Skip to main content

बाहुनक्षेत्री, जनजाती र दशैं ।

सम्पूर्ण नेपालीहरूमा बडादशैं २०६७ को शुभकामना ः फोटो साभार गुगल
म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् ।यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो
म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिरोधमा उभ्भिदै आएको मान्छे हो । बिकट हिमाली जिल्लामा खाध्यन्नको अभावमा छटपटाइरहेकाहरूको ब्यथा रेडियो, टि.भी.मा सुन्न देख्न थालेपछि निधारभर रंगिन चामलको टिका टाँसिने परम्परामा केहि सुधार हुनुपर्छ भन्ने मान्यता ममा शुरू हुन पुग्यो । तर त्यो परम्परालार्इ म बबुरोले परिष्कृत गर्न सक्ने हैसियत पनि राख्न सक्ने थिइँन । तर आज समाज र वरिपरीको वातावरणलार्इ बुझ्न थालेपछि भने ममा दशैंका विषयमा बुझ्ने छुट्टै मान्यता विकास हुन पुगेको छ । दशैं हिन्दुहरूको मात्र महान पर्व हो भने किन सबैभन्दा बढि हिन्दुहरू बस्ने भारतमा दशैं नेपालको जस्तो भव्य हुँदैन । यदि यो हिन्दुहरूको मात्र पर्व होइन भने आदिवासी जनजातिका नाममा यसलार्इ परित्याग गर्नुको के तुक रह्यो ? मलार्इ लागेको छ, कि यसका साँस्कृतिक मूल्य र मान्यताहरूलार्इ जोगाएर परिष्कृत गर्दै राष्ट्रिय पर्वका रूपमा मनाउन सकिदैन ? एउटा स्वतन्त्र राष्ट्र भैसकेपछि त्यो देशको आफ्नै एउटा छुट्टै राष्ट्रिय पर्व हुनु जरूरी छ कि छैन ? विश्वमा थुप्रै देशहरू छन् जहाँ क्रिसमसलार्इ राष्ट्रिय पर्वका रूपमा स्वीकार गरिएको छ त्यही अनुरूप सार्वजनिक विदाको पनि व्यवस्था गरिएको छ । चाड पर्वलार्इ धार्मीक तथा जातिय नारामा लगेर जोड्नु एक्काइसौ शताब्दिका बौद्भिक मानव प्राणिलार्इ सुहाउने बिषय हैन । दार्जिलिङ्गे प्रोफेसर (जो आफू नै जनजाती हुन) गोपिनारायण प्रधान बताउनुहुन्छ, 'जातियताका नाममा समग्र राष्ट्रको साँस्कृतिक पहिचान गुमाउने गरी गरिने कार्यकलापहरू दुखलाग्दा विषय हुन' यसबाट हामी प्रष्ट हुन सक्छौं कि नेपालमा सदियौंदेखि प्रचलनमा रहेको दशैं पर्वलार्इ हिन्दुहरूको मात्र हो भनी राजनीतिक धुर्ताइँ मात्र गर्न खोजिएको छ । एउटा राष्ट्रिय साँस्कृतिक पर्वलार्इ राजनीतिक रंग दिइएको छ, र केहि दुर्इ चार जना आफूलार्इ आदिवासी जनजातिका ब्याख्यता ठान्नेहरूले आफ्नो सामाजिक प्रतिष्ठा तथा राजनैतिक स्वार्थपूर्तिका लागि दशैं बहिष्कार गर्नुपर्ने अभियानलार्इ चलाइएकोमा दुर्इ मत हुनै सकिदैन ।
हुनसक्छ, एउटा कुनै कालखण्डबाट प्रचलनमा आएको साँस्कृतिक पर्वमा केहि त्रुटीहरू अवश्य छन् । त्यसलार्इ हामी सच्चाउने तर्फ ध्यान दिनु जरूरी छ । तर पुस्तौदेखि दशैं मान्दै आएकाहरूलार्इ रूपैयाँ पैसाको ठूलो विनाश हुने भ्रम फैलाएर तर्साउने काम गर्नु हर हालतमा राम्रो हैन । दशैंसँग जोडिएर आएको कुनै पनि धर्म ग्रन्थले दशैं मनाउनका लागि घरमा खसि ढाल्नै पर्छ भनेको छैन, न त त्यहाँ टिका जमराको साथसाथमा हजारौं नोटका बिटा दक्षिणाबापत दिनुपर्छ नै भनेको छ । दशैंसँग जोडिएको एउटै धार्मिक मान्यता भनेको नै असत्य माथि सत्यको जित हो । तसर्थ परापूर्व कालमा भएको असत्यमाथिको सत्यको जितलार्इ खुशि र हर्षबढाइका साथ मनाउनु पर्छ भनिएको मात्र हो । यसको मूल कुरोलार्इ बंगाएर पछि थपिदैँ आएका उपविषय तथा व्याख्याहरूलार्इ मात्र बिश्लेषण गरि दशैं मनाउनु अनुपयुक्त हो भनि जिकिर गर्नु हर हालतमा उपयुक्त छलफल हुन सक्दैन । यो पर्व भनेको बर्षौदेखि आफन्त तथा परिवारजनसँग छुटिएर बस्न बिवश नेपालीहरूको मिलन हुने सुनौलो अबसर हो भन्ने कुरालार्इ हामीले किन बिर्सदैछौ ? के यो पर्व हजारौंको दक्षिणा लिनेदिने पर्व हो ? कसैको आर्थिक हैसियत त्यो स्तरको छ भने उसले त्यसो गर्नु स्वभाविक विषय हो तर बास्तवमा दशै पर्व त आफ्ना पुजनीय मातापिता तथा नातेदारहरूको हातबाट टिका र जमराका साथसाथमा प्रगति, उन्नती, दिर्घायू र सफलताको आशिरबाद थाप्ने पर्व हैन र ? यसको मूख्य अर्थलार्इ जसरी बंगाएर परिभाषित गरिदै छ, यसले भविष्यका नेपाली पिढीलार्इ पश्चिमा संस्कृतिको दास बनाउने दिशातिर धकेल्दै गरेको तर्फ हामीले ध्यान दिनु पर्ला कि नपर्ला ?
दशैं पर्व हिन्दुहरूको मात्र पर्व हैन, यसको इतिहास हिन्दु धर्मसँग मात्र जोडिएको हो भन्ने कुरोलार्इ हामीले बुझ्न नसक्दा अहिले यस्तो अवस्थाको सृजना हुन गएको हो । यहाँ समाज पढेका भन्नेहरूलार्इ सामाजिक पर्वलार्इ जातियतामा लगेर जोडेका छन् । यहाँ मान्छेहरूले बुझाउँदै छन् - हिन्दु धर्म बाहुन र क्षेत्रीहरूको मात्र धर्म हो । यसको मूल जड भनेको समाजमा रहेको जातिय भेदभाव तथा थिचोमिचोको कुरितीलार्इ निमिट्यान्न पार्नुको सट्टा त्यसलार्इ जातीय राजनीतिक रंग दिएर सामाजिक सहिष्णुतामा खलल पुर्याउने दृष्टता गर्नेहरूको गलत बुझार्इ नै हो । मेरो बुझार्इको सापेक्षताले शतप्रतिशत विश्वासका साथ भन्न सक्दछ, कि दशैं परित्याग अभियानले आदिवासी जनजातीको साँस्कृतिक पहिचानको ग्यारेन्टी गर्दैन ।
हिन्दु धर्मसँग जोडिएका दुर्इ विश्वप्रसिद्भ व्यक्तित्वहरूको यो भनार्इलार्इ पनि एकपटक मनन गर्ने कि ?



