
भर्खर टुसाँएका यौनेच्छाहरुलाई
त्यसै हताहत पारिदिएर
असत्ती मलाई छाडेर हिड्यो’
“आउन तिमी मेरो राजा”
भर्खर पोइले एक्लो पारिएकी
नवयुवती मसँग छिल्लिन आउँछे,
लुटेर मेरो सबै पुरुषार्थ
बिटुलो परेर जान्छे ।

रंग उडेको मुहार
र, ढंग गुमेको चाल लिएर
व्यथाले किचिएर कुजिँए झै
एक बाँझी आइमाई
मेरो छेऊमै आएर
बढो शिष्टताका साथ पुकार्छे–
हे ! भगवान्,
दिन सक्तैन मेरो नामर्द पोई
मात्र एउटा शुक्र किटाणु
लैजाऊ योवन बन्धकी भन्दै,
मात्र एकपटकको सहवास माग्दछे ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)