उनका केहि विवादस्पद चालबाजीहरुलाई यस बखतमा माफ गर्ने हो भने साँच्चिकै उच्च राजनीतिक स्थान लिएका महान नेता थिए उनी अर्थात गिरीजाप्रसाद कोइराला ! अनि थुप्रै राजनेताहरुले स्वीकार गरेको पनि तथ्य पनि हो कि अब उनले लिएको स्थान अब कुनै पनि नेपाली नेताहरूले लिन सक्ने छैनन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अति भावुकतासाथ सञ्चारकर्मीलाई बताएका छन् – जारी शान्ति प्रक्रियाले अभिभावक गुमाएको छ, उनको अनुपस्थितीमा यो प्रक्रियाले कुन रुप लिने हो अनुमान गर्न जटिल छ ।औषत नेपालीहरुले नबाँच्ने उमेर अर्थात हिन्दु ग्रन्थमा पनि विश्वास गरिएको छ कि ८४ वर्ष पार गर्ने औसर धेरै कमलाई मिल्दछ र ती देवता नै हुन् ! थोरै भाग्यमानीलाई मात्र मिल्ने धेरै वर्ष बाँच्ने अवसर प्राप्त गरेका कोइरालाले ६ दशक सम्म आफूलाई नेपाली राजनीतिमा सक्रिय बनाइराखे र त्यतिमात्र होइन् देशमा प्रजातन्त्रको पुनसर््थापना पश्चात ः २०४६ देखि यता नेपाली केन्द्रिय राजनीति लगभग उनकै वरिपरी सिमित बन्यो । वि.सं. २०४८ जेष्ठ १६ गते पहिलो पटक प्रधानमन्त्री बन्न पुगेका कोइराला त्यसपछि विभिन्न समयमा गरी ६ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न पुगे । अब उनको यो रेकर्ड सायदै विश्वमा कसैले पुरा गर्न सक्नेछ । २३ वर्षको कलिलै उमेरमा वि.सं. २००३ सालमा विराटनगर जुट मिलको मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालाले आफ्नो राजनीतिक जीवनका केही महत्वपूर्ण वर्षहरु जेलमा बिताउनु प¥यो । प्रजातन्त्रका लागि वर्षौदेखि लडाइ गर्दै आएका कोइरालाको देहावसानले नेपाली जनताहरुले प्रजातन्त्रका एक होनहार योद्धा गुमाएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एसियाकै महान नेताको संज्ञा कोइरालालाई त्यसै दिएका होइनन् उनले कोइरालाको राजनीतिक उचाईको सहि मूल्याङ्कन गर्ने प्रयास मात्र गरेका हुन् ।गिरीजाप्रसाद कोइरालाको देहावसानसँगै देशमा जारी शान्ति प्रक्रियाले एक अभिभावका गुमाउनुको साथसाथै जेष्ठ १४ गते नयाँ संविधान जारी हुने कुरामा पनि अझ अरु जटिलता थपिदिएको छ । उनको देहावसानसँगै उनकी छोरी सुजता जोष्ट कोइरालाको पनि राजनीति लगभग देहावसान हुनेछ । मलाई त गम्भिर लागेको कुरा राजदरबार हत्याकाण्डको ग्राइन्ड डिजाइनको सार्वजनीकिकरण गर्ने वाचा गरेका उनले त्यसो नगरे देशलाई ठूलो घाटा पु¥याएका छन् । तथापि उनको राजनीतिक भूमिका र क्रियाशिलता अतुलनीय छ, यी युगपुरुषले लिएको राजनीतिक उचाई अबका वर्षहरुमा नेपाली राजनेताहरुका लागि अनुकरणीय रहोस् यो नै उनीप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।