Skip to main content

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आर्इपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगार्इहरूले हामी सबैलार्इ एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलार्इ जीवन के हो भनेर बुझ्नलार्इ अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो । 
मैले आफ्नै जीवनलार्इ मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलार्इ अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म उज्यालाहरू पर्खिरहेका हुन्छन् । र यहाँ थुप्रै यस्ता मानिसहरू पनि छन् जो जीवनका उज्याला पलहरू बाँच्दै गर्दा खोतलखातल पारी अँध्याराहरू खोजिरहेछन्, फलतः उनीहरू सुखि हुन सकिरहेका छैन, जति उनीहरू हुनुपर्ने हो ! त्यसकारण, मानिसहरूले यो बुझ्नु जरूरी छ कि जीवन भनेको सुख र दुखको संगम हो । 
मलार्इ याद छ ती कठिन बाल्यकालहरू, जतिखेर राजनैतिक कामका शिलशिलामा पिताजी जिल्लाका विभिन्न गाउँहरूमा गर्इरहनुहुन्थ्यो (उसो त अझै उहाँ सक्रिय राजनीतिमा क्रियाशिल हुनुहुन्छ, प्रायः घरबाहिरनै हुनुपर्ने हुन्छ) र घरमा मेरी निरूपाय आमा म र मेरो बर्षौटे भार्इको रेखदेखमा ब्यस्त हुनुपर्थ्यो । हामीलार्इ ख्वाउनु पिलाउनु, स्कृल पठाउनु वा गृहकार्य गराउनुका अलावा आमाले घरको सबै काम पनि गर्नुपर्थ्यो । वहाँ यन्त्रमानव झैं रातदिन काममा खटिरहनु हुन्थ्यो । मलार्इ मेरा पिताजीको तालदेख्दा त्यसैत्यसै रिस उठेर आउथ्यो । तथापी, न हामीले भनेर वहाँले राजनीति छाड्नुहुन्थ्यो न हामी वहाँले भनेर वहाँको ब्यस्त राजनैतिक रूटिनलार्इ स्वीकार गर्न सक्थ्यौं । अहिले अलि बुझ्ने भएपछि, तनावका बीचमा जीवनका बाल्यकालहरू गुज्रेर गए कि भन्ने लागेको छ । र, अहिले पनि यसो पछाडि पर्खेर हेर्दा मैले पाएको छु, जीवन त चलिनै रहँदो रहेछ आखिर !
एक, दुर्इ, तीन गर्दै जीवनका खुड्किलाहरू चढ्दै आउँदा २८ औ‌ खुड्किलामा आर्इपुगेछु । म हिजोको जन्मोत्सवहरूमा झैं आज पनि झसङ्ग भएको छु - ओहो, कति चाँडो यत्रो उमेरको भएछु ? हिजो झैं लाग्छ, फुलबारीमा अम्चुर (आँप) झार्न हिडेको, साथीहरूसँग च्यान्टेको तालमा पौडिन गएको, बेलाबखत पाइने दुर्इचार दाम जम्मा पारेर बाग्लुङबजारको पुजा चलचित्र मन्दिरमा फिलिम हेर्न गएको, हाडेचक्कु र छुर्पी बनाएर बेचेको, पिताजीको पार्टी जिन्दावाद र मावलीहरूको पार्टी मुर्दावाद भन्दै नारा लगाएको । भावनामा बग्दैबग्दै जाँदा फेरि व्यवहारिक हुन करै लाग्ने, त्यसैले भन्न करै लाग्दछ मलार्इ - मैले जे जति बाँचेको छु, एकदम अर्थवान जीवन बाँच्ने प्रयास गरेको छु । इमान्दारीताका साथ भन्नुपर्छ, जानेर मैले आजपर्यन्त कसैलार्इ चोट पुर्याएको छैन । कसैलार्इ ढाँटेर फाइदा लिएको छैन । के मैले यो साँच्चीकै सार्थक जीवन बाँचेको हैन त ? आज प्रश्न गर्न मन लाग्यो, मलार्इ - आफैसँग ।
मेरा पछिल्ला केहि जन्मोत्सवहरू मनाउँदै आउँदा मलार्इ लागेको छ, अब म अझ अरू जिम्मेवार र परिपक्व हुनु जरूरी छ । म मेरालागि मात्र हैन, अरू धेरैका लागि बाँच्नु जरूरी छ । म आफ्ना लागि जति सहयोगी छु अरूहरूका लागि पनि मैले बराबर सहयोगी हुने प्रयत्न गर्नु जरूरी छ । एउटा वर्षगाँठ थियो जैले मैले कृति विमोचन गरेर मनाएँ, अर्को एउटा चाँहि अनलार्इन काब्य गोष्ठी गरेर । र, यो वर्ष मैले विचार गरेको छु कि मेरो जन्मदिन अझ अरू सृजनात्मक तरिकाले मनाउने छु । पहिलो तरिका, विदेशमा रहेका मेरा सहपाठीहरूसँग आधा घण्टा विदेशमा आएर पढ्दाका चुनौती र अवसरहरुका बारेमा छलफल गर्ने र यूट्युब मार्फत त्यो छलफल संप्रेषण गर्ने । र, दोश्रो मेरा एक मित्र केपी अधिकारीले चाहेको बहिरा स्कृल निर्माणका लागि १०० यूरो सहयोग गर्ने । दोश्रो त म स्वयं आफैले एक्लै सम्पन्न गर्न सक्छु । तर पहिलो काम फत्ते गर्नका लागि मलार्इ मेरा साथीहरूको सहयोग आवश्यक छ । त्यसकारण यो र्इच्छुक मित्रहरूलार्इ यो फर्म भरी मलार्इ सहयोग गर्नुहुन सविनय अनुरोध गर्दछु ।

र, अन्त्यमा चर्चीत अंग्रेजी कवि रोबर्ट फ्रस्ट को यो भनार्इ पनि  -
 “In three words I can sum up everything I've learned about life: it goes on.” 


4 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…