Skip to main content

नजित्ने चुनावमा १९ लाख खर्च ??


संविधान सभा भवनभित्र प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलले नवौ पटक हार्ने कार्यक्रम चलिरहेका समयमा News 24 सँग सडकमा आफ्नो मत दिदैं गरेका एक स्कुले टिठाले अति गम्भीर ढंगले प्रतिक्रिया दिदै भने, “बाहिर बाहिर बेइज्जत भैसक्यो ।” मलार्इ लाग्योआफूलार्इ देशको सर्वेसर्वा ठान्नेहरूले गरिरहेको बेइज्जतीका विषयमा आफ्नो कुनै हैसियत नभएका तपाइँ हामीभन्दा पनि साना ती किशोरमा कति धेरै चिन्ता ?

देशको राजस्व खर्चको फेहरिस्त हेर्दानवौ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा झण्डै १९ लाख झ्वाम भैसकेछ त्यो पनि सभासदहरूलार्इ बैठक भत्ता र सवारी सुविधा वापतको खर्च  दिदा । बैठक भत्ता स्वरूप एउटा सभासदले २ सय रूपैयाँ पाउँदो रहिछ । जबकी हाम्रो देशको प्रतिव्यक्ति औसत आम्दानी दैनिक १ डलर भन्दा कम छ । जनताहरू भोकभोकै बस्ने सभासदहरू भत्ताचाँहि चपाउने तर प्रधानमन्त्रीको छनोट पनि गर्न नसक्ने ? कस्तो जात्रा होयो ? हुन त त्यसरी दुःखी भैहाल्नु पर्ने अवस्था पनि हैन । कम्तीमा पनि विश्व रेकर्डमा दुर्इ चार कुराहरू थप्न सकेका छौ । संसदीय निर्वाचनमा दुर्इ वटा निर्वाचन क्षेत्रबाट
हारेका व्यक्ति प्रधानमन्त्री भए । दुर्इ वटा निर्वाचन क्षेत्रबाट जितेको रेकर्ड राखेका प्रचण्ड कमरेड सात पटकसम्म प्रधानमन्त्रीको चुनाव हारे । अब धेरै बेइज्जति के सहनु भन्ने लागेर अहिले चाँहि हार्ने प्रतिस्पर्धा हात उठाउने चेतना उनमा ढिलाइ भए पनि आयो । तर अर्का नेतारामचन्द्र पौडेलले चाँहि अझै च्याँख मारेका छैन । उनको ब्रम्हले सोच्दो हो, “हारेँ त म हारेँ अरूलार्इ के भयो ? अझसम्म विश्वमा आफूमात्र एक्लो प्रतिस्पर्धी भएर कोही माइकिलाल छप्रतिस्पर्धा हारेको ? म भएँ । किन एक\दुर्इ चोटीको मात्र रेकर्ड राख्ने ? अब रेकर्ड राखिहाल्यो\७ चोटीको नै राख्ने नि ? भोली कसैले त्यो तोड्ने सम्भावना नै हुँदैन ।” उहिलेका रामचन्द्र त जित्नेहरूका आदर्श बनेका थिएपरास्त गर्नेमा माहिर मानिन्थे । अहिले चाँहि रामचन्द्र भनेको हार्ने मान्छे हो भन्दा पनि फरक नपर्ला । अब तपाइँहरू नै भन्नुस नौ\नौ पटकसम्म हारेर पनि नथाक्ने मान्छेलार्इ के नामले पुकार्ने ? खै सुन्छुइन्डियामा लखनउ हाइ कोर्टले बाबरी मस्जिद भएको ठाउँ रामचन्द्रको जन्मथलो भएको घोषणा गर्यो रेयो कुरो सुन्दा मेरो पनि एउटा ख्याल आएको छइ रामचन्द्र लगायत उनका चुनावमा भोट हाल्ने\नहाल्ने सबै खालका वानर सेनाहरूलार्इ उतैतिर धपाउँदा ठिक हुन्थ्यो कि ?


अब यो मन दुखाउने मात्र कुरा कति गरिराख्ने ? किन निराश हुने ? अब यस्सो मन बुझाउने कुरा पनि सुनौं न । एमालेका अध्यक्ष झलनाथ खनालले यो पालीको दशैंको उपाहार नेपाली जनतालार्इ प्रधानमन्त्री दिने नेताहरूको दाउ भएको खुलाएका छन, जनकपुरमा । एमाले भातृसंगठन अनेरास्ववियूको महाधिवेशन उद्घाटनका लागि गएका उनले जनकपुरमा पत्रकारहरूसँग यो कुरा भन्न भ्याए छन् । अब दशैं सिद्दे पछि फेरि तिहारको उपाहार दिने भन्नी हुन कि अहिल्यै केही थाहा त भएन । तर विकसित घटनाक्रमले भने यहि देखाउँछ । हेरौं हामी नेपालीको भाग्यमा कहिले सम्म काम चलाउ सरकार मात्र लेख्या रहिछ ।  

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...