Skip to main content

म, रत्नपार्क र मेरो भविष्य


स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु ।
कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्चर चलिरहेछ, मानौं पछाडी म चटक हेरिरहेको छु । हुनसक्दछ, चटकेहरुको थुप्रै शो चल्ने रत्नपार्कको छेवमै कलेज भएकाले पो हो कि ? कतिपयमा त्यस्तै चटके स्वभाव देखिएको ? न प्रोफेसर आँट गर्छन भन्नलाई – हल्ला बन्द गर न हो केटाकेटी ! न त हल्ला गर्नेहरु नै बोध गर्छन – विशिष्ट तहमा अध्ययन गरिरहेछौं हामी, हामीलाई यो सब सुहाउँदैन ! मेरो कक्षा प्रवेशको शुरुको दिनदेखि मैले अनुभूत गरिरहेको यो वातावरणले फरक मोड अझै लिइसकेको छैन । बरु यो अझै चर्किदै गएको छ । बिस्तारै मेरो पनि बानी परिसक्यो – मौका मिल्दासाथ मैले पनि हल्ला गर्न थालीसकेको छु । सायद बैंश अब बेस्सरी पोखिदैछ – बुद्धिजीवी बन्ने होडमा !
मास्टर्स लेभलको पढाइ भनेर के गर्नु ? सानो चिर्केटो बोकेर आउँछन – प्राध्यापक नामका प्राणीहरु ! कोही आफूले मात्र सुन्ने गरेर पढाएर जान्छन, कसैले कक्षामा ‘पिन ड्रप साइलेन्स’ को वातावरण सृजना गरेर हामी पाका विधार्थीहरुलाई हायलकायल पारेर लेख्न लगाउँछन । परन्तु शैली उहि नै छ । लेक्चर मेथड ! विषयबस्तुमाथि पूरापूर छलफल गर्ने क्लास त दुर्लभ नै छन । अझ भनुँ ती लोपोन्मुख भएका छन् । ग्रामीण विकास अध्ययन गरिरहेका हामीहरुलाई हाम्रा प्राध्यापकहरु भन्ने गर्छन– ग्रामीण विकासका लागि आधारभूत कुरा भनेको हरेक प्रक्रिया सहभागितामूलक हुनु पर्दछ । खैर, आफ्नै कक्षामा सहभागितामूलक पढाइ गराउन सकिरहेका छैन प्राध्यापक कतिपय ! अझ त्यसमाथि मलाई लाग्थ्यो – यो तहको पढाईमा प्रविधीको भरपुर प्रयोग होला । पछिल्ला प्रविधीका बारेमा त अपडेट छन् सबै तर प्रयोग ५ प्रतिशत पनि छैन ! साप्ताहिक प्रोजेक्ट, एसेस्टमेन्ट ती कुन जीवको नाम हो ? कसैलाई केही पर्वाह छैन । एउटा कापी र एक थान कलम बोकेर आउँ, टिप्न मन लागेको ब्ँदाहरु टिप, टिप्न सकेनौ भने सुर्ता नमान । लाइब्रेरीमा लेक्चरको फोटोकपी छ, लिएर जाउँ ! यस्तो टपरटुइँया पढाइ जीवनमै पहिलोपटक गर्दैछु म !
यति स्वतन्त्र बिधार्थी जीवन मैले शिशु कक्षामा पनि गरेको थिइँन । कक्षा बाहिर जाँदा, भित्र आउँदा दुवै हात टमक्क जोडेर अनुमती लिनुपर्थ्यो । ए भगवान ! यो त अनौठो लेभलको पढाइ पढिरहेछु म । लेक्चर चलिरहेको बेला बिचमा भित्र छिरुँ वा बाहिर जाउँ कसैले केहि भन्दैन । यसको फाइदा कति लिएँ मैले हिसाबकिताब छैन ! प्राध्यापकले पढाइरहँदा मलाई झिजों लागेर यदि मैले भनिदिएँ – “सर हजुर हिजो यतिखेर गैसक्नुभएको थ्यो !” प्रोफेसर विचरा केहि बोल्ने हैन, आफूले लिएको चिर्केटो पट्याईवरी गोजीमा राखेर ढोकामा पुगिसकेको हुन्छ – “उसोभए बाँकी भोली पढौंला !”
यो स्वतन्त्र विधार्थी जीवन, पूरानो शैलीको पढाई, चटक चलिरहेको कक्षाभित्रबाट म एउटा बुद्धिजीवी जन्मदैछु !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...