दार्शनिक भोल्टेयर बताउँछन् – "Hinduism is the best gift of the East to the West". 
आइरिश नाट्यकार जर्ज बर्नाड शा भन्छन् – "Hindu religion is the most important and the most liberal religions of the world".


Comments

  1. अनि ती प्रबुद्भ समाजशास्त्रीको नाम त हिन्दु देवता कृष्णको परेछ नी ? कि त्यसमा पनि बाहुन क्षेत्रीको हात छ ? तिनलार्इ सोदेर लेख्नपर्यो निराजनजी । फेरी भन्लान न्वारनमा बाहुनले राख्देको ? त्यसो भनेर उम्किन पाइन्न हैं न्वारन पनि त हिन्दु संस्कार हो । तिनले त्यो नाम फेर्नै पर्छ ।

    ReplyDelete
  2. पक्कै पनि दसैँ हिन्दुहरुको मात्र न भैकन सम्पूर्ण नेपालीहरुको महान चाड हो र यसलाई सांस्कृतिक रुपमा लिनु पर्छ जस्तो लाग्छ मलाई !!!

    ReplyDelete
  3. श्रीराम17/10/10 11:31 AM

    कैलाशजीकै भनाइ साभार गरें है !

    ReplyDelete
  4. श्रीराम12/1/11 5:51 PM

    कैलाशजीकै भनाइ साभार गरें है !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...