विदेशी नागरिकको उच्चस्तरीय संयन्त्रमा दावी

नेपालमै रहदैँ बस्दै आएका हामीहरुलाई त यहाँको राजनीतिक वृतमा हुने गरेका घटनाले अचम्म तुल्याउँदै आएका छन् झन विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालमा हुने गरेका घटनाले निकै अचम्ममा पार्छन कि भन्ने मेरो अनुमान मात्र हो । यहाँहरु नेपालको राजनीतिमा झण्डै पछिल्लो एक दशकदेखि हालीमुहाली मच्चाउँदै आएकी एक जर्मन नागरिकका बारेमा सायद जानिफकार हुनुहुन्छ होला नै । मैले यहाँ कुरा गर्न खोजेको कांग्रेस नेतृ (भन्दा पनि बढी गिरीजापुत्री) सुजता जोष्टको हो । हाल एमाले, फोरम (लोकतान्त्रिक) अरु केही झिना मसिना दलको सहकार्यमा कांग्रेससहितको सरकार छ । र, यो सरकार यति लाजमर्दो र घृणित गठबन्धनका साथ निर्माण भयो कि सरकारमा प्रतिनिधित्व गर्ने झण्डै ८० प्रतिशत भन्दा बढी मन्त्रीहरु संविधानसभाको निर्वाचनमा हारेकाहरु छन् । त्यस्तै, आफ्नो बाबुको खोल्टीबाट दिइएको चुनावी टिकटले सुजता जोष्ट संविधान सभा निर्वाचनमा मोरङ ३ बाट उठेकी थिइन तर आफ्ना प्रतिस्पर्धी उपेन्द्र यादवसँग झण्डै पाँच गुणा कम मतले पराजित भए पनि उनको पुर्पुरोमा नेपालको उपप्रधानमन्त्री खाने दाउ लेखिएको रहेछ । अब कस्को बाउ के लाग्नु ? धेरै लामो राजनीतिक प्रयास र चालबाजीका साथ उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ अहिले देशमा । यो संयन्त्र नेपाल सरकार भन्दा माथि हो वा संसदभन्दा ठूलो के हो अन्यौलता नै बाँकी छ । यसको कार्यविधी के हुने र तीन ठूला दलका प्रमुखहरु बाहेक अरु को को संयन्त्र बस्ने भन्ने कुरा विवाद र छलफलकै क्रममा छ । यति हुँदा हुँदै पनि माओवादी अध्यक्षको फरक मतका बावजुद पनि प्रधानमन्त्री माधवकुमार नेपाल संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा अटाउन पाएका छन् । तर अचम्मको कुरा त के छ भने हाल नेपाली राजनीतिमा विभिन्न कुरा बोलेर विवादमा आएकी र सबैतिर उखरमौली नेतृ भनेर चिनिएकी सुजता जोष्टले पछिल्ला विभिन्न सार्वजनिक भाषणहरुमा संयन्त्रमा परराष्ट्रमन्त्रीका हैसियतमा आफ्नो पनि उपस्थिती निक्र्यौल हुनु पर्ने बताएकी छिन् । यो कस्तो अचम्म, उनलाई राम्ररी थाहा छ की संयन्त्रमा दलका प्रमुख नेताहरु रहेका छन् न उनी कुनै दलकी प्रमुख हुन् न त भविष्यमा नै उनी हुनेछिन् । र पनि आफ्नो राजनीतिक हैसियत बिर्सिएर राखेको यो उनको कस्तो दाबी हो ? सबै एक दम छक्क परेका छन् । बाँकी उनकै ईच्छा !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)