यो भन्दा पहिले मैले पहिलो भाग लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलाई दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला ।
अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भईरहेको थियो । लगातारको हिडाईले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफराईरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलाई सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा भएका हरूलाई केहिबेर आराम गर्न भने । हामीहरू सुत्ने तरखरमा लाग्यौ । सबैजना आराम गर्ने शुरसार गरिरहेका थिए ।
लगातारको ८ घण्टासम्म शरणार्थीको भूमिका निर्वाह आफैमा कठिन काम थियो । हिडाई, दुगुराई र तनावका बिच त्यती धेरै समय पछि थकान मेट्न पाएकाले म मस्त निन्द्रामा परेँ । मान्छेहरू खासखुस गरेको सुनेपछि म उठेँ । खासमा मेरो बहिनी मोबिताको भूमिकामा भएकी दिक्षीले मलाई उठाएकी थिईन । रेडक्रसका स्वयंसेवकहरूले हामीलाई खाना ल्याएर बाँडे । त्यहाँ हामीले अपेक्षा गरे अनुसारको खाना थिएन । उनीहरूले निश्चित परिमाणको खाना खान मात्र दिए । त्यो भएपनि लिन पाउनु हाम्रो लागि भाग्यको कुरो थियो । रेडक्रसका स्वयंसेवकहरूले हामीलाई भने‑ तपाइँहरूले कम्तीमा पनि हाम्रो शिविर भेट्नु भयो, जोखेर वा नापेर दिईएको भए पनि खाना खान पाउनु भयो । पानी पिउन पाउनुभयो । सायद तपाईहरूलाई आवश्यक आराम पनि पुग्यो होला तपाइँहरू जान सक्नुहुन्छ । हामी त्यहाँबाट फेरि हिड्यौ । मेरा परिवारका सदस्यहरू भन्दै थिए, हामीहरू बल्ल साउदी अरबबाट हिड्यौ । अझ हामीहरूले धेरै हिड्नु थियो । समय थाहा पाउनलाई हामीसँग घडि पनि थिएन । हामीहरू चुपचाप हिडिरहेका थियौ । मेरा मनमा अनेकन प्रश्नहरू उब्जिन थाले । शरणार्थीको भूमिका २४ घण्टासम्म मात्र निर्वाह गरिहेको यो वीचमा मलाई यति धेरै छटपटी भैरहेछ भने वास्तविक शरणार्थीहरूको झन के हालत हुन्छ होला ? हिडेको हिडै छ, बिसाउने ठाउँ आउने हैन । यस्सो आकाशतिर हेरेँ र अनुमान लगाएँ, सायद ११ जति बजेको हुनुपर्छ । विभिन्न देशका सिमाहरू पार गर्ने बेलामा थुप्रै खाले यातना सहनु पर्यो । शारीरिक भन्दा पनि मानसिक यातना बडो दुखदायी हुँदो रहिछ । जबजब हामी सीमामा आइपुग्थ्यौं, तबतब हाम्रो मुटुको धड्कन अझ बढी बढेर जान्थ्यो ।
रेडक्रसले बाँडेको खाना खाँदै शरणार्थीहरू |
सीमामा शरणार्थीहरूलाईथर्कमान पार्दै एक सुरक्षाकर्मी |
विहान उठ्दा मेरो हालत |
भोलीपल्ट बिहान ९ बजेतिर हामीहरूलाई उठ्न भनियो । हामीहरू उठ्यौ । हामीहरूलाई विभिन्न जाँच, अन्तरवार्ता लिने काम गरियो । धेरै कुराहरू सोध्ने कामहरू भयो । हामीहरूले पनि त्यसै गर्यौ । केहि समय फेरि हामीहरूलाई आराम गर्नका लागि भनियो । हामीहरूले त्यसै गर्यौ । लगभग अब हामीहरू २४ घण्टे खेलको अन्त्य अन्त्य तिर आईपुगेका थियौ । उनीहरूले एउटा खामभित्र केही ल्याएर हामी सबैजनालाई दिए । र, भने अब तपाइँहरू नर्वे बस्ने अनुमति छ वा छैन भन्ने त्यो खामभित्रको पत्रले खुलस्त पार्दछ । हामीहरूले आ-आफ्ना खामहरू खोलेर हेर्यौ, हाम्रा परिवारका सदस्यहरूको कसैको पनि आवेदन स्वीकृत भएको थिएन । त्यहाँ शरणार्थीको भूमिकामा रहेका हामीजस्तै अरू दुई परिवारहरू पनि थिए । जसमध्ये जम्मा एक परिवारको त्यो पनि एक जनाको मात्र नर्वे बस्ने आवेदन स्वीकृत गरिएको थियो । अब फेरि हामीहरूलाई आफ्नो देश सोमालिया फर्कन लागि तयार हुन भनियो । हामीहरू सबैले चुपचाप आफ्ना गुण्टाहरू बोक्यौं र त्यहाँबाट हिड्यौ ।
