नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् । खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो । देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालक...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।