Skip to main content

शरणार्थी बनेर बाँच्दा (दोस्रो भाग)

यो भन्दा पहिले मैले पहिलो भाग  लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलाई दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला ।

सुरक्षाकर्मीहरूले शरणार्थीहरूलाईधपाउँदै गरेको दृश्य
अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भईरहेको थियो । लगातारको हिडाईले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफराईरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलाई सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा भएका हरूलाई केहिबेर आराम गर्न भने । हामीहरू सुत्ने तरखरमा लाग्यौ । सबैजना आराम गर्ने शुरसार गरिरहेका थिए । 
रेडक्रसले बाँडेको खाना खाँदै शरणार्थीहरू
लगातारको ८ घण्टासम्म शरणार्थीको भूमिका निर्वाह आफैमा कठिन काम थियो । हिडाई, दुगुराई र तनावका बिच त्यती धेरै समय पछि थकान मेट्न पाएकाले म मस्त निन्द्रामा परेँ । मान्छेहरू खासखुस गरेको सुनेपछि म उठेँ । खासमा मेरो बहिनी मोबिताको भूमिकामा भएकी दिक्षीले मलाई उठाएकी थिईन । रेडक्रसका स्वयंसेवकहरूले हामीलाई खाना ल्याएर बाँडे । त्यहाँ हामीले अपेक्षा गरे अनुसारको खाना थिएन । उनीहरूले निश्चित परिमाणको खाना खान मात्र दिए । त्यो भएपनि लिन पाउनु हाम्रो लागि भाग्यको कुरो थियो । रेडक्रसका स्वयंसेवकहरूले हामीलाई भने‑ तपाइँहरूले कम्तीमा पनि हाम्रो शिविर भेट्नु भयो, जोखेर वा नापेर दिईएको भए पनि खाना खान पाउनु भयो । पानी पिउन पाउनुभयो । सायद तपाईहरूलाई आवश्यक आराम पनि पुग्यो होला तपाइँहरू जान सक्नुहुन्छ । हामी त्यहाँबाट फेरि हिड्यौ । मेरा परिवारका सदस्यहरू भन्दै थिए, हामीहरू बल्ल साउदी अरबबाट हिड्यौ । अझ हामीहरूले धेरै हिड्नु थियो । समय थाहा पाउनलाई हामीसँग घडि पनि थिएन । हामीहरू चुपचाप हिडिरहेका थियौ । मेरा मनमा अनेकन प्रश्नहरू उब्जिन थाले । शरणार्थीको भूमिका २४ घण्टासम्म मात्र निर्वाह गरिहेको यो वीचमा मलाई यति धेरै छटपटी भैरहेछ भने वास्तविक शरणार्थीहरूको झन के हालत हुन्छ होला ? हिडेको हिडै छ, बिसाउने ठाउँ आउने हैन । यस्सो आकाशतिर हेरेँ र अनुमान लगाएँ, सायद ११ जति बजेको हुनुपर्छ । विभिन्न देशका सिमाहरू पार गर्ने बेलामा थुप्रै खाले यातना सहनु पर्यो । शारीरिक भन्दा पनि मानसिक यातना बडो दुखदायी हुँदो रहिछ । जबजब हामी सीमामा आइपुग्थ्यौं, तबतब हाम्रो मुटुको धड्कन अझ बढी बढेर जान्थ्यो ।
सीमामा शरणार्थीहरूलाथर्कमान पार्दै एक सुरक्षाकर्मी
सिमामा सुरक्षाकर्मीको भूमिकामा भएकाहरू हामीलाई नानाथरी कुराहरू सोध्दथें । र, खेल शुरू हुनुभन्दा पहिले हामीलाई दिइएका पैसाहरू मध्ये केही माग्थे पनि । पैसा हाता नपरिन्जेल उनीहरूले सीमा पार गर्नै दिदैनथें । यसरी ७/८ घण्टा भन्दा बढी समय हिडेपछि हामी अगाडि खेल शुरू भएको ठाउँमै फर्कयौ । सायद बिहानपखको ३ वा साढे तीन जति भएको हुनुपर्छ । नर्वेमा आइपुगेको भन्दै उनीहरूले हामीहरूलाई केही फर्महरू भर्नका लागि अनुरोध गरे । हामीहरूले ती फर्महरू भर्यौ । ती फर्महरू नर्वेमा शरणार्थी भएको आधार पेश गरी नर्वेमै स्था रूपमा बस्नका लागि भरिने आवेदन फर्महरू रैछन् । वास्तविक जीवनमा पनि विश्वका विभिन्न ठाउँबाट शरणार्थीका रूपमा नर्वे प्रवेश गर्नेहरूले असालम सेन्टरहरूमा पुगेपछि त्यस्ता आवेदनहरू भर्दा रहेछन् । आवेदनमाथि गहन अध्ययन गरिएपछि मात्र आवेदक साँच्चीकै शरणार्थी हो वा हैन भन्ने कुराको जाँच पनि हुँदोरहेछ । हामीला बताइए अनुसार, यस्ता आवेदनहरूमा गम्भीर अनुसन्धान हुने गर्दछ, यदि आवेदकलाआफ्नो देशमा बस्न असुरक्षा छैन भन्ने कुराको ग्यारेन्टी सम्बन्धित राज्यले स्वीकार गरेमा आवेदकले नर्वेमा आवसीय स्वीकृति नपाउँदो रहिछ ।  
विहान उठ्दा मेरो हालत
फर्महरू भरिसके पछि हामीलाई सुत्नका लागि भनियो । हामीहरू सुत्यौ । त्यति लामो हिडाई पछिको सुताई भएर होला सुताईको मज्जा नै बेग्लै महशुस भयो, मलाई । म एकैछिनमा नै भुस परेँ ।
भोलीपल्ट बिहान ९ बजेतिर हामीहरूलाई उठ्न भनियो । हामीहरू उठ्यौ ।  हामीहरूलाई विभिन्न जाँच, अन्तरवार्ता लिने काम गरियो । धेरै कुराहरू सोध्ने कामहरू भयो । हामीहरूले पनि त्यसै गर्यौ । केहि समय फेरि हामीहरूलाई आराम गर्नका लागि भनियो । हामीहरूले त्यसै गर्यौ । लगभग अब हामीहरू २४ घण्टे खेलको अन्त्य अन्त्य तिर आईपुगेका थियौ । उनीहरूले एउटा खामभित्र केही ल्याएर हामी सबैजनालाई दिए । र, भने अब तपाइँहरू नर्वे बस्ने अनुमति छ वा छैन भन्ने त्यो खामभित्रको पत्रले खुलस्त पार्दछ । हामीहरूले आ-आफ्ना खामहरू खोलेर हेर्यौ, हाम्रा परिवारका सदस्यहरूको कसैको पनि आवेदन स्वीकृत भएको थिएन । त्यहाँ शरणार्थीको भूमिकामा रहेका हामीजस्तै अरू दुई परिवारहरू पनि थिए । जसमध्ये जम्मा एक परिवारको त्यो पनि एक जनाको मात्र नर्वे बस्ने आवेदन स्वीकृत गरिएको थियो । अब फेरि हामीहरूलाई आफ्नो देश सोमालिया फर्कन लागि तयार हुन भनियो । हामीहरू सबैले चुपचाप आफ्ना गुण्टाहरू बोक्यौं र त्यहाँबाट हिड्यौ ।
सोमालियाबाट निस्कने एक शरणार्थीको यात्रा रूट