![]() |
सोमालियाबाट निस्कने एक शरणार्थीको यात्रा रूट |
खेलको दौरानमा यहाँहरूले रेडक्रसको शिविर भेट्नु भयो । कम्तीमा पनि केहि घण्टाको हिडाँइ पश्चातः तिर्खा मेटाउन पाउनुभयो । अलिकति भए पनि खान पाउनुभयो । त्यसमा तपाइँहरू निकै भाग्यमानि हुनुहुन्छ । तर वास्तविक जीवनमा लाखौं शरणार्थीहरूले रेडक्रसको शिविर भेटिरहेका हुँदैनन् । अब तपाइँहरू अनुमान गर्नुस उनीहरूको पीडा कस्तो हुन्छ ।
उनले अझै भन्दै गए, "तपाइँहरूले सीमामा के दुख झेल्नु भयो र ? सुरक्षाकर्मीको भूमिकामा भएको एकजना व्यक्तिले शरणार्थीको भूमिकामा भएको अर्कोजना व्यक्ति तपाइँहरूलाई देखाएको त्यो एउटा सामान्य व्यवहार मात्र थियो । बास्तबिक पीडालाई न त अभिनय गर्न सकिन्छ न त अभिनयबाट अनुभूति गर्न नै । हामीले यो पनि बिर्सनु हुँदैन कि शरणार्थीहरूले सुरक्षित जीवन यापनको लालशामा गर्ने यो भागदौडमा कतिपय उनीहरूले आफ्नो ज्यान पनि गुमाउनु पर्ने हुन्छ ।
बाँयाबाट क्रमशः मेरो आमा, बाबा, सौतेनी आमा, बहिनी, सौतेनी बहिनी, म, बहिनी र काका |
यो खेल खेलेपछि मेरो मनमा लाग्यो, यसरी नै मेरो देशको हालत बिग्रदै जाने हो र द्भन्दले ठाउँ लिइराख्ने हो भने हामी धेरै नेपालीको भविष्य मैले २४ घण्टामा खेलेको झै वास्तविकतामा भोग्नु पर्ने त हैन् । हे भगवान, जतिसुकै दुख दिन सक्छौ मलाई देशभित्र नै देऊ तर बिन्ती शरणार्थी नबनाइदेऊ । यस चौविस घण्टे खेलका तस्वीरहरू हेर्न यहाँबाट भित्र छिर्नुस ।
अो हो दाजु नीकै मजा अायो पढदा त । तर दु:ख पनि तेतीनै लाग्यो । दु:ख नै जीबनको अभीन अर्ङ्ग हो प्रयास गरनुभाको छ सफल हुन्छ । सफलताको शुभकामना धन्यवाद ।।।
ReplyDeletedai saranarthi huda ko khabar sunda maro man nai shirringa bhayo tc enjoy ur lyf
ReplyDeleteRamro lagyo. Lekhdai janu hola...Shubhakamana...
ReplyDeleteNirajan sir really great writing man..........really the plight of refugees are beyond our understanding. what you did was just a act and even that as you say is so hard to tolerate and really to the real peoples suffering and living such difficulties must be beyond description. nice work sir
ReplyDeletesuch an opportunity make us know how important is life....so such experience must have given you sensitivity to do something for those victims
great thing that you imparted us thank u Nirajan sir
sailesh shrestha
Nirajan sir really great writing man..........really the plight of refugees are beyond our understanding. what you did was just a act and even that as you say is so hard to tolerate and really to the real peoples suffering and living such difficulties must be beyond description. nice work sir
ReplyDeletesuch an opportunity make us know how important is life....so such experience must have given you sensitivity to do something for those victims
great thing that you imparted us thank u Nirajan sir
sailesh shrestha
Ramro lagyo. Lekhdai janu hola...Shubhakamana...
ReplyDelete