Skip to main content

हार्इजिन पासको जाँच र मेरो नेपाली भान्सा घर

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हार्इजिन
पास परीक्षाको तयारीका लागि
आज दुर्इ चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलार्इ - तपाइँलार्इ रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नार्इ ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठार्इ या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ? हामीलार्इ खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफार्इ र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खार्इने ठाउँमा हामीलार्इ उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिकारीप्रति गम्भिरतापूर्वक भूमिका निर्वाह गर्न नै सकिरहेको छ, फगत यदाकदा केहि नाटकहरू चाँहि मञ्चन नहुने हैन - कता गुँदपाक पसलमा अनुगमन भो रे अनि सिलबन्दी भो । फगत नाटकहरूमात्र । न नीति छ, न त्यसको कार्यान्वयन नै । 

तर, यहाँ फिनल्याण्ड आएपछि विशेषगरी काम खोज्ने शिलशिलमा एउटा गज्जपको कुरो थाहा भो । होटल, रेष्टुँरा, वेकरी वा (विशाल बजार) सुपर मार्केटमा काम गर्न चाहने ब्यक्तिसँग निशर्त  एउटा "Hygiene Pass" भन्ने अनिवार्य जस्तै हुँदोरैछ ।  अरू त अरू ती होटल र रेष्टुँरामा भाँडा माझ्ने कामका गर्नका लागि समेत यो अनिवार्य नै रहिछ । जसलार्इ Evira नामक सरकारी खाद्य सुरक्षा निकायले नियमन गर्ने काम गर्दछ । विशेषतः यसले खाद्य सुरक्षाका बारेमा परिक्षा सञ्चालन गर्ने गर्दछ । र, र्इच्छुक जो सुकैले यस परिक्षामा सहभागी हुन पाउँछ । यो परिक्षामा निश्चित रकम तिरेपछि सहभागी हुन सकिन्छ । यसमा खाद्य सुरक्षा र स्वस्थता सम्बन्धी ४० प्रश्नहरू हुन्छन् जसमध्ये कम्तिमा पनि ३४ वटा प्रश्नहरूको सहि जवाफ दिनु पर्छ । अनि मात्र त्यो हार्इजिन पास प्राप्त गर्न सकिन्छ । र, गत बुधबार मैले यो परीक्षामा सहभागि हुने मौका पाएको थिएँ । यो मेरो र्इच्छा भन्दा पनि बाध्यता थियो, के थाहा भोली यही हार्इजिन पास नहुँदा भाँडा माझ्न पनि नपार्इने हो कि फिनल्याण्डको रेष्टुँरा या होटलमा ? त्यसकारण पनि यो परिक्षामा सहभागी हुनु मेरा लागि अनिवार्य थियो । सामेल पनि भएँ र पास पनि !

अहिले मलार्इ लागेको छ कि, के हामी पनि यस्तै व्यवस्था  नेपालमा समेत लागू गर्न सक्दैनौ होला ? वा आवश्यक छ होला कि नार्इ ? हाम्रा रेष्टुँरा, होटल, मिष्ठान्न भण्डार, क्यान्टिन, क्याफेटेरिया, राजमार्ग छेउमा सञ्चालित भोजनालयमा काम गर्ने मान्छेहरूले पनि यस्तै परीक्षामा सहभागी भर्इ पास भएपछि मात्र काम गर्नुपर्ने स्थिती हुँदो हो भने, स्थानीय निकायले अस्वस्थ, अखाद्य पदार्थ वा मिसावटयुक्त खाना विक्री गर्नेहरूलार्इ कठोर कानुनी व्यवस्था अन्तरगत कार्वाही गर्न सक्दो हो त... वाह ! हामी पनि यी फिनिसहरू झैं सुरक्षित र स्वस्थकर खाना खान पाउँदा हौं नी हैं ? खैर, अहिलेलार्इ सपना देख्ने शिलशिला यत्ति नै ! 
1 comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…