यसरी हाम्रो २४ घण्टे शरणार्थीको भूमिका निभाउने खेल सकिएको थियो । खेल सिद्दिएपछि समिक्षाका लागि हामीहरू एकै स्थानमा भेला भयौं । र, समीक्षाको काम शुरू हुन थाल्यो । प्रशिक्षकहरू मध्येको एकले खेलमा सफलतापूर्वक भाग लिएकोमा बधाई दिदै भन्न थाले – तपाइँहरू जम्माजम्मी ७ घण्टा हिड्नुभयो । तर वास्तविक जीवनमा एकजना शरणार्थीले एकदिनमा कम्तीमा १४ घण्टासम्म हिड्नु पर्ने हुन्छ । सोमालियाबाट हिडेको एउटा शरणार्थीले उसले सोचे भन्दा धेरे देशहरू भएर हिड्नु पर्ने हुन्छ । विभिन्न देशका सीमारेखा पार गर्नु पर्ने हुन्छ । उसला सीमा पार गर्दा तपाइँ हामीले खेलमा खेले झैँ सजिलो हुँदैन । कतिपय शरणार्थीहरूको ज्यान समेत जाने गर्दछ सिमाहरूमा । सोमालियाबाट हिडेको उक्त शरणार्थीले एडन खाडी पार गरेपछि यमन पुग्दछ । त्यसपछि साउदी अरब हुँदै उसको यात्रा इराक, सिरिया, टर्की, बुल्गेरिया, रूमानिया, हंगेरी, स्लोभाकिया, चेक गणतन्त्र हुँदै पोल्याण्डमा पुग्दछ । बाल्टिक सागर पार गरेपछि मात्र उ स्वीडेन आइपुग्छ । यसरी स्वीडेन हुँदै नर्वे आउने एक जना सोमालियन शरणार्थीले एक दर्जनभन्दा बढी देशको सीमाहरू पार गरेर नर्व आइपुग्दछ । उ नर्वे त आउँछ तर यहाँ आएर पनि उसले आवासिय अनुमतिका लागि दिएको आवेदन स्वीकृत हुन्छ नै भन्ने छैन । प्रतिवर्ष जम्मा आवेदन दिएकाहरू मध्ये औसतमा १० प्रतिशतको आवेदनला मात्र स्वीकृत प्रदान गरिने अवस्था हुन्छ । अब तपाइँहरू नै अनुमान गर्नुस कि नर्वे बस्ने सपना सजाएर आएको एक शरणार्थिले यहाँ बस्न पाउने अधिकार प्राप्त नगरेपछि उसला कति पीडा हुन्छ होला ?
खेलको दौरानमा यहाँहरूले रेडक्रसको शिविर भेट्नु भयो । कम्तीमा पनि केहि घण्टाको हिडाँइ पश्चातः तिर्खा मेटाउन पाउनुभयो । अलिकति भए पनि खान पाउनुभयो । त्यसमा तपाइँहरू निकै भाग्यमानि हुनुहुन्छ । तर वास्तविक जीवनमा लाखौं शरणार्थीहरूले रेडक्रसको शिविर भेटिरहेका हुँदैनन् । अब तपाइँहरू अनुमान गर्नुस उनीहरूको पीडा कस्तो हुन्छ । 
बाँयाबाट क्रमशः मेरो आमा, बाबा, सौतेनी आमा, बहिनी, सौतेनी बहिनी, म, बहिनी र काका

