Skip to main content

बाहुनक्षेत्री, जनजाती र दशैं ।

सम्पूर्ण नेपालीहरूमा बडादशैं २०६७ को शुभकामना ः फोटो साभार गुगल
म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् ।यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो
म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिरोधमा उभ्भिदै आएको मान्छे हो । बिकट हिमाली जिल्लामा खाध्यन्नको अभावमा छटपटाइरहेकाहरूको ब्यथा रेडियो, टि.भी.मा सुन्न देख्न थालेपछि निधारभर रंगिन चामलको टिका टाँसिने परम्परामा केहि सुधार हुनुपर्छ भन्ने मान्यता ममा शुरू हुन पुग्यो । तर त्यो परम्परालार्इ म बबुरोले परिष्कृत गर्न सक्ने हैसियत पनि राख्न सक्ने थिइँन । तर आज समाज र वरिपरीको वातावरणलार्इ बुझ्न थालेपछि भने ममा दशैंका विषयमा बुझ्ने छुट्टै मान्यता विकास हुन पुगेको छ । दशैं हिन्दुहरूको मात्र महान पर्व हो भने किन सबैभन्दा बढि हिन्दुहरू बस्ने भारतमा दशैं नेपालको जस्तो भव्य हुँदैन । यदि यो हिन्दुहरूको मात्र पर्व होइन भने आदिवासी जनजातिका नाममा यसलार्इ परित्याग गर्नुको के तुक रह्यो ? मलार्इ लागेको छ, कि यसका साँस्कृतिक मूल्य र मान्यताहरूलार्इ जोगाएर परिष्कृत गर्दै राष्ट्रिय पर्वका रूपमा मनाउन सकिदैन ? एउटा स्वतन्त्र राष्ट्र भैसकेपछि त्यो देशको आफ्नै एउटा छुट्टै राष्ट्रिय पर्व हुनु जरूरी छ कि छैन ? विश्वमा थुप्रै देशहरू छन् जहाँ क्रिसमसलार्इ राष्ट्रिय पर्वका रूपमा स्वीकार गरिएको छ त्यही अनुरूप सार्वजनिक विदाको पनि व्यवस्था गरिएको छ । चाड पर्वलार्इ धार्मीक तथा जातिय नारामा लगेर जोड्नु एक्काइसौ शताब्दिका बौद्भिक मानव प्राणिलार्इ सुहाउने बिषय हैन । दार्जिलिङ्गे प्रोफेसर (जो आफू नै जनजाती हुन) गोपिनारायण प्रधान बताउनुहुन्छ, 'जातियताका नाममा समग्र राष्ट्रको साँस्कृतिक पहिचान गुमाउने गरी गरिने कार्यकलापहरू दुखलाग्दा विषय हुन' यसबाट हामी प्रष्ट हुन सक्छौं कि नेपालमा सदियौंदेखि प्रचलनमा रहेको दशैं पर्वलार्इ हिन्दुहरूको मात्र हो भनी राजनीतिक धुर्ताइँ मात्र गर्न खोजिएको छ । एउटा राष्ट्रिय साँस्कृतिक पर्वलार्इ राजनीतिक रंग दिइएको छ, र केहि दुर्इ चार जना आफूलार्इ आदिवासी जनजातिका ब्याख्यता ठान्नेहरूले आफ्नो सामाजिक प्रतिष्ठा तथा राजनैतिक स्वार्थपूर्तिका लागि दशैं बहिष्कार गर्नुपर्ने अभियानलार्इ चलाइएकोमा दुर्इ मत हुनै सकिदैन ।
