Skip to main content

Posts

बिर्सनै नसकिने उसको प्रिय मुस्कान

एकटकले मैले यतिखेर नितान्त सुदिपसँग वितेका केही पलहरू अनुभूत गर्न खोजिरहेको छु । पृष्ठभूमीमा शितु खरेलले गाएको गीत “टाढा रहेको हरेक पल, आफैलाई हजारौं जुनी जस्तो, गुन्जिएको आवाज झन कहि कतै आएको तिम्रो जस्तो..............” बजिरहँदा, एफ एम रेडियोमा लामो एन्टेना जोडेर सुदिप मसँगै असरल्ल परेर पल्टिएको हाम्रो चौरमा रेडियोमा एफ.एम खोजीरहेको क्षण झल्झल्ती याद भैराखेको छ । हुन पनि, भर्खर मात्र त थियो, श्रीनगर एफ.एम हाम्रो रेडियोले टिप्न थालेको । ऊ कति एकाग्र थियो, आफ्नो काममा ? जबसम्म रेडियोले श्री नगरको परीक्षण प्रसारणलाई टपक्क टिप्ने थिएन उतिखेर सम्म ऊ अति जिज्ञासु भएर रेडियोको मिटर घुमाइ रहेको हुन्थ्यो । अँ साँच्ची ऊ हामीसँग फुटबल पनि खेल्थ्यो कहिलेकाही । हामी गोल गर्नकै लागि फुटबल खेल्थ्यौं ऊ चाँही आफ्नो टिम विरुद्ध गोल नहोस् भन्ने मनशायले मैदानमा बलको पछि पछि दौडिरहेको हुन्थ्यो । ऊ र हामीमा धेरै भिन्नताका रेखाहरू प्रष्टै थिए । ऊ भावुक मुन्छे, हामी हरदम चञ्चल मन बोकेर हिड्ने मनुवा । उसको गाम्भिर्यताले मलाई अ‍ैले लागिरहेको छ, ईश्वर पनि असल र राम्रा मान्छेहरूलाई हर तरह आफूकहाँ लिन चाहन्छ । ए...