Skip to main content

मेरो तेस्रो सन्तानको जन्म !

मेरो कृतिको बाहिरी झलक
कृति बिमोचन गर्दै साहित्यकार अजयमिलन श्रेष्ठ साथमा हरिक्रिश्न आचार्य (जिल्ला बिकास समिती म्याग्दीका कार्यक्रम अधिकृत) कार्यक्रममा उपस्थित सहभागीहरु
यस अघि मैले १७ वर्षको उमेरमा पीडा र विछोड नामक उपन्यास प्रकाशित गरेपछि झण्डै साढे ६ वर्षको अन्तराल पछि गर्तवर्ष जेष्ठमा माउण्ट एभरेष्ट उ.आ.मा.वि को प्रकाशनमा अमान्छे नामक कविता संग्रह प्रकाशनमा ल्याएको थिएँ । र, यो पाली आफ्नो २५ औं वर्षमा प्रवेशको सुखद उपलक्ष्य पारी मेरा अनन्य मित्र राजकुमार थापा, दीपेन्द्र शर्मा र नगेन्द्र परंतपको विशेष आग्रह तथा आर्थिक सहयोगमा शिरीषका स्पन्दनहरु नामक गीति गजल संग्रह प्रकाशनमा ल्याएको छु । हिजो २३ गते म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष श्रद्धेय धनन्जय श्रेष्ठको विशेष सहयोगमा पुस्तकालयको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा जिविस म्याग्दीका कार्यक्रम अधिकृत तथा साहित्यकार हरिष्कृष्ण आचार्यज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । गीत÷गजलकार श्रद्धेय अजयमिलन श्रेष्ठज्यूले कृति विमोचन गर्नु भएको थियो भने कार्यक्रम संचालन मेरा अनन्य मित्र राजकुमार थापाज्यूले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु भक्त कार्की, रामप्रसाद सुवेदी, राजु के.सी, नगेन्द्र परंतप लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अनिल निर्दोषले गजल गाउनु भएको थियो भने म्याग्दीका उदीयमान हाँस्य जोडी प्रदिप काकी तिरे र बाबुराम आचार्य तारेले आफ्ना हाँस्यव्यंग्यका कोशेली पस्केर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । मालती खत्री, टोपबहादुर कार्की, इन्द्र वियोगी, तारामिलन छन्त्याल लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...