हुनसक्छ, एउटा कुनै कालखण्डबाट प्रचलनमा आएको साँस्कृतिक पर्वमा केहि त्रुटीहरू अवश्य छन् । त्यसलार्इ हामी सच्चाउने तर्फ ध्यान दिनु जरूरी छ । तर पुस्तौदेखि दशैं मान्दै आएकाहरूलार्इ रूपैयाँ पैसाको ठूलो विनाश हुने भ्रम फैलाएर तर्साउने काम गर्नु हर हालतमा राम्रो हैन । दशैंसँग जोडिएर आएको कुनै पनि धर्म ग्रन्थले दशैं मनाउनका लागि घरमा खसि ढाल्नै पर्छ भनेको छैन, न त त्यहाँ टिका जमराको साथसाथमा हजारौं नोटका बिटा दक्षिणाबापत दिनुपर्छ नै भनेको छ । दशैंसँग जोडिएको एउटै धार्मिक मान्यता भनेको नै असत्य माथि सत्यको जित हो । तसर्थ परापूर्व कालमा भएको असत्यमाथिको सत्यको जितलार्इ खुशि र हर्षबढाइका साथ मनाउनु पर्छ भनिएको मात्र हो । यसको मूल कुरोलार्इ बंगाएर पछि थपिदैँ आएका उपविषय तथा व्याख्याहरूलार्इ मात्र बिश्लेषण गरि दशैं मनाउनु अनुपयुक्त हो भनि जिकिर गर्नु हर हालतमा उपयुक्त छलफल हुन सक्दैन । यो पर्व भनेको बर्षौदेखि आफन्त तथा परिवारजनसँग छुटिएर बस्न बिवश नेपालीहरूको मिलन हुने सुनौलो अबसर हो भन्ने कुरालार्इ हामीले किन बिर्सदैछौ ? के यो पर्व हजारौंको दक्षिणा लिनेदिने पर्व हो ? कसैको आर्थिक हैसियत त्यो स्तरको छ भने उसले त्यसो गर्नु स्वभाविक विषय हो तर बास्तवमा दशै पर्व त आफ्ना पुजनीय मातापिता तथा नातेदारहरूको हातबाट टिका र जमराका साथसाथमा प्रगति, उन्नती, दिर्घायू र सफलताको आशिरबाद थाप्ने पर्व हैन र ? यसको मूख्य अर्थलार्इ जसरी बंगाएर परिभाषित गरिदै छ, यसले भविष्यका नेपाली पिढीलार्इ पश्चिमा संस्कृतिको दास बनाउने दिशातिर धकेल्दै गरेको तर्फ हामीले ध्यान दिनु पर्ला कि नपर्ला ?
दशैं पर्व हिन्दुहरूको मात्र पर्व हैन, यसको इतिहास हिन्दु धर्मसँग मात्र जोडिएको हो भन्ने कुरोलार्इ हामीले बुझ्न नसक्दा अहिले यस्तो अवस्थाको सृजना हुन गएको हो । यहाँ समाज पढेका भन्नेहरूलार्इ सामाजिक पर्वलार्इ जातियतामा लगेर जोडेका छन् । यहाँ मान्छेहरूले बुझाउँदै छन् - हिन्दु धर्म बाहुन र क्षेत्रीहरूको मात्र धर्म हो । यसको मूल जड भनेको समाजमा रहेको जातिय भेदभाव तथा थिचोमिचोको कुरितीलार्इ निमिट्यान्न पार्नुको सट्टा त्यसलार्इ जातीय राजनीतिक रंग दिएर सामाजिक सहिष्णुतामा खलल पुर्याउने दृष्टता गर्नेहरूको गलत बुझार्इ नै हो । मेरो बुझार्इको सापेक्षताले शतप्रतिशत विश्वासका साथ भन्न सक्दछ, कि दशैं परित्याग अभियानले आदिवासी जनजातीको साँस्कृतिक पहिचानको ग्यारेन्टी गर्दैन ।
हिन्दु धर्मसँग जोडिएका दुर्इ विश्वप्रसिद्भ व्यक्तित्वहरूको यो भनार्इलार्इ पनि एकपटक मनन गर्ने कि ?



दार्शनिक भोल्टेयर बताउँछन् – "Hinduism is the best gift of the East to the West". 
आइरिश नाट्यकार जर्ज बर्नाड शा भन्छन् – "Hindu religion is the most important and the most liberal religions of the world".


4 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…