हिजो एमाले नेता केपी ओलीको निवासमा ओलीद्धारा आयोजित रात्रीभोजमा प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएर पनि देशमा विद्यमान राजनीतिक गतिरोधका सम्बन्धमा ठोस निचोड निकाल्न असमर्थ रहे । सायद ओलीकोमा मज्जासँग विभिन्न व्यञ्जन व्यञ्जादी घिचे हुनन् – उनीहरु । तर मिल्न सकेन कुरा ! प्रिय अभागी नेपाली मित्रहरु ! तपाइँलाई पनि लाग्दो हो, केन्द्रमा यिनीहरु सँगै रात्रीभोजमा सरिक हुन्छन् । जिल्ला र गाउँतहमा यिनका कार्यकर्ताहरु टाउको फुटाउन मै व्यस्त छन् । धनकुटामा वाईसियल र युथफोर्सको भिडन्त पछि हिजो साँझबाट अनिश्चितकालिन कर्फयु लागेको छ भने देशभर माओवादीको पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु जारी नै छन् ।
Comments