उनका केहि विवादस्पद चालबाजीहरुलाई यस बखतमा माफ गर्ने हो भने साँच्चिकै उच्च राजनीतिक स्थान लिएका महान नेता थिए उनी अर्थात गिरीजाप्रसाद कोइराला ! अनि थुप्रै राजनेताहरुले स्वीकार गरेको पनि तथ्य पनि हो कि अब उनले लिएको स्थान अब कुनै पनि नेपाली नेताहरूले लिन सक्ने छैनन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अति भावुकतासाथ सञ्चारकर्मीलाई बताएका छन् – जारी शान्ति प्रक्रियाले अभिभावक गुमाएको छ, उनको अनुपस्थितीमा यो प्रक्रियाले कुन रुप लिने हो अनुमान गर्न जटिल छ ।औषत नेपालीहरुले नबाँच्ने उमेर अर्थात हिन्दु ग्रन्थमा पनि विश्वास गरिएको छ कि ८४ वर्ष पार गर्ने औसर धेरै कमलाई मिल्दछ र ती देवता नै हुन् ! थोरै भाग्यमानीलाई मात्र मिल्ने धेरै वर्ष बाँच्ने अवसर प्राप्त गरेका कोइरालाले ६ दशक सम्म आफूलाई नेपाली राजनीतिमा सक्रिय बनाइराखे र त्यतिमात्र होइन् देशमा प्रजातन्त्रको पुनसर््थापना पश्चात ः २०४६ देखि यता नेपाली केन्द्रिय राजनीति लगभग उनकै वरिपरी सिमित बन्यो । वि.सं. २०४८ जेष्ठ १६ गते पहिलो पटक प्रधानमन्त्री बन्न पुगेका कोइराला त्यसपछि विभिन्न समयमा गरी ६ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न पुगे । अब उनको यो रेकर्ड सायदै विश्वमा कसैले पुरा गर्न सक्नेछ । २३ वर्षको कलिलै उमेरमा वि.सं. २००३ सालमा विराटनगर जुट मिलको मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालाले आफ्नो राजनीतिक जीवनका केही महत्वपूर्ण वर्षहरु जेलमा बिताउनु प¥यो । प्रजातन्त्रका लागि वर्षौदेखि लडाइ गर्दै आएका कोइरालाको देहावसानले नेपाली जनताहरुले प्रजातन्त्रका एक होनहार योद्धा गुमाएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एसियाकै महान नेताको संज्ञा कोइरालालाई त्यसै दिएका होइनन् उनले कोइरालाको राजनीतिक उचाईको सहि मूल्याङ्कन गर्ने प्रयास मात्र गरेका हुन् ।गिरीजाप्रसाद कोइरालाको देहावसानसँगै देशमा जारी शान्ति प्रक्रियाले एक अभिभावका गुमाउनुको साथसाथै जेष्ठ १४ गते नयाँ संविधान जारी हुने कुरामा पनि अझ अरु जटिलता थपिदिएको छ । उनको देहावसानसँगै उनकी छोरी सुजता जोष्ट कोइरालाको पनि राजनीति लगभग देहावसान हुनेछ । मलाई त गम्भिर लागेको कुरा राजदरबार हत्याकाण्डको ग्राइन्ड डिजाइनको सार्वजनीकिकरण गर्ने वाचा गरेका उनले त्यसो नगरे देशलाई ठूलो घाटा पु¥याएका छन् । तथापि उनको राजनीतिक भूमिका र क्रियाशिलता अतुलनीय छ, यी युगपुरुषले लिएको राजनीतिक उचाई अबका वर्षहरुमा नेपाली राजनेताहरुका लागि अनुकरणीय रहोस् यो नै उनीप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।