Skip to main content

Posts

इमानी

इमानी कति बनुँ बेइमानी हुन मन लागेको छ तिम्रा हर अंग छिचोल्ने पानी हुन मन लागेको छ वियोगका मात्रा धेरै देखिए यहाँका प्रेम कथामा तर सफल एक प्रेम कहानी हुन मन लागेको छ

म, रत्नपार्क र मेरो भविष्य

स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु । कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्...

लुकेर

लुकेर कतै तिमीले मलाई नै चिहाए झै रोएर तिमीले आसुँ मलाई नै पियाए झै लाग्छ अचेल प्रित तिम्रो हराएको छ साचेर मुटुमा अर्कै मलाई नै रिझाए झै पाउदिन किन तिमीलाई समिपमा मेरो बिताएर पल अन्तै मलाई नै भेट्न आए झै

शहरमा (२)

मन दुखाउनेहरु धेरै भेटिए शहरमा माया गर्ने आफन्तहरु छेकिए शहरमा पर्वाह छैन अरुको बाँच्न पाए आफू बिनासित्ती चोट दिने देखिए शहरमा

शहरमा

लुकाउने कुरा देखाउने मैयाँ छन् शहरमा उस्तै कामुक कृष्ण कन्हैया छन् शहरमा टोलै पिच्छे हरेक गल्ली र चोकमा हेर मान्छेका अनेक रवैया छन् शहरमा

बुझिराख

बुझिराख सम्बन्ध कुनै स्थाई हुँदैन सबै माथि तिम्रो मात्रै रजाई हुँदैन आफू एक्लै विशेष हुँ ठान्छौ भने यदि तिम्रा लागि कसैको बधाई हुँदैन

मान्छे नभेटेसी

मीठो मसिनो ख्वाउने भान्से नभेटेसी जे भएनि आफ्नै प्रिय ठान्ने नभेटेसी बहुलाउन बेर लाउँदैनन मान्छेहरु आफ्नो मन बुझिदिने मान्छे नभेटेसी