उनले अझै भन्दै गए, "तपाइँहरूले सीमामा के दुख झेल्नु भयो र ? सुरक्षाकर्मीको भूमिकामा भएको एकजना व्यक्तिले शरणार्थीको भूमिकामा भएको अर्कोजना व्यक्ति तपाइँहरूला देखाएको त्यो एउटा सामान्य व्यवहार मात्र थियो । बास्तबिक पीडाला न त अभिनय गर्न सकिन्छ न त अभिनयबाट अनुभूति गर्न नै । हामीले यो पनि बिर्सनु हुँदैन कि शरणार्थीहरूले सुरक्षित जीवन यापनको लालशामा गर्ने यो भागदौडमा कतिपय उनीहरूले आफ्नो ज्यान पनि गुमाउनु पर्ने हुन्छ ।

यो खेल खेलेपछि मेरो मनमा लाग्यो, यसरी नै मेरो देशको हालत बिग्रदै जाने हो र द्भन्दले ठाउँ लिइराख्ने हो भने हामी धेरै नेपालीको भविष्य मैले २४ घण्टामा खेलेको झै वास्तविकतामा भोग्नु पर्ने त हैन् । हे भगवान, जतिसुकै दुख दिन सक्छौ मलाई देशभित्र नै देऊ तर बिन्ती शरणार्थी नबनाइदेऊ । यस चौविस घण्टे खेलका तस्वीरहरू हेर्न यहाँबाट भित्र छिर्नुस ।

Comments

  1. आँसु'भगवान चोखाल7/10/10 3:33 PM

    अो हो दाजु नीकै मजा अायो पढदा त । तर दु:ख पनि तेतीनै लाग्यो । दु:ख नै जीबनको अभीन अर्ङ्ग हो प्रयास गरनुभाको छ सफल हुन्छ । सफलताको शुभकामना धन्यवाद ।।।

    ReplyDelete
  2. dai saranarthi huda ko khabar sunda maro man nai shirringa bhayo tc enjoy ur lyf

    ReplyDelete
  3. Prakash Sapkota7/10/10 9:44 PM

    Ramro lagyo. Lekhdai janu hola...Shubhakamana...

    ReplyDelete
  4. Nirajan sir really great writing man..........really the plight of refugees are beyond our understanding. what you did was just a act and even that as you say is so hard to tolerate and really to the real peoples suffering and living such difficulties must be beyond description. nice work sir
    such an opportunity make us know how important is life....so such experience must have given you sensitivity to do something for those victims
    great thing that you imparted us thank u Nirajan sir
    sailesh shrestha

    ReplyDelete
  5. Nirajan sir really great writing man..........really the plight of refugees are beyond our understanding. what you did was just a act and even that as you say is so hard to tolerate and really to the real peoples suffering and living such difficulties must be beyond description. nice work sir
    such an opportunity make us know how important is life....so such experience must have given you sensitivity to do something for those victims
    great thing that you imparted us thank u Nirajan sir
    sailesh shrestha

    ReplyDelete
  6. Prakash Sapkota12/1/11 5:51 PM

    Ramro lagyo. Lekhdai janu hola...Shubhakamana...

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...