यो भन्दा पहिले मैले पहिलो भाग लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलाई दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला । सुरक्षाकर्मीहरूले शरणार्थीहरूलाईधपाउँदै गरेको दृश्य अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भईरहेको थियो । लगातारको हिडाईले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफराईरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलाई सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।