Skip to main content

ज्ञानेन्द्र र यिनमा आखिर फरक के ?

विश्वका गरिव देशहरूको सूचीमा दोश्रो रोल नं. भएका हामी नेपालीका पूर्व राजा ज्ञानेन्द्रले तत्कालिन परिस्थितीमा तल उल्लेख गरे बमोजिम तलब भत्ताको सुविधा लिँदा रहेछन ।
चिनका राष्ट्रपतिले भन्दा २,४२६ गुणाबढि रकम
भारतीय राष्ट्रपतिले भन्दा ३१८ गुणाबढि रकम
बेलायतका राष्ट्रपतिले भन्दा १५ गुणा बढि र अमेरिका राष्ट्रपतिले भन्दा १० गुणा बढि रकम
राजाका हैसियतमा उनले तत्कालिन अवस्थामा बार्षिक रू. ६१ करोड ९१ लाख लिने गर्दथे । आफ्नो ६ सदस्यीय परिवारका लागि उनले सन् २००३ देखि २००५ को ३ वर्षको अवधीमा १ अरब ६ करोड ४५ लाख रकम राज्यको ढुकुटीबाट लिएका थिए । त्यति छोटो अवधीमा त्यत्रो रकम लिने राजालार्इ पालिरहेका हामी नेपालीका टाउकोमा टेकेका ज्ञानेन्द्रलार्इ ६२\६३ गुराँश आन्दोलनले बढार्यो । तर साधारण नागरिकको हैसियतमा रहेका भनिएका उनलार्इ अझै राज्यले विशेष सुरक्षा प्रदान गरिरहेको छ । यो सब हाम्रा निकम्मा नेताहरूले गरिरहेछन् भन्दा अत्युक्ति नहोला । यसरी हामीले हाम्रा ढुकुटी रित्याएका ज्ञानेन्द्रलार्इ त हटायौं तर अझै खास उद्देश्यका लागि निर्वाचित गरि पठाइएका छोटे राजाहरूलार्इ पनि हटाउनु पर्ने अवस्था आएको हो कि ? भन्ने लागेको छ । अब तल हेर्नुस हाम्रा सभासदहरूले तलब\भत्ता सुविधा वापत मासिक रूपमा बुझ्ने रकमः
पारिश्रमीक २६,११० (एक आम नेपालीको मासिक औसत आय ३ हजार नेपाली रूपैयाँ भन्दा कम छ ।)
धारा बिजुली १२००
टेलिफोन २०००
निवास ६५००
मसलन्द १०००
पत्रपत्रिका ३००
नीजिसहायकः शाखा अधिकृतको शुरूको तलब अर्थात १५ हजार नेपाली रूपैयाँ
 (लगभग सबैजसोले नीजि सहायकका रूपमा आफ्ना नातेदार वा पार्टीका कार्यकर्ता राखेका छन ।)
५ सदस्यीय एक आम नेपाली नागरिकको परिवारले मासिक औसतमा खर्च गर्ने रकम भन्दा बढी रकम उनीहरूका आलिशान फ्ल्याटमा खर्च हुँदो रहिछ । न उद्देश्य अनुरूपको काम गरेका छन न जनताका पीर बुझेका छन् । त्यसैले त भन्न मन लाग्छ मलार्इ, १ जना राजा त फाल्यौं तर ६०० भन्दा बढी छोटे राजाहरू पालिरहेका छौं । नेता जनताका दास हुन भन्ने विश्वव्यापी मान्यता छ । तर हाम्रो देशमा यसको ठीक उल्टो नेताहरू जनताका मालिक बन्ने प्रचलन बढ्दो छ ।
संविधान सभा निर्वाचनबाट निर्वाचित तथा समानुपातिकबाट निर्वाचित ६०१ सभासदहरूले पछिल्लो २९ महिनामा देशको ढुकुटीबाट करिब १ अरब ४ करोड ५७ लाख ४० हजार भन्दाबढी रकम खर्च गरिसकेका छन् । यसमा मन्त्री भए बापत मन्त्रीहरूले पाउने गरेको तलब तथा भत्ता सुविधा समावेश गरिएको छैन । कम्तिमा पनि एक जना मन्त्रीले १ लाख भन्दा बढीको सुविधा लिने गर्दछ । तपाइँहरू अनुमान लगाउनुस् कहिल्यै सानो मन्त्रीमण्डल नहुने हाम्रो देशमा तिनले कति राजस्व भुत्याउछन् होला ।
संविधानसभाको म्याद अवधी १ वर्ष थप गरेको पनि ४ महिना बितिसक्यो, अब बाँकी ८ महिना मात्र बाँकी छ । अबको ८ महिनामा पनि यिनले संविधान बनाउन सकेनन भने यी खार्इदेउ राष्ट्रघातीहरूलार्इ हामी सारा देशभक्त नेपालीहरू मिलेर काकडभिट्टा पारी लखेट्नु पर्दछ । र, साँच्चीकै देशलार्इ माया गर्नेहरूको खोजी गरी राज्य संचालनको जिम्मा लगाउनु पर्दछ । जय देश । जय जनता ।


Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...