साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” न...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।