Skip to main content

Posts

शरणार्थी बनेर बाँच्दा (दोस्रो भाग)

यो भन्दा पहिले मैले  पहिलो भाग   लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलाई दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला । सुरक्षाकर्मीहरूले शरणार्थीहरूलाईधपाउँदै गरेको दृश्य अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भईरहेको थियो । लगातारको हिडाईले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफराईरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलाई सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा...

यिनका नौटंकीले कम पीर पार्‍या छ ?

हाम्रो भविष्य सुनिश्चित छ त ः दुर्गम गाउँमा भेडा चराउँदै बालकहरू गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ? लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ?  अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........"  नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ?  मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले ...

यो पो सक्कली परीक्षा हल !

साथीहरू, मानिलिनुस् तपाइँले एउटा संस्था खोल्नुभयो, र त्यो संस्थाका लागि आवश्यक केही सय पदका लागि विज्ञापन पनि गर्नुभयो । विज्ञापन त गर्नुभयो तर आवेदन चाँहि हजारौंको पर्यो । अब त्यस्तो बेलामा ती हजार विधार्थीहरूलार्इ लिखित परिक्षा लिन पर्नेभयो भने तपाइँले तीनलार्इ कहाँ राखेर परिक्षा लिनुहुन्छ होला ? एकछिन गम्भीर भएर सोच्नुस त । तपार्इ लाग्ला आफ्नो संस्था भएकै ठाउँतिर उपलब्ध विधालय वा कलेजमा राखेर लिने । तर त्यसो हैन, तपाइँले त्यसरी निर्णय गर्दा ती विधालय वा कलेजका अध्यापनकार्यमा अबरोध हुन सक्तछ । त्यसैले त्यो बकुम्फसे आइडिया हैन नेपाली सेनाको अर्हिदमन गण परासीको आइडिया नै उपयुक्त हुन सक्ला । सबभन्दा पहिले तलको फोटो राम्रोसँग हेर्नुस । र, प्रयास गर्नुस थाहा पाउन की भैरहेछ के ? कुरो भएछ के भने, नेपाली सेनाको उक्त गणले सेनामा जवान पदका लागि भर्ना हुन आएका एक हजार एक सय दुर्इ जनाको परिक्षा स्थान अभाव भएको जनाउँदै भूमहि-भैरहवा सडक खण्डको झण्डै एक किलोमिटर लम्वाइ नै अबरूद्भ पारेर लिएछ । अब तपाइँ नै अनुमान गर्नुस भैरहवा क्षेत्रको त्यो टन्टलापूर घाममा ती परिक्षार्थी युवा / युवतीहरूले कति कसला ...

थुक्क ! उपाधीकै बेइज्जत !

बाँया तस्वीरमा लहरै बसेकाहरूलार्इ चिन्नु भयो ? सायद चिन्नु भयो होला । नचिनेको भए पख्नुस्, बिस्तारै चिन्दै गर्नुहोला । तस्बिरको बाँया छेउका दुर्इ जनालार्इ तपाइँहामीले नचिन्ने कुरै भएन । यी त हाम्रा मन मस्तिष्कबाट कहिल्यै पनि बाहिर निकाल्न नसकिने दुर्इ आदरणीय नेताज्यूहरू हुनुहुन्छ । देशका विकासमा उहाँहरूको योगदानलार्इ हामीले यहाँ शब्दमा व्यक्त गर्न सक्तैनौ । अनि साँच्ची यता दायाँ छेउका अर्का दुर्इ बेबकुफहरूलार्इ पनि चिन्नुभयो । ल चिन्नुभएन ? यि त हाम्रा देशका मात्र हैन यो धर्तीकै बोझ हुन । मलार्इ यी चारजना नेपाली पुत्रहरूले हालै हासिल गरेको विधावारिधी उपाधीले निकै खुशि तुल्याएको थियो । तर जब मैले थाहा पाएँ त्यो उपाधी त यी दायाँ पट्टी बसेका बेबकुफहरूलार्इ पनि दिइएको रहेछ । मलार्इ भाउन्न छुटेको थियो के खास लायकको गरेका छन् र यी बेबकुफहरूले ? खाल्लि सूचना प्रदान भनेर ताँइनतुँइका श्रृङ्खला बनाउने बाहेक ? अनि गार्इजात्राका अवसर पारेर हाम्रा महान नेताहरूको हुर्मत लिने बाहेक ? बन्द हडताल गर्नुहुन्न । देश विकास गर्नुपर्छ । नेपालमै बसेर इलम गर्न पर्छ । समयै संविधान बन्नुपर्छ आदि र्इत्यादि भनेर ह...

ज्ञानेन्द्र र यिनमा आखिर फरक के ?

