Skip to main content

Posts

एक बिद्रोही कबिको बारेमा

साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्‍हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” न...

साला ! नेपाली हुनुको पिडा !

एकदिन राष्ट्रप्रेम मनमा अत्यन्तै गढेपछि मैले लेखेथें – " दे श रूँदा रोएन कि कठोर हाम्रा मन, देशलाई दुख्दा मलाई दुख्ने चोट पठाईदि नु !" किन बहकिएर मैले यस्तो लेख्न पुगेँ अहिले आएर बुझ्न सकेको छैन मैले, तथापि एक आम नेपाली नागरिक भएको नाताले मात्र मेरो मनमा यो भावना आएको हो भन्ने मैले बुझेको छु । हुनपनि, पछिल्ला समयमा विकसित हुँदै गएका अराष्ट्रिय गतिविधी र अराजकताले म र मजस्तै थुप्रै आम नेपालीहरुको मन दुखेको मैले नजिकैबाट अनुभव गर्न सकेको छु । पौष तेस्रो साता म काठमाडौंमा थिएँ । एकदिन रत्नपार्क जादै गर्दा त्रि–चन्द्र क्याम्पसको सडकपेटीमा म २–३ जना स्कुले विद्यार्थीहरूको एक सानो झुण्डको अगाडि हिडिँरहेको थिएँ । त्यो झुण्डको एक किशोर आवाज मैले सुनेथेँ – “साला ! मलाई नेपाली भएर जन्मिनु परेको कस्को श्रापले होला !” मलाई त्यो किशोर आवाजले स्तब्ध पा¥यो – “विचरा ! कति निर्दोष छ ऊ ? र, कस्तो विडम्बनापूर्वक आफू नेपाली हुनु परेकोमा दुःखी बनेको ! म चुपचाप अगाडि बढे । त्यो बिडम्बनायुक्त आवाज निकाल्ने किशोरलाई पछाडी फर्केरसम्म हेर्ने साहस गर्न सकिनँ । हुनपनि, उसले बोलेको यो यथार्थले मलाई बिझ...

प्रेम

अस्ति नै, उनीहरूले मलाई प्रेमको बारेमा धेरै सिकाउन खोजेका थिए । र पनि मैले बुझ्न सकिन कि, प्रेमको बारेमा । म सधैं, प्रेमलाई तौलिन खोज्थेँ व्यर्थका चिजहरूसँग गुन्द्रुकसँग, खोलेसँग । र, असारे झरीसँग । तर, आज आएर मलाई थाहा लाग्यो– प्रेम सागर रहेछ, सम्राटलाई तयार पारिएको चौरासी व्यञ्जन रहेछ । र, रहेछ माघमासको एउटा अति शान्त बर्षा जसले बेशीमा शीतलता अनि लेकमा, एक अञ्जुली हिमपुरी ल्याएर आउँछ ।                            ०६१ माघ

हामी भिखारी

हामी सबै भिखारी निरीह र विपन्न, आस्थाका भिखारी दयाका भिखारी र, परिवर्तनका भिखारी कृत्रिम आस्था घोकेर सिद्धान्त रटेर र, पिछलग्गु भएर व्यवहार शुन्यः बनेका हामी भिखारी आस्थाका । पिछडिएका अनि हुर्मत नभएका चेतनाशून्यः आत्मस्वाभिमान गुमाएका दया नपाई नबाँच्ने ओत नभइ बढ्न नसक्ने हामी भिखारी दयाका । मुठ्ठी नकस्ने संघर्ष वा आन्दोलन नहाँक्ने नबुझ्ने, नसुन्ने अनि बोध नगर्ने आशामा बाँच्ने तर केही नगर्ने सधैं पछि, अन्तिम र ओरालो झरेका हामी भिखारी परिवर्तनका ।

अमान्छे

तिमी आफू ठीक र अरू बेठीक तिमी जान्ने अनि बाँकी नजान्ने मात्र तिमी असल र अरू सबै खराब भन्दैनौ र गर्दैनौ, त्यसैले तिमी नयाँ प्राणी हौ हो, तिमी अमान्छे ! यदि तिमी विश्वस्त हुँदैनौ, चाकडी, चाप्लुसी र चम्चागिरीमा जबसम्म तिमीलाई लागिरहन्छ, सत्य, सत्य नै हो, असत्य, सधैं झुटो नै हुन्छ अब मलाई सन्देह लाग्दैन तिमीलाई भन्नलाई – ए अमान्छे ! जतिखेर तिमीलाई लाग्दैन तिमी बोल्यौ\बोलेनौ अरूलाई पोल्यौ\पोलेनौ, वा, त्यो पीडामा डुबिरहँदा तिमीले खित्का छोड्न जानेनौ, अब त साँच्चिकै प्रमाणित भयौ, तिमी संसारकै एकमात्र  – अमान्छे !

नागरिक चित्कार

केही नागरिकहरु आव्हान गर्दैछन् – दण्डहिनताको हु्ँदै भएन अन्त्य, आऔं नौला कुनै अपराध गरौं । केहि बु्रजुकहरु अपिल गर्दैछन् – अझै सुध्रिएन शासकहरुको व्योहोरा, आऔं यिनलाई बहिष्कार गरौं । आम मान्छेहरु सडकमा चिच्याई रहेछन् – देश हाँक्नेहरु हुँडार निक्ले, आऔं यिनलाई नैतिकता सिकाऔं । राष्ट्रवादीहरु विच सडकमा उफ्रिरहेछन् – देशप्रेमीहरु लोप हुन आँटे, आऔं हाम्रा छातिमा, आफ्नै देश खोजौं । तर, युग–युगदेखि म एक्लै भुत्भुतिरहेछु – कति खप्नु यस्तो पीडा ? आओ सबै पागल बनौं !

तरपनि जाति

काँडा हुन्छ गुलाफमा तरपनि जाति फूल्छ प्रीत करकापमा तरपनि जाति शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी लुक्छ प्रीत तापमा तर पनि जाति रित्तिएकी सम्झना तिम्रा छातिभरीका दुख्छ प्रीत नापमा तरपनि जाति कहाँ छुटे हातहरु थाहै नभएर सुक्छ प्रीत रापमा तरपनि जाति