उनका केहि विवादस्पद चालबाजीहरुलाई यस बखतमा माफ गर्ने हो भने साँच्चिकै उच्च राजनीतिक स्थान लिएका महान नेता थिए उनी अर्थात गिरीजाप्रसाद कोइराला ! अनि थुप्रै राजनेताहरुले स्वीकार गरेको पनि तथ्य पनि हो कि अब उनले लिएको स्थान अब कुनै पनि नेपाली नेताहरूले लिन सक्ने छैनन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अति भावुकतासाथ सञ्चारकर्मीलाई बताएका छन् – जारी शान्ति प्रक्रियाले अभिभावक गुमाएको छ, उनको अनुपस्थितीमा यो प्रक्रियाले कुन रुप लिने हो अनुमान गर्न जटिल छ ।औषत नेपालीहरुले नबाँच्ने उमेर अर्थात हिन्दु ग्रन्थमा पनि विश्वास गरिएको छ कि ८४ वर्ष पार गर्ने औसर धेरै कमलाई मिल्दछ र ती देवता नै हुन् ! थोरै भाग्यमानीलाई मात्र मिल्ने धेरै वर्ष बाँच्ने अवसर प्राप्त गरेका कोइरालाले ६ दशक सम्म आफूलाई नेपाली राजनीतिमा सक्रिय बनाइराखे र त्यतिमात्र होइन् देशमा प्रजातन्त्रको पुनसर््थापना पश्चात ः २०४६ देखि यता नेपाली केन्द्रिय राजनीति लगभग उनकै वरिपरी सिमित बन्यो । वि.सं. २०४८ जेष्ठ १६ गते पहिलो पटक प्रधानमन्त्री बन्न पुगेका कोइराला त्यसपछि विभिन्न समयमा गरी ६ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न पुगे । ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।