मेरो कृतिको बाहिरी झलक कृति बिमोचन गर्दै साहित्यकार अजयमिलन श्रेष्ठ साथमा हरिक्रिश्न आचार्य (जिल्ला बिकास समिती म्याग्दीका कार्यक्रम अधिकृत) कार्यक्रममा उपस्थित सहभागीहरु यस अघि मैले १७ वर्षको उमेरमा पीडा र विछोड नामक उपन्यास प्रकाशित गरेपछि झण्डै साढे ६ वर्षको अन्तराल पछि गर्तवर्ष जेष्ठमा माउण्ट एभरेष्ट उ.आ.मा.वि को प्रकाशनमा अमान्छे नामक कविता संग्रह प्रकाशनमा ल्याएको थिएँ । र, यो पाली आफ्नो २५ औं वर्षमा प्रवेशको सुखद उपलक्ष्य पारी मेरा अनन्य मित्र राजकुमार थापा, दीपेन्द्र शर्मा र नगेन्द्र परंतपको विशेष आग्रह तथा आर्थिक सहयोगमा शिरीषका स्पन्दनहरु नामक गीति गजल संग्रह प्रकाशनमा ल्याएको छु । हिजो २३ गते म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष श्रद्धेय धनन्जय श्रेष्ठको विशेष सहयोगमा पुस्तकालयको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा जिविस म्याग्दीका कार्यक्रम अधिकृत तथा साहित्यकार हरिष्कृष्ण आचार्यज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । गीत÷गजलकार श्रद्धेय अजयमिलन श्रेष्ठज्यूले कृति विमोचन गर्नु भएको थियो भने कार्यक्रम संचालन मेरा अनन्य मित्र राजकुमार थापाज्यूले गर्नु भएको थियो । कार्...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।