विश्वका गरिव देशहरूको सूचीमा दोश्रो रोल नं. भएका हामी नेपालीका पूर्व राजा ज्ञानेन्द्रले तत्कालिन परिस्थितीमा तल उल्लेख गरे बमोजिम तलब भत्ताको सुविधा लिँदा रहेछन । चिनका राष्ट्रपतिले भन्दा २,४२६ गुणाबढि रकम भारतीय राष्ट्रपतिले भन्दा ३१८ गुणाबढि रकम बेलायतका राष्ट्रपतिले भन्दा १५ गुणा बढि र अमेरिका राष्ट्रपतिले भन्दा १० गुणा बढि रकम राजाका हैसियतमा उनले तत्कालिन अवस्थामा बार्षिक रू. ६१ करोड ९१ लाख लिने गर्दथे । आफ्नो ६ सदस्यीय परिवारका लागि उनले सन् २००३ देखि २००५ को ३ वर्षको अवधीमा १ अरब ६ करोड ४५ लाख रकम राज्यको ढुकुटीबाट लिएका थिए । त्यति छोटो अवधीमा त्यत्रो रकम लिने राजालार्इ पालिरहेका हामी नेपालीका टाउकोमा टेकेका ज्ञानेन्द्रलार्इ ६२ \ ६३ गुराँश आन्दोलनले बढार्यो । तर साधारण नागरिकको हैसियतमा रहेका भनिएका उनलार्इ अझै राज्यले विशेष सुरक्षा प्रदान गरिरहेको छ । यो सब हाम्रा निकम्मा नेताहरूले गरिरहेछन् भन्दा अत्युक्ति नहोला । यसरी हामीले हाम्रा ढुकुटी रित्याएका ज्ञानेन्द्रलार्इ त हटायौं तर अझै खास उद्देश्यका लागि निर्वाचित गरि पठाइएका छोटे राजाहरूलार्इ पनि हटाउनु पर्ने अवस्था आएको हो कि ...

नजित्ने चुनावमा १९ लाख खर्च ??

संविधान सभा भवनभित्र प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलले नवौ पटक हार्ने कार्यक्रम चलिरहेका समयमा   News 24  सँग सडकमा आफ्नो मत दिदैं गरेका एक स्कुले टिठाले अति गम्भीर ढंगले प्रतिक्रिया दिदै भने , “ बाहिर बाहिर बेइज्जत भैसक्यो । ”  मलार्इ लाग्यो ,  आफूलार्इ देशको सर्वेसर्वा ठान्नेहरूले गरिरहेको बेइज्जतीका विषयमा आफ्नो कुनै हैसियत नभएका तपाइँ हामीभन्दा पनि साना ती किशोरमा कति धेरै चिन्ता  ? देशको राजस्व खर्चको फेहरिस्त हेर्दा ,  नवौ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा झण्डै १९ लाख झ्वाम भैसकेछ त्यो पनि सभासदहरूलार्इ बैठक भत्ता र सवारी सुविधा वापतको खर्च  दिदा । बैठक भत्ता स्वरूप एउटा सभासदले २ सय रूपैयाँ पाउँदो रहिछ । जबकी हाम्रो देशको प्रतिव्यक्ति औसत आम्दानी दैनिक १ डलर भन्दा कम छ । जनताहरू भोकभोकै बस्ने सभासदहरू भत्ताचाँहि चपाउने तर प्रधानमन्त्रीको छनोट पनि गर्न नसक्ने  ?  कस्तो जात्रा हो ,  यो  ?  हुन त त्यसरी दुःखी भैहाल्नु पर्ने अवस्था पनि हैन । कम्तीमा पनि विश्व रेकर्डमा दुर्इ चार कुराहरू थप्न सकेका छ...

थापादार्इ, रूप्से र ती अप्ठ्याराहरू

नीराजन शिरीष म विश्वभर प्रसिद्द रूप्से छहरामा धेरै पटक पुगेको छु । र, नजिकबाट नियालेको पनि छु । त्यसैले होला, रूप्से भन्दा बित्तिकै झल्याँस्स याद आउँछ, सतत् बगिरहने छहरा । अपवादलार्इ छोड्ने हो भने रूप्से साप्ताहिक मात्र म्याग्दीकै पत्रकारीताको इतिहासमा हालसम्मकै एउटा यस्तो पत्रिका, जुन ८ वर्षसम्म निरन्तर प्रकाशित हुँदै जिल्लाका ४१ वटै गा.वि.स. मा पुगेको सायदै एक्लो पत्रिका हो । म व्यक्तिगत रूपमा रूप्सेले मेरो लेखनीलार्इ धेरै हदसम्म खारेको मान्दछु । यसले मेरो लेखनीको एक महत्वपूर्ण उद्देश्य “ शिरीष ” भएर चिनिने मौका दिएको हो भन्न मलार्इ केहि अप्ठ्यारो लाग्दैन । म शहरमा गुमनाम मान्छे थिएँ । मेरो परिचय म्याग्दी क्याम्पसको विधार्थी र माउण्ट एभरेष्ट आवासिय मा.वि. (हाल उ.मा.वि) को शिक्षकमै खुम्चिरहेको थियो । मैले चाहे जस्तो एउटा सिमित घेराबाट बाहिर आउने परिचय मलार्इ रूप्सेले दिलायो । म लेख्दा प्रशंसित भएको अनुभव छ, घेरिएको अनुभव छ, मोवाइलमा धम्की आएको अनुभव छ र जिल्लाका कुनै एक क्रान्तिकारी नेताले “ निकै चढेछ ...... को छोरो, कस्तो जण्ड रहेछ ” भनेर टिप्पणी गरेको सुनेको अनुभव छ । यस्त...