Skip to main content

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलाई केहि न केहि "ईश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझाई" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझाईहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखाईहरूलाई "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगाई, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु -

देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अखबारहरूले मला त्यसै बताइरहेछन् । विशेषगरी अखबारहरूका अनलाइन संस्करणहरू मेरा लागि समाचारका निर्विवाद एकमात्र स्रोत हुन । र, कहिले काही खबरहरू फेसबुक लगायतका सामाजिक सञ्जालबाट पनि प्राप्त भएका छन् । समाचारका यी स्रोतहरू प्रायशः मला नकारात्मक घटनाहरूमात्र जानकारी गराउँछन् - जस्तो बैङ्कका कर्मचारीको मिलेमतोमा बैङ्क लुटिएको, अरू सामान्य चोरीका खबरहरू देखि महिलामाथि भएका हिंसाका कहालीलाग्दा समाचारहरू । लोडसेडिङ् बृद्दिको समाचार, पिउने पानीको समस्या, राजनैतिक असहमति, दण्डहिनता, चक्काजाम र बन्दहडताका खबरहरू त हुने नै भए, यी केहि वर्षदेखि सयौं पटक दोहोरिएका खबरहरू - सुन्दासुन्दा कान पनि पाकिसक्यो । तर हिजो मैले एउटा सुन्नलायकको खास समाचार पढ्न पाएँ एउटा खबरपत्रिकाको अनलाइन संस्करणमा, समाचार थियो - गुलाफ र बन्दुकका सम्बन्धमा । 

मला लाग्थ्यो हामीहरू आन्दोलनका स्वरूपहरू भनेका चक्काजाम, तोडफोड र बन्द हडतालहरू मात्र हुन । ती बाहेक अरू विकल्पै छैनन् ! तर पछिल्लो समय बढ्दै गएको महिला हिंसा र त्यस सम्बन्धी घट्नामा हुने गरेका राजनैतिक संरक्षण एवं दण्डहिनताको विरोधमा स्वत स्फूर्त सडकमा उत्रेका युवाहरूले अकुपाइ बालुवाटार नामदिएर जुन आन्दोलन गरिरहेछन् त्यस क्रममा विरोधको सृजनात्मक शैलीले मला चाँहि छोएको छ (छुनुपर्ने सरकारला थियो) । एकदिन सुने यस आन्दोलनमा ऐक्यबद्भता जनाउँदै एक कलाकारले तस्बीर प्रदर्शन गरिछन् त्यो पनि महिला हिंसाला मुख्य केन्द्रबिन्दु बनाएर । कोमल र भावुक हृदयको हुँ भनि दावी गर्ने प्रधानमन्त्री त पक्कै पुग्नु भएन होला- विचरा भावुक मान्छे ती कारूणिक तस्बीर टाँगिएका ठाउँमा जानु पनि भएन, :( किन्तु, देशमा शान्ति, सुरक्षा, अमनचयन, समानता र न्यायको राज्य हुनुपर्छ भन्ने मान्यता बोक्ने कुन कुन नेताहरू त्यहाँ पुगे त्यो चाँहि न म अड्कल गर्न सक्छु, न सायद हजुर नै ? तर विरोधको यो शैलीबाट अराजक राजनैतिक दलका उदण्ड भातृ संगठनहरूले चाँहि धेरै सिक्नु जरूरी छ । 

हुन त हामी नेपालीहरूमा सृजनात्मक सोंच कमै छ । हामीहरू चड्कन नखाएसम्म खास सचेत हुन जानेका पनि छैनौ । सायद त्यसकारण नै हाम्रा विधालयहरूमा एउटा विधार्थीला अनुशासित बनाउनका लागि लठ्ठीको प्रयोग एकमात्र निर्विकल्प साधन भएको हो कि ! :( खैर, मैले छलफल गर्न खोजको प्रसङ्ग चाँहि यो थिएन । खासमा अकुपाइ बालुवाटारको आन्दोलनमा प्रयोग गरिएको विरोध अर्को शैली पनि मला छोयो - त्यो शैली जुन - धर्नामा बसेकाहरूला भगाउन आएका सुरक्षाकर्मीहरूला गुलाफ बाड्ने काम थियो त्यो । बन्दुक समातिरहेकाहरूको हातमा एकाएक आन्दोलित युवाहरूले गुलाफ थमाइदिएछन् । बन्दुक समात्नेहरूले यसला के ठाने कुन्नी ? प्रधानमन्त्रीले पनि पक्कै यस विषयमा जानकारी त लिए होलान् । तर उनला यो नौटङ्की सिवाय अर्थोक केहि पनि लागेन होला ! 

बन्दुके राजमा विश्वास गर्नेहरू गुलाफको भाषा पनि त बुझ्दैनन् । र, डा. बाबुरामले पनि बुझ्नु जरूरी भएन् । तर जेभए पनि, यो स्वतःस्फूर्त सडकमा उत्रिएका, र खासमा विधीको शासन चाहने विशुद्द नेपाली नागरिकहरूको सृजनात्मक शैलीला सरकारले मनन गर्नु आवश्यक छ । नत्र, आममान्छेला लाग्नु स्वभाविकै हो - सरकार, सडकमा आगोको ज्वाला नदेखेन्जुल सुन्दैन् । सरकार ध्वंस र आतङ्क नफैलुन्जेल अनुभूत गर्दैन ! यसका साथसाथै विरोधको यो सृजनात्मक शैलीको प्रेरणाबाट आगतका विरोधका शैलीहरू पनि सृजनात्मक र शान्तिपूर्ण हुनुपर्छ ।
र, अन्तमा मेरो पनि आग्रह - सरकार, गुलाफको भाषा बुझिदेऊ !

Comments

  1. निराजन सर, देशको अवस्था वेहाल छ । लोडसेडिङ वढ्यको वढ्यै छ , खानेपानीको अभाव उस्तै छ , वाबुले नै आफ्नै छोरीलाई वलत्कार गर्न थालिसके । खै अरु के नै सुन्न लायक खवर छ र ? नेपालका नेता भनाउदा जुका भएर वसेका छन् देशलाई चुसि नै रहेका छन् । यस्तो अवस्था कहिल्यसम्म ? :(

    ReplyDelete
  2. म पनि निशब्दः छु । तर नेपालीहरू जाग्नु जरूरी छ ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...