Skip to main content

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलार्इ केहि न केहि "र्इश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझार्इ" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझार्इहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखार्इहरूलार्इ "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगार्इ, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु -

देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अखबारहरूले मलार्इ त्यसै बतार्इरहेछन् । विशेषगरी अखबारहरूका अनलार्इन संस्करणहरू मेरा लागि समाचारका निर्विवाद एकमात्र स्रोत हुन । र, कहिले काही खबरहरू फेसबुक लगायतका सामाजिक सञ्जालबाट पनि प्राप्त भएका छन् । समाचारका यी स्रोतहरू प्रायशः मलार्इ नकारात्मक घटनाहरूमात्र जानकारी गराउँछन् - जस्तो बैङ्कका कर्मचारीको मिलेमतोमा बैङ्क लुटिएको, अरू सामान्य चोरीका खबरहरू देखि महिलामाथि भएका हिंसाका कहालीलाग्दा समाचारहरू । लोडसेडिङ् बृद्दिको समाचार, पिउने पानीको समस्या, राजनैतिक असहमति, दण्डहिनता, चक्काजाम र बन्दहडताका खबरहरू त हुने नै भए, यी केहि वर्षदेखि सयौं पटक दोहोरिएका खबरहरू - सुन्दासुन्दा कान पनि पाकिसक्यो । तर हिजो मैले एउटा सुन्नलायकको खास समाचार पढ्न पाएँ एउटा खबरपत्रिकाको अनलार्इन संस्करणमा, समाचार थियो - गुलाफ र बन्दुकका सम्बन्धमा । 
मलार्इ लाग्थ्यो हामीहरू आन्दोलनका स्वरूपहरू भनेका चक्काजाम, तोडफोड र बन्द हडतालहरू मात्र हुन । ती बाहेक अरू विकल्पै छैनन् ! तर पछिल्लो समय बढ्दै गएको महिला हिंसा र त्यस सम्बन्धी घट्नामा हुने गरेका राजनैतिक संरक्षण एवं दण्डहिनताको विरोधमा स्वत स्फूर्त सडकमा उत्रेका युवाहरूले अकुपार्इ बालुवाटार नामदिएर जुन आन्दोलन गरिरहेछन् त्यस क्रममा विरोधको सृजनात्मक शैलीले मलार्इ चाँहि छोएको छ (छुनुपर्ने सरकारलार्इ थियो) । एकदिन सुने यस आन्दोलनमा ऐक्यबद्भता जनाउँदै एक कलाकारले तस्बीर प्रदर्शन गरिछन् त्यो पनि महिला हिंसालार्इ मुख्य केन्द्रबिन्दु बनाएर । कोमल र भावुक हृदयको हुँ भनि दावी गर्ने प्रधानमन्त्री त पक्कै पुग्नु भएन होला- विचरा भावुक मान्छे ती कारूणिक तस्बीर टाँगिएका ठाउँमा जानु पनि भएन, :( किन्तु, देशमा शान्ति, सुरक्षा, अमनचयन, समानता र न्यायको राज्य हुनुपर्छ भन्ने मान्यता बोक्ने कुन कुन नेताहरू त्यहाँ पुगे त्यो चाँहि न म अड्कल गर्न सक्छु, न सायद हजुर नै ? तर विरोधको यो शैलीबाट अराजक राजनैतिक दलका उदण्ड भातृ संगठनहरूले चाँहि धेरै सिक्नु जरूरी छ । 
हुन त हामी नेपालीहरूमा सृजनात्मक सोंच कमै छ । हामीहरू चड्कन नखाएसम्म खास सचेत हुन जानेका पनि छैनौ । सायद त्यसकारण नै हाम्रा विधालयहरूमा एउटा विधार्थीलार्इ अनुशासित बनाउनका लागि लठ्ठीको प्रयोग एकमात्र निर्विकल्प साधन भएको हो कि ! :( खैर, मैले छलफल गर्न खोजको प्रसङ्ग चाँहि यो थिएन । खासमा अकुपार्इ बालुवाटारको आन्दोलनमा प्रयोग गरिएको विरोध अर्को शैली पनि मलार्इ छोयो - त्यो शैली जुन - धर्नामा बसेकाहरूलार्इ भगाउन आएका सुरक्षाकर्मीहरूलार्इ गुलाफ बाड्ने काम थियो त्यो । बन्दुक समातिरहेकाहरूको हातमा एकाएक आन्दोलित युवाहरूले गुलाफ थमार्इदिएछन् । बन्दुक समात्नेहरूले यसलार्इ के ठाने कुन्नी ? प्रधानमन्त्रीले पनि पक्कै यस विषयमा जानकारी त लिए होलान् । तर उनलार्इ यो नौटङ्की सिवाय अर्थोक केहि पनि लागेन होला ! बन्दुके राजमा विश्वास गर्नेहरू गुलाफको भाषा पनि त बुझ्दैनन् । र, डा. बाबुरामले पनि बुझ्नु जरूरी भएन् । तर जेभए पनि, यो स्वतःस्फूर्त सडकमा उत्रिएका, र खासमा विधीको शासन चाहने विशुद्द नेपाली नागरिकहरूको सृजनात्मक शैलीलार्इ सरकारले मनन गर्नु आवश्यक छ । नत्र, आममान्छेलार्इ लाग्नु स्वभाविकै हो - सरकार, सडकमा आगोको ज्वाला नदेखेन्जुल सुन्दैन् । सरकार ध्वंस र आतङ्क नफैलुन्जेल अनुभूत गर्दैन ! यसका साथसाथै विरोधको यो सृजनात्मक शैलीको प्रेरणाबाट आगतका विरोधका शैलीहरू पनि सृजनात्मक र शान्तिपूर्ण हुनुपर्छ ।
र, अन्तमा मेरो पनि आग्रह - सरकार, गुलाफको भाषा बुझिदेऊ !
2 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…